‘इन्काउन्टर’को ‘आई लभ यु’

समाचार बोर्ड :फागुन १२ काठमाडौं । काठमाडौं । चैत्र १४ बाट प्रदर्शनमा ‘इन्काउन्टर’ आउने फिल्म हो । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले फिल्मको ‘आई लभ यु’ बोलको नयाँ गीत सार्वजनिक गरेको छ । गीतमा कलाकार फुर्वा दोर्जे तामाङ र सावित्रा थिङको अभिनय देख्न सकिन्छ ।

जानु काम्वाङ लिम्बुको शब्द, तारा प्रकाश लिम्बुको संगीत रहेको गीतमा मेलिना राईले स्वर दिएका छन् । मलेशिया र सिंगापुरमा छायाँकन भएको गीतमा सुन्दर लावतीको कोरियोग्राफी रहेको छ । सविन श्रेष्ठ, छुल्ठिम गुरुङ, दिनेश डिसी, दिनेश खड्का, फुर्वा दोर्जे तामाङ, दिपक क्षेत्री, बिएस राणा, शुसिल पोखरेल, सुबास गजुरेल, सुनिल कटुवाल, बिपना बस्नेत, ध्रुव श्रेष्ठ, साबित्रा थिङ, राजन गुरुङ, सुरेश थापालगायत कलाकारको अभिनय रहेको फिल्म नरेन्द्र भट्टराईले निर्देशन गरेका हुन् ।

युजेश फिल्मस्को प्रस्तुति कुमार ओझा, दिनेश खड्का र कविभक्त क्षेत्रीको निर्माण रहेको यस फिल्ममा दिलिप राजवंशी, देव राई र धन्नाजय भट्टराई निर्माता रहेका छन् ।

LEAVE A REPLY