नेपाली कांग्रेसद्वारा फागुन १५ गते चितवन बन्दको घोषणा

समाचार बोर्ड :फागुन १२ काठमाडौं । नेपाली कांग्रेस चितवनले यहि फागुन १५ गते चितवन बन्दको घोषणा गरेको छ ।

माडी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलले उठाएको मागप्रति ऐक्यवद्धता जनाउँदै उनको जीवन रक्षाका लागि दबाव दिने उदेश्यले कांग्रेसले चितवन बन्द लगायतका कार्यक्रम सार्वजनिक गरेको छ ।

माडीको बाँदरझुलादेखि अमेलियासम्मका सुकुम्बासीहरुको समस्या समाधान सहित ७ सूत्रिय माग राखेर ६ दिनदेखि वडाध्यक्ष पौडेल आमरण अनशनमा बसेको ,तर समस्या समाधानका लागि राज्य गम्भीर नभएको आरोप लाउदै कांग्रेसले चितवन बन्दगर्ने भएको छ ।

६ दिनदेखि आमरण अनशन बसेका वडाध्यक्ष पौडेलको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि सोमबार बिहान भरतपुर अस्पतालमा भर्ना गरिएको छ ।

नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले सोमबार एक विज्ञप्ती जारी गर्दै पौडेलको जीवन रक्षाका लागि दबाव दिन बन्द लगायतका कार्यक्रम सार्वजनिक गरिएको बताए ।

कांग्रेसले सार्वजनिक गरेको घोषित कार्यक्रम अनुसार मंगलबार जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिने, बुधबार साँझ ६ बजे नारायणगढको लायन्स चोकदेखि पुल्चोकसम्म मसाल जुलुस प्रदर्शन गर्ने र बिहीबार चितवन बन्द गर्ने उल्लेख छ ।
वार्ताको माध्यमबाट समस्याको समाधान खोज्नु पर्ने माग कांग्रेसको छ ।

LEAVE A REPLY