सप्रबल नं २ छिन्नमस्ता बाहिनीमा कोरोना विशेष सतर्कता : एसएसपी ठाडा

चैत्र ६ बर्दिवास ! सशस्त्र प्रहरी बल प्रधान कार्यालयको निर्देशन अनुसार सप्रबल नं २ छिन्नमस्ता बाहिनी मुख्यालयले आफु मातहत सबै इकाइहरुलाई प्रत्येक सप्रकहरुलाई अनिवार्य रुपमा मास्क ब्यवस्था गराउन (ड्युटिमा अनिवार्य रुपमा लगाउन) तथा प्रत्येक सप्रक तथा अन्य ब्यक्तिहरुलाई बाहिर बाट अफिस प्रबेश गर्दा अनिवार्य रुपमा हात धोएर मात्र कार्यालय प्रबेश गराउने निर्देशन गरेको छ ! यसको लागि प्रवेशद्वारमा धारा र साबुन तथा प्रत्येक ब्यक्तिलाई ह्याण्ड स्यानिटाइजर को ब्यवस्था मिलाइएको छ ।
त्यसै गरि, प्रत्येक बिओपिहरुमा (स्थानिय स्वास्थय संस्था तथा जिल्ला सुरक्षा समिति एबम् जिल्ला दैबि प्रकोप ब्यवस्थापन समितिको सहकार्यमा ) कोरोना हेल्प डेस्क स्थापना गरेको छ ।
साथै ,संभावित प्रकोपको लागि सबै इकाइहरुमा मेडिकल किट सहित स्ट्याण्ड बाई टोलि ब्यवस्था गरि थर्मल गनको ब्यवस्थापनको लागि प्रकृया थालनि पनि गरेको सशस्त्र प्रहरी बरिष्ट उपरीक्षक गणेश ठाडाले समाचार बोर्डलाई बताए ।

LEAVE A REPLY