सांसद यादवसहित पर्सामा ६४ जनामा कोरोना संक्रमण, खतरामा विरगंज

विरगंज । पर्सामा प्रतिनिधिसभा सदस्य प्रदीप यादवसहित ६४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

संक्रमितहरु राजनीतिकर्मी, अस्पतालमा कार्यरत डाक्टर, नर्स तथा कर्मचारी हुँदै मास टेष्टिङमा स्वाब संकलन गरिएकाहरुसमेत छन् ।

सांसद यादवसँगै स्वाब संकलन गरिएका उनका चालक र पिसिओगरी २, मास टेष्टिङका ४३, कन्ट्याक्ट ट्रेसिङका ४, नारायणी र बयोधा अस्पतालका २ जना र नारायणी अस्पतालका चिकित्सक र कर्मचारी गरी २ जना गरी ६४ जना थप संक्रमण पुष्टी भएको हो ।

LEAVE A REPLY