च्याम्पियन्स लिगमा छनोट हुन यूनाइटेडलाई एक अंक आवश्यक

च्याम्पियन्स लिगमा छनोट हुन म्यानचेस्टर यूनाइटेडलाई अन्तिम खेलमा एक अंक आवश्यक बनेको छ।

बुधबार राति वेष्टह्यामसँग १-१ को बराबरीमा रोकिएसँगै तेस्रो स्थानमा उक्लिएको यूनाइटेडले अब अन्तिम खेलमा लेस्टर सिटीमाथि बराबरीको नतिजा निकालेमात्रै च्याम्पियन्स लिगमा छनोट हुने भएको छ।

यूनाइटेड र लेष्टरबीचको अन्तिम खेल आइतबार हुनेछ।

पहिलो हाफको इन्जुरी समयमा मिचेल एन्टोनियोले पेनाल्टीमा गोल गर्दै वेष्ट ह्यामलाई अग्रता दिलाएका थिए।

खेलको ५१ औं मिनेटमा ग्रीनवुडको यूनाइटेडबाट बराबरी गोल फर्काएका थिए।

अंक तालिकाको तेस्रो स्थानमा रहेको युनाइटेडको ३७ खेलबाट ६३ अंक भएको छ।

वेष्ट ह्याम ३८ अंक जोड्दै १५ औं स्थानमा छ।

LEAVE A REPLY