बैंकिङ सेवा नियमित खुल्ने , इन्टरनेट सेवा पनि निशुल्क

समाचार बोर्ड : चैत ९, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले बैंकिङ सेवा भने नियमित गर्ने भएका छन् । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरु सबैले सबै शाखा कार्यालयहरुका काउन्टर खुलला रहने छन् ।

बैंकर्स संघका अध्यक्ष भुवन दाहालले जानकारी दिए अनुसार अत्यावश्यक सेवामा पर्ने भएकाले बैंक तथा वित्तीय संस्थाका सबै कार्यालयहरु खुला रहने छ । साथै उनले बैंकका सबै कार्यालयहरु खुलै रहेपनि सकेसम्म डिजिटल कारोबार गर्न आग्रह समेत गरेका छन् ।

‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका विकास बैंक, ‘ग’ वर्गका वित्त कम्पनीहरुको संयुक्त बैंठक बसी जुनसुकै बैंकको एटिएम कार्डले जुनसुकै एटीएमबाट रकम निकाल्दा पनि पैसा नलाग्ने बनाउनुका साथै डिजिटल कारोबार गर्दा पनि रकम नलाग्ने बनाएका छन् ।

यसैगरी अध्यक्ष दाहालले बताए अनुसार अब इन्टरनेट बैंकिङबाट रकम ट्रान्सफर गर्दा सेवा शुल्क लाग्ने छैन । यसकारण पनि बैंकको शाखामा पुगेर भन्दा घरमै बसेर कारोबार गर्न संघको आग्रह छ । यद्यपि, शाखामै पुगेर कारोबार गर्नेहरुका लागि आवश्यक सुरक्षा सावधानी भने अपनाइएको छ ।

स्यानिटाइजरको अभाव हुँदा कुनैकुनै बैंकका शाखाहरुले काउन्टरमा राख्न नपाएको भन्ने उनको गुनासो छ ।
बैंकका शाखा तथा काउन्टरहरुमा अब भिडभाड कम हुने दावी समेत उनले गरे ।

LEAVE A REPLY