खड्गी समाज युवा सङ्गठन ललितपुर अध्यक्षमा दिपेन्द्र शाही चयन

ललितपुर / नेपाल राष्ट्रिय खड्गी समाज ललितपुर जिल्ला बाट बृहत् बनभोज तथा ललितपुर जिल्ला युवा समिति गठन कार्यक्रम मिति २०७६ मङ्सिर २१ गते शनिबारको दिन बालकुमारी मन्दिर स्थित सुनाकोठी,ललितपुरमा सम्पन्न भएकोछ |उक्त कार्यक्रममा माननीय पम्फा भुसाल ,माननीय राजकाजी महर्जन ,माननीय नव राज सिलवाल ,माननीय शुसिला पुन ,ने. क. पा.ललितपुर जिल्ला अध्यक्ष हरि कृष्ण ब्यन्जन्कार उप मेयर गिता सत्याल ,सरोज सिङ्ग ,लक्ष्मण महर्जन ,प्रेम कृष्ण महर्जन लगायत विभिन्न सामाजिक व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो ।

 

सोहि क्रममा ललितपुर जिल्ला खड्गी समाज युवा सङ्गठनको अध्यक्षमा दिपेन्द्र शाही लाई सर्वसम्मत चुनिएको थियो | निमन्त्रणा लाइ स्वीकार गरि कार्यक्रममा उपस्थिति जनाई सब्य र भब्य रुपमा कार्यक्रम सफल भएकोमा आयोजक समिति , नेपाल राष्ट्रिय खड्गी समाज (केन्द्र ) बाट सबैलाई हार्दिक धन्यवाद र आभार व्यक्त गरेका थिए ।

 

LEAVE A REPLY