कोरोना संक्रमणविरुद्ध सरकारको नीतिगत र व्यवहारिक निर्णय पालना गरौ : प्रचण्ड

समाचार बोर्ड : चैत ९, काठमाडौं । सत्तारूढदल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आग्रह गर्दै कोरोना संक्रमणविरुद्ध सरकार र पार्टीले लिएका नीतिगत तथा व्यवहारिक निर्णयलाई दृढतापूर्वक पालना गरौ भनेका छन् ।

आइतबार प्रचण्डले विज्ञप्ति नै जारी गरी विश्वव्यापी महामारीका रूपमा देखापरेको कोरोना भाइरसको संक्रमणबाट बच्न सावधानी र चेतना अभिवृद्धि गर्न सिंगो पार्टी पंक्ति र जनसमुदायलाई यसरि अपिल गरेका हुन् ।
‘राष्ट्रिय एकता र उच्च मनोबलका साथ महामारीको सामना गर्नुपर्छ,’ प्रचण्डले विज्ञप्तिमा भनेका छन् ।

केही दिनयता भेटघाट कम गर्दै घरभित्रै बसिरहेका उनले आवश्यक औषधि, उपकरण र दैनिक उपभोग्य वस्तुहरूको आपूर्ति व्यवस्थालाई सहज तुल्याउने गरी पहल बढाउन सरकारलाई पनि आग्रह गरेका छन् ।

LEAVE A REPLY