आज (आइतबार) पहिलो दिन घटनास्थापना

आजबाट दसैं सुरु भएको छ। आज (आइतबार) पहिलो दिन घटनास्थापना हो।

रातो माटोले लिपेर चोखो र शुद्ध पारिएको स्थानमा दियो, कलश र गणेश स्थापना गरी चिसो बालुवामा जौ छरेर जमरा राखी घटस्थापना गरिँदै छ।

घटस्थापनाको साइत आइतबार बिहान १०ः३५ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

आजैदेखि नवरात्र मेला पनि सुरु हुने भएकाले नौ दिन नै पायक परेका शक्तिपीठमा पूजाअर्चना, दुर्गा स्तोत्र र चण्डीपाठ पारायण गरेर दुर्गा भवानीको आराधना गरिन्छ।

पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी र क्रमिक रूपमा चन्द्रघण्टा, कुस्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री गरी यी नौ दुर्गाको उपासना गरिन्छ । भगवान् रामले रावणमाथि विजय प्राप्त गरेको घटना प्रसंग बडादसै‌ँसँग जाेडिएकाे छ।

हेटौँडाको भुटनदेवी, ललितपुरको पूर्णचण्डी, काभ्रेपलाञ्चोक नालाको उग्रचण्डी, गोरखाको मनकामनालगायत मुलुकका सबै शक्तिपीठमा देवीको उपासना हुन्छ । काठमाडौँमा नक्साल भगवती, रक्तकाली, नरदेवी, कालिकास्थान, मैतीदेवी, भद्रकाली, शोभा भगवती, पशुपति क्षेत्रको झङ्केश्वरी, गुह्येश्वरी, भुवनेश्वरी लगायतका शक्तिपीठमा घटस्थापना गरेर देवीको आराधना गरिँदैछ ।

साउन महिनामा बौद्ध विहार परिक्रमा गरी मनाइने गुँला पर्व समाप्त भई एक महिनासम्म शक्तिपीठ र देवस्थल परिक्रमा गरी मनाइने यँला शनिबारदेखि विसर्जन भई आइतबारदेखि नौरात शक्तिपीठ परिक्रमा गरिने नवरात्र मेला सुरु भएको छ । उपत्यकाका नेवार समुदायमा बाजागाजासहित नवरात्र मेला परिक्रमा गर्ने तयारी भएको छ ।

जमरालाई समृद्धिको प्रतीक मानिन्छ। त्यसैले टीकाको दिन आफूभन्दा मान्यजनको हातबाट टीका ग्रहण गर्दा पहेँलो जमरा नै प्रयोग गरिने हुनाले जमरा उमार्न शुद्ध माटो प्रयोग गरिन्छ।

दसैंको टीका साइत बिहान १०:३५ बजे
यस वर्ष दसैंको टीका साइत बिहान १० बजेर ३५ मिनेट जुरेको छ। पञ्‍चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको साइतअनुसार असोज २१ गते विजयादशमीका दिन बिहान १० बजेर ३५ मिनेट टीका ग्रहणका लागि उत्तम समय हो।

एनआरएन युकेको निर्वाचन सम्बन्धमा भएका सहमति कार्यान्वयन गर्न माग

लन्डन – एनआरएनए युके महासचिब उम्मेरदवार कर्मा पहाडी शेर्पाले पुन मतगर्णना गरि पाउ भनि निबेदन दिदै शनिवार भएको एनआरएन युकेको निर्वाचन सम्बन्धमा भएका सहमति कार्यान्वयन गर्न पनि माग गरेका छन् |

मतगणनाको क्रममा आफ्नो मत प्रत्येक टेबलमा देखिएको मतगणनाको विवरण र निर्बाचन समितिले सार्बजनिक गरेकोमतगणना विवरण फरक पर्न गएको हुनेले, शेर्पाले प्रत्येक बुथको टेबल टेबलको गणनाको कागजत तथा सामग्री उपलब्ध गरि दिन निबेदन दिएका छन् |

आफुहरु संग भएको सहमति एकाएक तोडेर एक समूहका गणक बेगर जबरजस्ति मतपेटिका फोडेर निष्पक्ष रहनु पर्नेमा केन्द्रिय प्रतिनिधि भनिएका मान्छेले नै एकतर्फी रुपमा मतगणना शुरु गर्नु समाज बिखन्डन तिर लैजान र सत्य पारक संदेश दिन नचाहेको शेर्पाले बताए,

“तर अहिले निर्वाचन प्रमुखले माफी मागिसकेको अवस्थामा आफुहरु संग गरेको सम्झौता र सहमति अनुसार बेजिंगस्टोकको मत अन्तिमसम्म नगन्ने, मतगणना बेजिंगस्टोक सम्म आइपुग्दा त्यो बुथमा खसेको कुल मत ५१५ भन्दा बढीको अन्तरले हारजित भए नतिजा जो सुकैको पक्षमा आएपनि घोषणा गर्ने, यदि पाँच सय पन्ध्र मत भन्दा कमको अन्तरले हारजित भए
बेजिंगस्टोकमा पुन: चुनाव गराउने भनि गरिएको सहमतिलाई पुन: व्युँताईयोस् र मत गणनाको प्रक्रियालाई अगाडि बढाइयोस भनि माग गरे |

निर्वाचन समितिका संयोजक लगायत विभिन्न व्यक्तिहरु आफ्नो स्वार्थका लागि, र बेलायतवाटै केन्द्रिय अध्यक्ष पदका लागि उम्मेदवार भैरहेको सन्दर्भमा को-कसको निर्देशनमा ग्लोबल कन्फ्रेन्समा जान नदिन बेलायतलाई सस्पेन्ड गर्ने षडयन्त्र गर्दै छन् , यो सानोतिनो खेल हैन जस्तो बुझिंदै छ,” शेर्पाले भनेका छन् |

यायोक्खाको संगठन विभाग अन्तर्गत अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

भक्तपुर – किरात राई यायोक्खाको संगठन विभाग अन्तर्गत अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । किरात राई यायोक्खा केन्द्रिय कार्य समिति संगठन विभागको आयोजनामा शनिबार भक्तपुरमा उक्त अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा किरात राई यायोक्खाको वर्तमान अध्यक्ष दिवस राईले , संस्थाको भावी कार्य योजना , विधान र किरात महा संघको बारेमा बोल्दै, राई जाती हो या पदवी ? धर्मको महलमा किन किरात लेख्ने ? जस्ता विविध विषयमा प्रष्ट पारेका थिए ।

किरात राई यायोक्खाको केन्द्रिय सदस्य मन्जु सोताङ्गले “राष्ट्रिय जनगणना २०७८” को बिषयमा आफ्नो विचार राखे संगै सुरुवात भएको उक्त कार्यक्रममा “संगठनको संरचना र किरात प्रदेश अभियानको कार्य योजना” को विषयमा संगठन विभाग प्रमुख तथा उप महा सचिव भिम राईले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा केन्द्रिय कोषाध्यक्ष पर्शुराम राईले “संस्थाको आर्थिक योजना र अक्षयकोष” , प्रज्ञा परिषदको कुलपति जय कुमार राईले “संस्कार संस्कृती र धर्म ” , प्रज्ञा परिषदको सदस्य सचिव डा. तारामणि राईले ” भाषा लिपी” प्रज्ञा परिषदका सदस्य भोगीराज चाम्लिङ्गले :मुन्दुम” र पुर्व उपाध्यक्ष तथा पुर्व सल्लाहकार चन्द्र बिक्रम राईले ” १ नम्बर प्रदेश किरात प्रदेश अभियान र राजनैतिक उदेश्य र भावी कार्य योजना” का बिषयमा प्रशिक्षण तथा जानकारी गराएका थिए ।

किरात राई यायोक्खाको केन्द्रिय सदस्य संगठन विभागकी रन्जु राईले कार्यक्रमलाई संचालन गरेकी थिईन् ।

सल्लेरीमा सञ्चालित अधिकांश मासु पसल मापदण्डविपरीत सञ्चालन

सोलुखुम्बु । जिल्ला सदरमुकाम सल्लेरीमा सञ्चालित अधिकांश मासु पसल मापदण्डविपरीत सञ्चालन भएको पाइएको छ ।

सोलुदूधकुण्ड नगरपालिका र जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले संयुक्तरूपमा गरेको बजार अनुगमनको क्रममा अधिकांश मासु पसल मापदण्डविपरीत सञ्चालन भएको पाइएको हो । न्यूनतम मापदण्ड पूरा नगरेका मासु पसलका कारण बजार क्षेत्र सधै दुर्गन्धित हुन्छ ।

बिहीबार दिउँसो स्थानीय प्रशासनसहितको अनुगमन टोली बजारमा पुग्दा माछा मासु पसल सञ्चालकहरुको भागाभाग भएको थियो । अनुगमनमा संलग्न सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीकुमारी शाहीले १५ दिनको म्याद दिएर उनीहरुलाई मापदण्डमा आउन आग्रह गरिएको बताए। अवज्ञा गरी पुनः सञ्चालन गरेको पाइएमा त्यस्ता पसललाई सिल गर्दै सञ्चालकलाई कारवाही गर्ने पनि उनले बताए ।

फाप्लुमा बढी म्याद नाघेको सामाग्री

सल्लेरी तथा फाप्लुको अधिकांश पसलमा म्याद गुज्रेको खाद्यवस्तुमध्ये मिट मसला बढी भेटिएको छ । नगरपालिका–६ को जिरोप्वाइन्टदेखि वडा नं ५ को प्रशासन कार्यालय नजिक र वडा नं ४ फाप्लुसहित ४५ पसलमा गरिएको अनुगमनको क्रममा मिट मसलापछि बिस्कुट, थुक्पा र चिउरालगायतका खाद्यवस्तुको म्याद गुज्रेको पाइएको हो ।

अनुगमन गरिएकामध्ये पाँच पसल बिनादर्ता सञ्चालनमा रहेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी शाहीले जानकारी दिए । नगरपालिका उपमेयर कल्पना राईको नेतृत्वमा गरिएको अनुगमन टोलीले फाप्लु क्षेत्रको पसलबाट सबैभन्दा बढी म्याद नाघेको खाद्यवस्तु बरामद गरेको छ । टोलीले २६६ प्याकेट मिट मसला, १६४ थान बिस्कुट, ६६ थान थुक्पा, ४१ प्याकेट चिउरासहित २१ प्रकारको खाद्यवस्तु बरामद गरेको प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिए । उहाँका अनुसार ती खाद्यवस्तुको मुचुल्का उठाउने काम सकिएकाले आज डिस्पोज गरिनेछ ।

सोलुखुम्बु आइपुग्दा म्याद सकिएको हुन्छ

चाडबाड नजिकिएकाले मानव स्वास्थ्यलाई ध्यानमा राख्दै गाउँ–गाउँमा समेत बजार अनुगमन गरिनुपर्ने इलाका प्रहरी कार्यालय सोताङका प्रमुख प्रहरी निरीक्षक प्रदीप खड्काले बताउनुभयो । हिमाली जिल्ला भएकाले अन्तिम म्याद भएका अधिकांश खाद्यवस्तु आउने गरेको व्यापारीले बताएका छन् ।

फाप्लुका एक व्यापारी पदम तामाङले केही दिन अगाडि मात्रै ल्याएको सनफ्लावर तेलको एक महीना अगाडिनै म्याद सकिएको पाइएको छ । उहाँलाई समेत डिलरले ढाँटेर छाडेको पाइएको अनुगमन टोलीले जनाएको छ । बरामद भएका केही मसला दुई वर्ष अगाडि नै म्याद सकिएको भए पनि बिक्रीमा राखेको पाइएको सहायक प्रजिअ शाहीले जानकारी दिए । उनले व्यापारीले समेत सामान खरीद गर्दा उत्पादन मिति र म्याद समाप्त हुने मिति हेर्नुपर्ने सुझाव दिए ।

बिहीबार गरिएको बजार अनुगमनका क्रममा प्रहरी, प्रशासन, नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, पत्रकार महासङ्घ, उपभोक्त हित संरक्षण मञ्च, उद्योग वाणिज्य सङ्घलगायतको सहभागिता रहेको थियो । यो बजार अनुगमनलाई गाउँगाउँमा पु¥याइने प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ । यता सल्लेरीका केही व्यापारीले समेत समय–समयमा बजार अनुगमन गर्न माग गरेका छन् । अनुगमनमा पुगेको टोलीलाई उनीहरुले प्रत्येक महीना अनुगमन गरिदिन आग्रहसमेत गरेका हुन् ।

कानूनी व्यवस्था

उपभोक्ता संरक्षण ऐन २०७५ को परिच्छेद ५ को दफा २० को उपदफा १ मा वस्तु उत्पादन गर्ने उद्योग भए उद्योग दर्ताको प्रमाणपत्र तथा व्यवासायको हकमा व्यवसाय दर्ता, इजाजतपत्र बिक्रीस्थलमा सर्वसाधारणले देख्ने गरी राख्नुपर्ने व्यवस्था उल्लेख छ । तर यहाँका अधिकांश पसलमा यो व्यवस्था लागू भएको छैन ।

सोही ऐनको परिच्छेद २ को दफा ३ को उपदफा १ ले उपभोक्तालाई गुणस्तरीय वस्तु वा सेवा प्राप्त गर्ने अधिकार प्रदान गरेको छ । सोही परिच्छेदको उपदफा २ को खण्ड ९ङ० मा समेत मावन जीउ, ज्यान, स्वास्थ्य तथा सम्पत्तिमा हानी पु¥याउने वस्तु तथा सेवाको बिक्री वितरणबाट सुरक्षित हुन पाउने अधिकार ग्यारेण्टी गरेको छ । तर यहाँका अधिकांश क्षेत्रमा सञ्चालित पसलले हाल क्रियाशील रहेको ऐनको एक छेउ पनि कार्यान्वयन गरेको पाइँदैन ।

परिच्छदे ३ को दफा ११ खण्ड ९घ० मा सम्बन्धित निकाय वा पदाधिकारीले माग गरेको बखत आफूसँग रहेको मौज्दात वा विवरण उपलब्ध गराउनुपर्ने व्यवस्था उल्लेख छ । तर पनि अनुगमन टोली जाँदा कुनै पनि व्यापारी वा व्यवसायीले आफूसँग भएको गोदाम वा मौज्दात वस्तु उपलब्ध गराएनन् ।

साविक विजेता बार्सिलोनाले स्पेनिस ला लिगामा १० खेलाडीमा समेटिएर पनि सहज जित

काठमाडौं । साविक विजेता बार्सिलोनाले स्पेनिस ला लिगामा १० खेलाडीमा समेटिएर पनि सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले गेटाफेलाई २–० गोलले हरायो ।

टोलीका कप्तान लियोनल मेस्सी र युवा स्टार अन्सु फातीविनै खेलेको बार्सिलोनाको जितमा लुईस स्वारेज र जुनियर फिर्पोले गोल गरेका थिए । मेस्सी र फातीलाई चोटका कारण टोलीमा समावेश नगरिएको हो । ४१औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई अगाडी बढाए । ४९औं मिनेटमा फिर्पोले गोलगर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाएका थिए ।

८२औं मिनेटमा क्लेमेन्ट लेङ्लेटले दोहोरो पहेंलो (रातो) कार्ड पाउँदै बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा समेटिएको थियो । तरपनि गेटाफेले गोल गर्न नसक्दा बार्सिलोना सजिलै विजयी भयो । जितसँगै बार्सिलोनाले सात खेलबाट १३ अंक जोडेको छ । बार्सिलोना चौथो स्थानमा छ । सात अंक बनाएको गेटाफे ११औं स्थानमा छ ।एजेन्सी

सुन आज तोलामा रु ६०० रुपैंयाँले घटे

काठमाडौं । साताको पहिलो दिन अर्थात आइबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । सुन आज तोलामा रु ६०० रुपैंयाँले घटेको हो ।

सुन आइबारबार तोलाको ७० हजार २०० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार तोलामा दुई सय रुपैयाँ घटेर तोलाको ७० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै तेजाबी सुन तोलाको ६९ हजार ९०० रुपैंयाँमा कारोबार भइरहेको सुनचाँदी महासंघले जनाएको छ

यस्तै, चाँदी पनि घटेर तोलाको ८ सय ४५ रुपैयाँमा झरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा नै भाउ घटेकाले नेपाली बजारमा पनि केही कम भएको महासंघले जनाएको छ ।

सह-चालकले चलाएको गाडी धादिङको नीलकण्ठ नगरपालिका -१३ मा दुर्घटना हुँदा ५ जना घाइते

धादिङ । सह-चालकले चलाएको गाडी धादिङको नीलकण्ठ नगरपालिका -१३ मा दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।
नेत्रावती गाउँपालिकाको सेमजोङबाट धादिङवेशी आउँदै गरेको बा ४ ख ५७९३ नम्बरको बस नीलकण्ठ नगरपालिकाको केरौँजा गाउँमा आइपुगेपछि सडकबाट धानखेतमा खसेको थियो ।

दुर्घटनाका उद्धारकर्मी भीम तामाङले भने, ‘म पनि त्यही बसमा आउँदै थिए। बाटोमा पटक पटक दुर्घटना हुन खोजेको थियो। चालकको लापरवाही देखेपछि १ किलोमिटर तलै ओर्लिएको थिए ।आफू ओर्लिएको केही बेरमा बस दुर्घटना भयो। ‘

घाइतेहरुको जिल्ला अस्पताल धादिङमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

 सामाजिक सञ्जाल फेसबुकले अस्ट्रेलियामा एउटा परीक्षणका क्रममा इन्स्टाग्रामले जस्तै प्रयोगकर्ताको पोस्टमा लाइकको सङ्ख्या लुकाउन लागे

एजेन्सी । सामाजिक सञ्जाल फेसबुकले अस्ट्रेलियामा एउटा परीक्षणका क्रममा इन्स्टाग्रामले जस्तै प्रयोगकर्ताको पोस्टमा लाइकको सङ्ख्या लुकाउन लागेको छ।

अस्ट्रेलियाका कतिपय प्रयोगकर्ताले शुक्रवारबाट अर्काको पोस्टमा गरिएका लाइकको सङ्ख्या वा जनाइएका प्रतिक्रिया हेर्न पाउने छैनन्।

गत जुलाई महिनामा यो विवादास्पद परिवर्तनको परीक्षण इन्स्टाग्राममा शुरू गरिएको थियो।

प्रयोगकर्तामाझ सामाजिक दबाव घटाउने प्रयासस्वरूप लाइकको सङ्ख्या घटाउन चाहेको फेसबुकको भनाइ छ।

आफ्ना पोस्टमा चाहिँ गरिएका लाइकको सङ्ख्या प्रयोगकर्ताले हेर्न पाउने कम्पनीले जनाएको छ।

कम्पनीकी प्रवक्ता मिआ गार्लिकले अस्ट्रेलियन एसोशिएटेड प्रेसलाई भनिन्, ‘लाइक वा पोस्टमा जनाइएका प्रतिक्रियाको सङ्ख्यामा भन्दा अन्तरक्रिया तथा विषयस्तुको गुणस्तरबारे मान्छेले ध्यान दिऊन् भनेर हामीले सङ्ख्याको कुरा हामीले हटाउन लागेका हौँ।’

विभिन्न एपले फेसबुकलाई तपाईँको ‘यौन जीवनका जानकारी दिएका हुन सक्छन्’

यो परिवर्तनबारे आफूहरूले मानसिक स्वास्थ्यविज्ञ तथा एन्टिबुलिङ अर्थात् अर्कालाई होच्याउने कामविरुद्धका समूहहरूसँग छलफल गरेको गार्लिकले बताइन्।

यसै महिनाको शुरूतिर हङ्‍कङकी एकजना इन्जिनियरले आफ्नो ब्लगमा भनेकी थिइन्, उनले फेसबुकको एन्ड्रोइड एफमा आफूले एक प्रकारको कोड फेला पारेको बताएकी थिइन् जसअनुसार फेसबुकले ुलाइकुको सङ्ख्या हटाउने परीक्षण गरिरहेको थियो।

तर त्यति बेला फेसबुकले त्यसबारे प्रतिक्रिया दिन मानेन।

अस्ट्रेलिया, न्यूजिल्याण्ड, ब्राजिल, क्यानडा, जापान र आयरल्याण्डमा परीक्षण गरिरहेको इन्स्टाग्रामले त्यसबारे अहिलेसम्म कुनै तथ्याङ्क सार्वजनिक गरेको छैन।

लाइकको सङ्ख्या व्यापारिक प्रवर्द्धनका लागि महत्त्वपूर्ण पाटो भएको भन्दै कतिपय प्रभावशाली सामाजिक सञ्जाल प्रयोगकर्ताले परिवर्तन ल्याउने कदमको आलोचना गरे।

तर यो परिवर्तनसम्बन्धी परीक्षणको समय बढाइने वा त्यसलाई स्थायी बनाइने विषयमा उसले केही बताएको छैन।

गृहमन्त्री राम बहादुर थापा ‘बादल’चढेको हेलिकोप्टर रामेछापमा मौसमको कारण आकास्मिक अवतरण

रामेछाप । गृहमन्त्री राम बहादुर थापा ‘बादल’चढेको हेलिकोप्टर रामेछापमा मौसमको कारण आकास्मिक अवतरण गराइएको छ ।

सुरक्षा गोष्ठिमा भाग लिन काठमाडौंबाट जनकपुर जाने क्रममा बाक्लो कुहिरो लागेपछि रामेछापको मन्थली विमानस्थलमा आकास्मिक अवतरण गराइएको हो । नेपाली सेनाको एमआई–०५६ हेलिकोप्टर मन्थली विमानस्थलमा अवतरण गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।

हेलिकोप्टरमा गृह मन्त्री थापासँग गृह सचिव प्रेम कुमार राई पनि रहेका छन् ।

चिनियाँ राजदूत होउ यान्छीले आफ्नो देशले कहिल्यै विचार निर्यात नगर्ने बताएकी छिन्

नेपालमा सी चिङफिङ विचारधाराबारे बहस भइरहेका बेला काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले आफ्नो देशले कहिल्यै विचार निर्यात नगर्ने बताएकी छिन्।

चीन अध्ययन केन्द्रले आयोजना गरेको ‘सी चिङफिङ थटः बिल्डिङ अ कम्युनिटी विद अ सेयर फ्युचर फर मेनकाइन्ड’ शीर्षकको कार्यक्रमलाई बिहिबार सम्बोधन गर्दै राजदूत होउले सी विचारधारा पहिल्यै अन्तर्राष्ट्रियकरण भइसकेको उल्लेख गरिन्।

‘चीनले पहिले पनि अन्य देशमा विचार निर्यात गर्दैनथ्यो र अब पनि गर्दैन’, राजदूत होउले भनिन्, ‘चीनले कुनै देशको आन्तरिक मामिलामा हस्तक्षेप पनि गर्दैन।’

चीनका राष्ट्रपति सी चिनफिङको आसन्न नेपाल भ्रमणका क्रममा चीनबाट आएका कम्युनिष्ट पार्टी र थिङ्कट्याङक समूहहरूले काठमाडौंमा निरन्तर सी चिनफिङ विचारधारमाथि बहस चलाइरहेका छन्। यस्ता बहसलाई सत्तापक्षले राष्ट्रपतिको भ्रमणको माहोल बनाउन गरिएको बताउने गरेका छन् भने विपक्षीले भने चीनले फेरि विचार निर्यात गर्न लागेको भन्दै प्रश्न उठाइरहेका छन्।

नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीच केही दिनअघि काठमाडौंमा सी चिनफिङ विचारधारमाथि दुई दिने छलफल आयोजना गरिएपछि चीनले नेकपा मार्फत नेपालमा सी विचारधारा लाद्न खोजेको चर्चा भइरहेको छ।

नेकपाले वैचारिक सामिप्यताको कारणले मात्रै सी विचारधारमाथि बहस भएको बताएपनि सत्तारुढ दुई कम्युनिष्ट पार्टीबीच ६ बुँदे सम्झौता समेत भएपछि खासगरी विपक्षी नपाली कांग्रेसले प्रश्न उठाइरहेको छ।

बिहिबारको कार्यक्रममा राजदूत होउ यान्छीले दुई कम्युनिष्ट पार्टीबीच भएको वैचारिक बहसलाई अन्यथा नबुझ्न आग्रह गरिन्।

‘सी चिनफिङ विचारधारा यसअघि नै अन्तर्राष्ट्रियकरण भैसकेको छ’, उनले थपिन्, ‘विकासको नयाँ अवधारणा भएकाले नेपालजस्ता विकासशील राष्ट्रमा सी विचारधार बहसको तातो विषय बनेको हो।’

राजदूत होउले नेपाल–चीन घनिस्ठ सम्बन्ध भएका मित्रराष्ट्र भएको दोहोर्याउँदै दुई देशबीचका छलफलहरु आर्थिक र सामाजिक विकासको विषयमा केन्द्रित रहेको उल्लेख गरिन्।

चीन अध्ययन केन्द्रले आयोजना गरेको कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, चिनियाँ विज्ञ वाङ ग्याङयी, चीन अध्ययन केन्द्रका कार्यबाहक अध्यक्ष सुन्दरनाथ भट्टराई र महासचिव उपेन्द्र गौतमले आफ्ना विचार राखेका थिए।

तत्काल जारी गतिबिधी

सुशान्त प्रकरण: आज हुदैँछ दीपिका पादुकोण, श्रद्धा कपुर र सारा खानसँग...

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधनमा लागुऔषध एंगलबाट अनुसन्धान गरिरहेको भारतीय लागु औषध ब्युरोले आज दीपिका पादुकोण, श्रद्धा कपुर र सारा अलि खानसँग सोधपुछ...

श्रीमतीको बलमा मात्र अभ्यास गरेकाले कोहली हारे भनेपछि अनुष्का आक्रोशित

गत बिहीबार इन्डियन प्रिमियर लिगमा भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीको टोली रोयल चयालेन्जर्स बैंगलोर किंग्स इलेभन पन्जाबसँग हार्यो। उक्त खेलपछि भारतीय क्रिकेट टोलीका पूर्व...

चितवनमा बाघको आक्रमणबाट एकको मृत्यु

भरतपुर महानगरपालिका–१३ स्थित वेलसर मध्यवर्ती सामुदायिक वनमा बिहान बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। नगरपालिका–१३ स्थित वेलसर मध्यवर्ती सामुदायिक वनमा बिहान बाघको आक्रमणबाट एक...

फेसबुकले गठन गर्‍यो ‘सर्वोच्च अदालत’ यी हुन् २० सदस्य

काठमाडौंं । सोसल मिडिया प्लाटफर्म फेसबुकको सर्वोच्च निगरानी निकायको रुपमा ओभरसाइट बोर्डले आगामी अक्टोबरको मध्यदेखि आफ्नो कार्य सुरु गर्ने भएको छ । उक्त बोर्डलाई फेसबुकको...

आईपीएलमा सन्दीप सम्मिलित दिल्ली क्यापिटल्सको खेल आज साँझ

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज राति नेपाली लेगस्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्ससँग खेल्दैछ। खेल नेपाली समय अनुसार बेलुका पौने...