ककनीलाइ पर्यटकीय गन्तव्य अन्तर्गत गुरु योजना बनाइने: मन्त्री भट्टराई

समाचार बोर्ड: असार २७ , नुवाकोट। ककनीलाई नेपालको पर्यटकीय गन्तव्य बनाउन एकीकृत गुरु योजना अब बनाउने संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले बताएका छन् ।

शनिबार पर्यटन मन्त्रालय अन्तरगत तारा गाउँ विकास समितिको जग्गा निरिक्षण गर्दै मन्त्री भट्टराईले प्राकृतिक हिसाबले असाध्यै सुन्दर ककनी पर्यटकीय गन्तव्यको सम्भावना बोकेका थलो रहेको भन्दै गुरु योजना बनाइने बताएका हुन् ।

ककनीमा रहेको तारा गाउँ विकास समिति, नेपाल स्काउट र नेपाल पर्वतारोहण संघ (एनएमए)को जग्गामा पूर्वाधार निर्माणका लागि एकिकृत गुरुयोजना तयार गरिने उनले बताएका हुन् । यस क्षेत्रमा पर्यटकहरुको लागि रिसोर्ट, पर्वतारोहण तालिम केन्द्र, पर्वतीय खेलकुद केन्द्र, क्यासिनो सहितको होटल सञ्चालनको योजना रहेको समेत उनको भनाई थियो ।

साथै,मन्त्री भट्टराईले काठमाडौंबाट २० किलोमिटर मात्रै रहेको ककनीमा केवलकार सञ्चालनको पनि सम्भावना रहेको बताउदै उनले यसबारेमा ठोस योजना तयार हुनेछ भने ।
मन्त्रीको योजना र निर्देशन बमोजिम तत्काल सबैसँग सहकार्य र समन्वय गरेर गुरुयोजना तयार पारिने तारा गाउँ विकास समितिका अध्यक्ष प्रह्लाद न्यौपानेले बताए ।

LEAVE A REPLY