आफ्नै आँखाले हेरेर पर्यटनको विकास गर्ने मुख्य मन्त्री डोरमणि पौडेलको उद्घोष

विचारी चाम्लिङ्ग / नुवाकोट – पर्यटनका लागि योजना बनाउदा पहिला आफ्नै आँखाले हेरेर के-के गर्न सकिन्छ ? यसका लागि नेपाल सरकारले पर्यटन प्रवर्दनका लागि सक्दो सहयोग गर्न आफ्नो तर्फबाट बिशेष पहल गर्ने र त्यसकालागि आफूले ककनी भ्रमण गरेको प्रदेश नम्बर तिनका मुख्य मन्त्री डोरमणि पौडेलले बताएका छन् ।

मुख्यमन्त्री डोरमणि पौडेलले उक्त कुरा नुवाकोट जिल्लाको पर्यटकिय स्थल ककनी बजारस्थित गणेश निमाविको परिसर भित्र निशुल्क स्वास्थ्य शिविर संचालन भईरहेको अवस्थामा अचानक पुगेर उक्त कुरा बताएका हुन् ।

कार्यक्रमको प्रमुख अतिथिको रुपमा रहेका ककनी गाउँ पालिका प्रमुख मानबहादुर लामाले ” ककनीमा विकासका पुर्वाधारहरु पूर्ण रुपमा नभई सकेका भएतापनि ट्रयाक भने बनि सकेका छन् । पानि, बिजुली, शिक्षा, सडकहरुको अवस्था अन्य स्थानहरुमा भन्दा धेरै राम्रा छन्, जसलाई थोरै मात्र सुधार गरे पुग्छ भने ।”

विशेष अतिथिहरुमा नेपाल मण्डल पर्यटकिय नगरी तथा नगरकोट पाल्दुम पर्यटक विकास समितिका अध्यक्ष ईन्द्र लामाले पर्यटनका लागि नगरकोट र ककनिलाई राज्यबाट विशेष सम्बोधन हुनुपर्ने बताए ।

अर्का अतिथि नेपाल महिला सहकारी अभियन्ता उर्मिला डंगोल लगायतले आफ्नो भनाई राखेका थिए । मन्तव्यकै क्रममा समाजसेवी शिवकुमार लामाले मुख्य मन्त्री र गाउँ पालिका प्रमुख समक्ष पर्यटन विकासलाई मुख्य प्राथमिकताका साथ् विकासका कार्य योजना आवश्यकता गर्न भन्ने कुरा राखे वापत उहाँ हरुको कुरा प्रति विश्वस्त भई पर्यटन विकासको छलाङ्ग ,मारी अन्य पर्यटन क्षेत्रको तुलनामा यस क्षेत्रलाई आकर्षणको केन्द्र विन्दुको रुपमा लिन सकिने सम्भावना प्रति विश्वस्त भएको कुरा व्यक्त गरेका थिए ।

कार्यक्रम हर्मन हेल्से महिला समाज नेपालको आयोजना र संस्कृतिक युवा समूह नेपाल, ककनी वशन्ति महिला संघ नेपाल,एकल महिला दिदी बहिनी मध्ये पश्चिमाञ्चल समुहको समन्वयमा सम्मान कार्यक्रम तथा नेपाल मेडिकल शिक्षण अस्पताल अतर खेल जोरपाटी काठ्माडौद्वरा संचालित निशुल्क स्वास्थ्य शिविरमा आँखा, दांत , प्रो ल्याबस, ब्रेष्ट,क्यान्सर जस्ता रोगहरुको १८७ जनालाई निशुल्क स्वास्थ्य जाँच गरिएको थियो । कार्यक्रम संचालन नेपाल मण्डल पर्यटकिय नगरकोटका कोषाध्यक्ष गोकुल शर्माले गरेका थिए ।

LEAVE A REPLY