बैंकिङ सेवा नियमित खुल्ने , इन्टरनेट सेवा पनि निशुल्क

समाचार बोर्ड : चैत ९, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले बैंकिङ सेवा भने नियमित गर्ने भएका छन् । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरु सबैले सबै शाखा कार्यालयहरुका काउन्टर खुलला रहने छन् ।

बैंकर्स संघका अध्यक्ष भुवन दाहालले जानकारी दिए अनुसार अत्यावश्यक सेवामा पर्ने भएकाले बैंक तथा वित्तीय संस्थाका सबै कार्यालयहरु खुला रहने छ । साथै उनले बैंकका सबै कार्यालयहरु खुलै रहेपनि सकेसम्म डिजिटल कारोबार गर्न आग्रह समेत गरेका छन् ।

‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका विकास बैंक, ‘ग’ वर्गका वित्त कम्पनीहरुको संयुक्त बैंठक बसी जुनसुकै बैंकको एटिएम कार्डले जुनसुकै एटीएमबाट रकम निकाल्दा पनि पैसा नलाग्ने बनाउनुका साथै डिजिटल कारोबार गर्दा पनि रकम नलाग्ने बनाएका छन् ।

यसैगरी अध्यक्ष दाहालले बताए अनुसार अब इन्टरनेट बैंकिङबाट रकम ट्रान्सफर गर्दा सेवा शुल्क लाग्ने छैन । यसकारण पनि बैंकको शाखामा पुगेर भन्दा घरमै बसेर कारोबार गर्न संघको आग्रह छ । यद्यपि, शाखामै पुगेर कारोबार गर्नेहरुका लागि आवश्यक सुरक्षा सावधानी भने अपनाइएको छ ।

स्यानिटाइजरको अभाव हुँदा कुनैकुनै बैंकका शाखाहरुले काउन्टरमा राख्न नपाएको भन्ने उनको गुनासो छ ।
बैंकका शाखा तथा काउन्टरहरुमा अब भिडभाड कम हुने दावी समेत उनले गरे ।

कोरोना संक्रमणविरुद्ध सरकारको नीतिगत र व्यवहारिक निर्णय पालना गरौ : प्रचण्ड

समाचार बोर्ड : चैत ९, काठमाडौं । सत्तारूढदल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आग्रह गर्दै कोरोना संक्रमणविरुद्ध सरकार र पार्टीले लिएका नीतिगत तथा व्यवहारिक निर्णयलाई दृढतापूर्वक पालना गरौ भनेका छन् ।

आइतबार प्रचण्डले विज्ञप्ति नै जारी गरी विश्वव्यापी महामारीका रूपमा देखापरेको कोरोना भाइरसको संक्रमणबाट बच्न सावधानी र चेतना अभिवृद्धि गर्न सिंगो पार्टी पंक्ति र जनसमुदायलाई यसरि अपिल गरेका हुन् ।
‘राष्ट्रिय एकता र उच्च मनोबलका साथ महामारीको सामना गर्नुपर्छ,’ प्रचण्डले विज्ञप्तिमा भनेका छन् ।

केही दिनयता भेटघाट कम गर्दै घरभित्रै बसिरहेका उनले आवश्यक औषधि, उपकरण र दैनिक उपभोग्य वस्तुहरूको आपूर्ति व्यवस्थालाई सहज तुल्याउने गरी पहल बढाउन सरकारलाई पनि आग्रह गरेका छन् ।

व्यक्तिको टेलिफोन ट्यापिङ गर्ने अधिकार सम्बन्धमा विधायन समितिले सहमति जुटायो

चैत्र ६ ,काठमाडौं । गुप्तचर निकायलाई फोन ट्यापिङ गर्ने अधिकार दिने व्यवस्था राखेर नेपाल विशेष सेवा विधेयक सम्बन्धमा राष्ट्रियसभाको विधायन समितिले सहमति जुटाएको छ ।

यस विधेयक संघीय संसदको राष्ट्रियसभा र प्रतिनिधिसभाबाट पारित पश्चात राष्ट्रिय अनुसन्धान विभागले कुनै पनि व्यक्तिको टेलिफोन ट्यापिङ गर्ने अधिकार पाउनेछ। विधायन समितिको बिहीबारको बैठकले उक्त विधेयकमा सर्वसम्मतिले सहमति जुटाएको हो । यो विधेयकको प्रतिवेदन विधायम समितिले बिहीबार नै राष्ट्रियसभा बैठकमा पेश गर्नेछ ।
गुप्तचरलाई अदालतको अनुमतिविना टेलिफोन ट्यापिङको अधिकार दिनुहुन्न भन्ने अडानमा रहेको कांग्रेस समेतले अन्तिम समयमा अडान छाडेको थियो ।
कांग्रेस सांसद प्रकाश पन्थले बताए अनुसार फोन ट्यापिङबाट प्राप्त वितरण अन्य प्रयोजनका लागि प्रयोग नहुने ग्यारेन्टी गरिएको छ ।

सप्रबल नं २ छिन्नमस्ता बाहिनीमा कोरोना विशेष सतर्कता : एसएसपी ठाडा

चैत्र ६ बर्दिवास ! सशस्त्र प्रहरी बल प्रधान कार्यालयको निर्देशन अनुसार सप्रबल नं २ छिन्नमस्ता बाहिनी मुख्यालयले आफु मातहत सबै इकाइहरुलाई प्रत्येक सप्रकहरुलाई अनिवार्य रुपमा मास्क ब्यवस्था गराउन (ड्युटिमा अनिवार्य रुपमा लगाउन) तथा प्रत्येक सप्रक तथा अन्य ब्यक्तिहरुलाई बाहिर बाट अफिस प्रबेश गर्दा अनिवार्य रुपमा हात धोएर मात्र कार्यालय प्रबेश गराउने निर्देशन गरेको छ ! यसको लागि प्रवेशद्वारमा धारा र साबुन तथा प्रत्येक ब्यक्तिलाई ह्याण्ड स्यानिटाइजर को ब्यवस्था मिलाइएको छ ।
त्यसै गरि, प्रत्येक बिओपिहरुमा (स्थानिय स्वास्थय संस्था तथा जिल्ला सुरक्षा समिति एबम् जिल्ला दैबि प्रकोप ब्यवस्थापन समितिको सहकार्यमा ) कोरोना हेल्प डेस्क स्थापना गरेको छ ।
साथै ,संभावित प्रकोपको लागि सबै इकाइहरुमा मेडिकल किट सहित स्ट्याण्ड बाई टोलि ब्यवस्था गरि थर्मल गनको ब्यवस्थापनको लागि प्रकृया थालनि पनि गरेको सशस्त्र प्रहरी बरिष्ट उपरीक्षक गणेश ठाडाले समाचार बोर्डलाई बताए ।

तीन तहका सरकारबीच कोरोना रोकथामबारे छलफल

समचारबोर्ड: चैत २, काठमाडौं । तीन तहका सरकारबीच कोरोना भाइरसको रोकथामबारे छलफल हुँदैछ । केहीबेरमा सिंहदरबारमा संघ, प्रदेश र स्थानीय सरकारबीच छलफल सुरु हुन लागेको छ ।
प्रदेश र स्थानीय सरकारसँग उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले छलफल गर्न लागेको हो।

सो छलफलमा भाग लिन सातै प्रदेशका मुख्यमन्त्री, मन्त्री, महानगर, उपमहानगर र नगरपालिकाका मेयर तथा गाउँपालिकाका अध्यक्षहरु काठमाडौं आइपुगेका छन्।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति सदस्य सचिव तोकिएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीले जानकारी दिए अनुसार तीन तहका सरकारका प्रतिनिधिबीच कोरोना भाइरस संक्रमण रोकथाम गर्न कसरी समन्वय गरेर अगाडि बढ्ने भन्ने विषयमा छलफल हुन लागेको हो ।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस विश्‍वका अधिकांश मुलुकमा फैलिएको छ ।

प्रचण्डलाई थप्पड हान्ने कुँवर संसद भवनबाट पक्राउ

समचारबोर्ड: चैत २, काठमाडौं । तत्कालीन एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सात वर्षअघि थप्पड हान्ने पदम कुँवर पक्राउ फेरी परेका छन् । उनि शनिबार साँझ बानेश्वरस्थित संसद भवनबाट पक्राउ परेका छन् ।

संसद भवनको शौचालयमा प्रवेश गरेका बेला सुरक्षाकर्मीसँग उनको विवाद भएको थियो । त्यसपछि उनलाई नियन्त्रणमा लिइएको बानेश्वर प्रहरीका डीएसपी दुर्गाराज रेग्मीले जानकारी गराए । तर , यो विगतको घटनासँग सम्बन्धित नभएको उनले बताए ।
कुँवर किन यसरि संसद भवनतिर छिरे भन्ने विषयमा भने अनुसन्धान भइरहेको छ ।
गत २०६९ मंसिर १ मा भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रममा सहभागी भएका वेला उनले प्रचण्डलाई थप्पड हानेका थिए ।

सम्मान जनक ढंगले ब्यबस्थापन गर्छु : प्रसाई

फागुन २७ ,काठ्माण्डौ ! पुर्ब एमाले र मावोबादी केन्द्र एक भै नेकपा बनेपछि पार्टी एकीकरण हुने क्रममा भर्खरै बाग्मती प्रदेश कमिटीले काठमाडौं जिल्ला क्षेत्र नं २ क को इन्चार्जमा ओम कृष्ण प्रसाइलाइ जिम्मेवारी प्रदान गरेको छ ! बौद्धिक खेलकर्मीका उपमा पाएका प्रसाइ नेकपाका युवा नेता बाग्मती प्रदेश कमिटी सदस्य युवा तथा खेलकुद बिभाग प्रमुख समेत रहेका छन् !
उनकै नेतृत्वमा अग्गिल्लो स्थानीय जनप्रतिनिधिले भारी मतले स्थान ओगटेन सफल भएको थियो ! साथै प्रतिनिधि सभा र प्रदेस सभा को चुनाबमा पुर्ब प्रधानमन्त्री माधब कुमार नेपाल तथा प्रदेश बाग्मती का सभामुख सानु कुमार श्रेष्ठले भारी मत ले बिजय हासिल गरेका थिए !
प्रसाईं खेलकुद, राजनिती लगायत विभिन्न सामाजिक सङ सस्थामा सकृय रहनुका साथै खेलकुदमा बौद्धिक व्यक्तित्वका रुपमा पनि चिनिन्छ ।
जिम्मेवारी पाए संगै प्रसाइले संचारकर्मीसंग कुरा गर्दै ‘ अबको कार्यक्रम भनेको पार्टी लाई संगठित र ब्यबस्थित गर्दै सबै साथी हरु लाई अपनत्व महसुस हुने बाताबरण बनाउने छु ‘ बताए !

तत्काल जारी गतिबिधी

सुशान्त प्रकरण: आज हुदैँछ दीपिका पादुकोण, श्रद्धा कपुर र सारा खानसँग...

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधनमा लागुऔषध एंगलबाट अनुसन्धान गरिरहेको भारतीय लागु औषध ब्युरोले आज दीपिका पादुकोण, श्रद्धा कपुर र सारा अलि खानसँग सोधपुछ...

श्रीमतीको बलमा मात्र अभ्यास गरेकाले कोहली हारे भनेपछि अनुष्का आक्रोशित

गत बिहीबार इन्डियन प्रिमियर लिगमा भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीको टोली रोयल चयालेन्जर्स बैंगलोर किंग्स इलेभन पन्जाबसँग हार्यो। उक्त खेलपछि भारतीय क्रिकेट टोलीका पूर्व...

चितवनमा बाघको आक्रमणबाट एकको मृत्यु

भरतपुर महानगरपालिका–१३ स्थित वेलसर मध्यवर्ती सामुदायिक वनमा बिहान बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। नगरपालिका–१३ स्थित वेलसर मध्यवर्ती सामुदायिक वनमा बिहान बाघको आक्रमणबाट एक...

फेसबुकले गठन गर्‍यो ‘सर्वोच्च अदालत’ यी हुन् २० सदस्य

काठमाडौंं । सोसल मिडिया प्लाटफर्म फेसबुकको सर्वोच्च निगरानी निकायको रुपमा ओभरसाइट बोर्डले आगामी अक्टोबरको मध्यदेखि आफ्नो कार्य सुरु गर्ने भएको छ । उक्त बोर्डलाई फेसबुकको...

आईपीएलमा सन्दीप सम्मिलित दिल्ली क्यापिटल्सको खेल आज साँझ

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज राति नेपाली लेगस्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्ससँग खेल्दैछ। खेल नेपाली समय अनुसार बेलुका पौने...