व्यक्तिको टेलिफोन ट्यापिङ गर्ने अधिकार सम्बन्धमा विधायन समितिले सहमति जुटायो

चैत्र ६ ,काठमाडौं । गुप्तचर निकायलाई फोन ट्यापिङ गर्ने अधिकार दिने व्यवस्था राखेर नेपाल विशेष सेवा विधेयक सम्बन्धमा राष्ट्रियसभाको विधायन समितिले सहमति जुटाएको छ ।

यस विधेयक संघीय संसदको राष्ट्रियसभा र प्रतिनिधिसभाबाट पारित पश्चात राष्ट्रिय अनुसन्धान विभागले कुनै पनि व्यक्तिको टेलिफोन ट्यापिङ गर्ने अधिकार पाउनेछ। विधायन समितिको बिहीबारको बैठकले उक्त विधेयकमा सर्वसम्मतिले सहमति जुटाएको हो । यो विधेयकको प्रतिवेदन विधायम समितिले बिहीबार नै राष्ट्रियसभा बैठकमा पेश गर्नेछ ।
गुप्तचरलाई अदालतको अनुमतिविना टेलिफोन ट्यापिङको अधिकार दिनुहुन्न भन्ने अडानमा रहेको कांग्रेस समेतले अन्तिम समयमा अडान छाडेको थियो ।
कांग्रेस सांसद प्रकाश पन्थले बताए अनुसार फोन ट्यापिङबाट प्राप्त वितरण अन्य प्रयोजनका लागि प्रयोग नहुने ग्यारेन्टी गरिएको छ ।

LEAVE A REPLY