चितवन राइनोज टिम पोखरामा जारी पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) को प्लेअफमा पुगे

चितवन राइनोज टिम पोखरामा जारी पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) को प्लेअफमा पुगेको छ । लिग चरणमा लगातार चौथो जित निकाल्ने क्रममा चितवनले आइतबार विराटनगर टाइटन्सलाई १८ रनले पराजित गरेको हो ।

चितवनले दिएको १ सय ४७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको विराटनगर १९ ओभरमा अलआउट हुँदै १ सय २८ रनमा समेटियो ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो ।

चितवनको लागि आरिफ शेखले अविजित ३९ रन जोड्दा सन्नी पटेलले अविजित २७ रन बनाए ।

यस्तै कप्तान पारस खड्काले ३५ रन जोड्दा बाबर हायातले २५ रन बनाए ।

विराटनगरका जितेन्द्र मुखिया, किशोर महतो, पुनित मेहेरा, मुहमद जायद आलमले एक एक विकेट लिए ।

LEAVE A REPLY