नेपालले बिहीबारसम्म ३१ स्वर्ण जित्दै सन् १९९९ को किर्तिमानीसँग बराबरी

सन् १९९९ आठौं सागमा नेपालले ३१ स्वर्ण जित्दै हालसम्मकै सर्वाधिक स्वर्ण जितेको थियो।

यो नै नेपालले सागमा सबैभन्दा धेरै स्वर्ण जितेको गौरवशाली इतिहास थियो।

तर जारी १३ औं सागमा नेपालले उक्त आफ्नै इतिहाससँग बराबरी गरेको छ। नेपालले बिहीबारसम्म ३१ स्वर्ण जित्दै सन् १९९९ को किर्तिमानीसँग बराबरी गरेको हो।

बिहीबार साइक्लिङमा लक्ष्मी मगरले नेपालका लागि स्वर्ण जितेपछि नेपाललै ३१औं स्वर्ण जित्दै त्यसबेलाको आफ्नै कीर्तिमानीसँग बराबरी गरेको हो।

गोकर्णमा भएको साइक्लिङमा लक्ष्मीले क्रस कन्ट्रीको ४ किलोमिटरमा स्वर्ण जितेकी हुन्। यहि स्पर्धामा नेपालकी उषा खनालले रजत पदक पाइन्।

लक्ष्मी मगर र उषा खनालका सागमा साइक्लिङ संघका अध्यक्ष गोपालसुन्दर लाल कक्षकती

नेपालमा जारी साग प्रतियोगिता मंसिर २४ गतेसम्म चल्नेछ। हाल विभिन्न विधाका खेलहरु जारी छन्। नेपालले स्वर्ण तथा अन्य पदक संख्या बढाउँदै गएको छ। नेपालले सन् १९९९ को स्वर्ण संख्याको किर्तिमानी तोड्ने दाउमा छ।

LEAVE A REPLY