तीन तहका सरकारबीच कोरोना रोकथामबारे छलफल

समचारबोर्ड: चैत २, काठमाडौं । तीन तहका सरकारबीच कोरोना भाइरसको रोकथामबारे छलफल हुँदैछ । केहीबेरमा सिंहदरबारमा संघ, प्रदेश र स्थानीय सरकारबीच छलफल सुरु हुन लागेको छ ।
प्रदेश र स्थानीय सरकारसँग उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले छलफल गर्न लागेको हो।

सो छलफलमा भाग लिन सातै प्रदेशका मुख्यमन्त्री, मन्त्री, महानगर, उपमहानगर र नगरपालिकाका मेयर तथा गाउँपालिकाका अध्यक्षहरु काठमाडौं आइपुगेका छन्।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति सदस्य सचिव तोकिएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीले जानकारी दिए अनुसार तीन तहका सरकारका प्रतिनिधिबीच कोरोना भाइरस संक्रमण रोकथाम गर्न कसरी समन्वय गरेर अगाडि बढ्ने भन्ने विषयमा छलफल हुन लागेको हो ।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस विश्‍वका अधिकांश मुलुकमा फैलिएको छ ।

LEAVE A REPLY