बाेलीमा दृढ प्रधानमन्त्री ओलि

       लेखक: बुद्धिमान परियार

जेठ १५,काठमाडौ।बाेलीमा दृढता र चट्टाने अडानमा अडिग व्यक्तित्व सम्माननीय प्रधानमन्त्री के. पी. शर्मा अाेलीले लामाे समयदेखि भारतद्वारा अतिक्रमित नेपाली भूमि लिपुलेक ,कालापानी र लिम्पियाधुरा सहित समेटिएकाे नेपालकाे नयाँ नक्शा छाप्ने निर्णय मन्त्रिपरिषदबाट पारित गरि नेपाल र नेपालीहरुकाे निम्ति एउटा ऐतिहासिक कार्यकाे प्रारम्भ गर्नु भएकाेछ। याे निर्णयले सारा नेपाली जनतामा उत्साह जागेकाे छ भने भारत र भारतीय मिडियाहरु नेपाल सरकारकाे यस निर्णयप्रति एवं सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा अाेलीप्रति अाक्राेसित बन्दै कटाक्ष गर्न थालेका छन्। अाज दुनियाँका सामु भारतले अाफ्नाे असन्तुष्टि र अाफुलाई असैह्य भएकाे कुरा पाेखिरहेकाे छ। जुन कुरा भारतीय मिडियामा छचल्किएका शव्दहरु बाट पनि अनुमान गर्न सकिन्छ। अाखिर भारतले बारम्बार किन यस्ताे मिचाहा प्रवृत्ति प्रदर्शन गरिरहन्छ ? जब कि नेपालसँग यी भूमिहरु नेपाल कै हुन् भन्ने दर्जनौं तथ्य प्रमाणहरु सुरक्षित रुपमा रहेका छन्। तर पटक-पटक नेपाली भूमि मिचिनु दशगजा वरपर सारिनु लाई छिमेकी राष्ट्र प्रतिकाे हेपाहा,मिचाहा र विस्तारवादी साेचकाे उपज भन्दा फरक नपर्ला। यस्ता सबै खाले प्रवृत्ति विरुद्ध सारा नेपाली र नेपालका राजनितिक पाटीहरु एकतावद्ध भई विस्तारवादी भारतीय याेजना लाई परास्त पार्न जरुरी छ। इतिहास साक्षी छ कि अतिक्रमित भू-भाग नेपालकै हो भन्नेमा हामीसँग दर्बिला अाधारहरु धेरै नै रहेकाछन्। ३ मार्च १८१६ काे सुगाैलि सन्धि , ८ डिसेम्बर १८१६ काे पुरक सन्धि, सन् १८५७ मा भारत द्वारा जारि गरेकाे नक्शा, १ नाेभेम्बर १८६० मा नेपाल र अग्रेज बीच भएकाे सन्धि, जनवरि ७ सन् १८७५ मा नेपाल र अग्रेजकाे संयुक्त प्रतिनिधि अायाेगले दाङकाे डुडुवा क्षेत्रकाे सिमाङ्कन गर्दा लिम्पियाधुरा नेपालमै देखिएकाे, लिम्पियाधुरा क्षेत्रका गुन्जी, नाबी र कुटीगाउँका बासिन्दाले कर बुझाएकाे रसिद,२०१५ सालकाे अाम निर्वाचनमा त्यस क्षेत्रका नागरिक सहभागी भएकाे मतदाता नामावली ,२०१८ काे जनगणना हुँदा लिम्पियाधुरा सहितका जनता सहभागी भएकाे जनगणना अादी अनेकौं अाधार प्रमाणहरु हामीसँग छन्। बृटिसले तयार गरेको बिभिन्न समयको भौगोलिक नक्सा लगायतका अन्य धेरै प्रमाणहरु हामीसँग छन्। यसरी ई
इतिहासले सावित गरेका तथ्य प्रमाणहरुका अाधारमा भूमि,ब्यबश्था तथा सहकारि मन्त्रालयले तयार पारेकाे नयाँ नक्शा मन्त्रिपरिषद बाट पारित हुनुमा सम्माननीय प्रधानमन्त्री के.पी.शर्मा ओली, भूमि व्यबश्था तथा सहकारी मन्त्री माननीय पद्मा अर्याल तथा सिङ्गाे मन्त्रिपरिषदलाई जनताकाे तर्फबाट धन्यवाद दिनु पर्दछ र याे शाहसिक कदमकाे नेपाली जनताले उच्च सम्मान गर्नै पर्दछ। याे राष्ट्रियता र राष्ट्रभक्तिमा एउटा गाैरवपुर्ण कार्य हो। यस परिघटनाले साच्चिकै हाम्रो देशले एउटा अथक, दृढ र उच्च मनोबल भएकाे राष्ट्रनायक को रुपमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाएकाे छ । यस कार्यले राष्ट्रियताकाे स्तम्भ दराे बनाउदै हाम्रो स्वाभिमानलाई पनि उच्च बनाएकाे छ । वास्तवमा अहिले सिमाकाे बिषयमा वादविवाद गर्ने समय विल्कुल थिएन किन कि आज  विश्व जगत प्राण घातक महामारी काेभिड-१९ बाट अाक्रान्त छ। दिनानुदिन अनाहकमा दुनियाँ भरका मान्छेहरुकाे मृत्यु भईरहेकाे छ। हामी नेपालीहरु पनि याे महामारी बाट अछुताे रहेनाै। लामाे लक-डाउनले जनजीवन अस्त,ब्यस्त र कष्टकर बनिरहेकाे बेला सिमानामा दादागिरी गरि थिचोमिचो गर्ने छिमेकी भारतको रबैयाले अर्को तनाव थपिएको छ। ४/५ महिना अगाडि भारतले नेपाली भूमि समेटि नक्शा जारि गर्याे। अहिले हाम्रै भूभागमा बाटाे निर्माण गरेर उद्घाटन गर्यो। यस्तो हस्तक्षेपको प्रतिरोध गर्दै कालापानी,लिपुलेख र लिम्पियाधुरा सहित समेटिएको नयाँ नक्शा जारी गर्नुपर्ने चुनौतीपूर्ण दायित्व तथा सामयिक कर्तव्य नेपाल सरकारले दृढतापुर्बक पालना गरेकोछ । अब साच्चिकै नेपाली भूमि भारतबाट फिर्ता गर्नै पर्दछ । यसका लागि सारा नेपाली,के पक्ष,के विपक्ष सबै राजनितिक पाटीहरु तथा आम जनसमुदाय एकजुट भएको अवस्था छ। किन भने फलाम तातेकाे बेला नै हान्नु पर्दछ तब मात्र अाकार अाउछ । तर बिडम्वना – प्रधानमन्त्रीले लिनु भएकाे यत्राे ठूलाे ऐतिहासिक कदम र शाहसकाे विरुद्ध हाँसिमजाक गर्नेहरु पनि अपवादमा त देखिएकैछन् । कसै कसैले त भारत लाई चिढाउनु हुने थिएन,नक्शा जारी गर्दा भारत लाई साेध्नु पर्थ्याे , भारतकाे मन दुखाउनु हुदैनथ्यो,जस्ता शब्द समेत भन्न भ्याईरहेका छन्। यसै सन्दर्भमा एक जना विद्वानले भन्नू भाे कि
” नक्शा जारि गर्दैमा राष्ट्रवादी र क्रान्तिकारी भईदैन ” यदि यी विद्वानकाे कुरा मान्ने हाे भने नक्शा जारि हुदैमा भारत किन अाक्राेसित बन्ने त? भारतीय मिडियाकाे यतिसाराे राेईलाे किन ? राेईलाे मात्र हाेईन तल्लाे स्तरमा झरेर गाली गाैलज गर्नुकाे कारण के? यी सब कुराले प्रमाणित गर्दछ कि याे नक्शा जारि गर्नु पनि चानचुने कुरा हाेइन रहेछ । याे कुरा खुद्रा मसिना र सानाेतिनाे थिएन,कि सहजै कसैले हिम्मत गराेस्। विगतमा धेरै प्रधानमन्त्री बने र सरकार सञ्चालन गरे।तर चुईक्क बाेल्ने हिम्मत कसैले गरेकाे देखिएन। तर अाज प्रधानमन्त्री केपी शर्मा अाेलीले गरेर देखाउनु लाई राष्ट्रियताकाे भावनाले अाेतपाेत र क्रान्तिकारी कदम हाे भनेर भन्नुलाई कुनै अप्ठ्याराे मान्नु पर्छ भन्ने लाग्दैन। अनेकौं भ्रम फैल्याएर नेपाली जनता र सरकारकाे मनाेबल कमजाेर बनाउने दुष्प्रयास गर्दै भारतीय पक्षकाे पक्षपाेषण गर्ने जाे काेहि किन नहाेस्,जनताले हिसाब-किताब अवश्य राख्ने नै छन्।

  • निश्कर्ष:
    के.पी.शर्मा ओलीकाे याे देशमा जन्म  नभएकाे भए या जन्म भएर पनि उहाँ देशकाे प्रधानमन्त्री नबनेकाे भए अाज हाम्रा पुर्खाले अार्जेका भूभागहरु लिम्पियाधुरा, कालापानी,लिपुलेख नेपालकाे नयाँ नक्शामा समेटिने थिएन। याे उहाँले चाल्नु भएकाे  कदम एउटा ऐतिहासिक क्षण हाे । यो ऐतिहासिक उपलब्धि हाे। अाफ्नाे मातृभूमिकाे नयाँ नक्शा देख्न पाउँदा हरेक नेपाली हर्षबिभोर भएकाछन् ,  गर्भले छाती फराकिलो  र  शिर ठाडाे भएकाे छ। याे सानाे उपलब्धि हाेईन। याे उपलब्धिकाे नेतृत्व कर्ता प्रधानमन्त्री के.पी. शर्मा अाेली नै हुनुहुन्छ। यदि उहाँ प्रधानमन्त्री नभएकाे भए नेपालीहरुले अाफ्ना लुटिएका भुभाग नेपालकाे नक्शामा देख्न पाउने थिएनन्। के पि ओली नेतृत्वको सरकारले भाबी पुस्तालाई नेपालकाे नयाँ नक्शा विरासतमा दिएकोछ।  हुन त याे देशमा धेरै प्रधानमन्त्री भए तर राष्ट्रियता र स्वाभिमानकाे निम्ति त्यस्ताे सम्झिन लायककाे कुनै काम गरेकाे पाईदैन अझ कब्जा गरिएका नेपाली भूमिका बारेमा त चुईक्क बाेलेकाे देखिदैन बरु उल्टै मातृभूमिलाई दाउमा राखी भारतलाई खुशी बनाउदै अाफ्नाे पद र राजनिती टिकाईरहने खेलाेमेलाे गरिरहे र गरिरहेका छन्। यस्ता प्रवृत्तिलाई जनताले अवश्य सजाय दिने नै छन्। प्रधानमन्त्री के.पी. शर्मा ओली कसैले लाेभ्याउदा नलाेभिने,धम्क्याउदा नधम्किने, तर्साउदा नतर्सिने,बरु अाफ्नाे ज्यानकाे बाजि  राखी राष्ट्रहितलाई सर्वाेपरि ठान्ने राष्ट्र नायक हुनु हुन्छ । उहाँको शाहसलाई सब‌ैले सम्मान गर्नुपर्दछ र साथ दिनै पर्दछ। त्यसाे त प्रधानमन्त्री के.पी. शर्मा ओलीकाे यात्रा त्यति सजिलाे छैन,कठिन छ। अनेक घुम्ति र माेडहरु पार गर्नुछ। बाटाहरुमा काँडा र अवराेध हरु प्रसस्त छन्। अाफ्नै बाट हाेस् या बैरिबाट नै किन नहाेस् उहाँलाई असफल बनाउने दुष्प्रयास काफी भएका छन् र भईरहने छ । तर ठूलाे छाती दह्रो मुटु,दृढ ईच्छा शक्ति,अनेकौं अनुभवले खारिएका,परिपक्व व्यत्तित्व प्रधानमन्त्री के.पी.शर्मा ओली कति पनि बिचलित नभइ  अाफ्नाे यात्रा पूरा गर्न निरन्तर प्रयत्नशील हुनुहुन्छ। उहाँ लाई सारा नेपालीहरुकाे सदैव साथ रहनेछ,रहिरहनेछ। याे धर्तीले  साच्चिकै एक राष्ट्र नायक र राजनेता पाएकाे छ। याे नेपाल राष्ट्र र नेपाली जनताकाे निम्ति गाैरवकाे कुरा हो ।

बुद्दिमान परियारको कविता ‘ एक राता मान्छे ‘

जेठ २ काठ्माण्डौ !अहिले कोरोना माहामारिका कारण गुज्रिरहेको लकडाउन कठिन समयमा प्राय सवैजना सिर्जना फुर्याउन तल्लिन छन् ! यसै विचमा युवा राजनितिक विश्लेषकको रुपमा चिनिने व्यक्ति बुद्दिमान परियार पनि साहित्य सिर्जना प्रयास गरिरहेका छन् ! उनले केहि हप्ता अगाडि मात्रै नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको बारे आफ्नो धारणा व्यक्त गर्दै एक कबिता लेखेका थिए ! आज फेरि उनैले अर्को कविता ‘एक राता मान्छे’ लेखेका छन् !सोहि कवितालाइ हामि आज लिएका छौ !
एक राता मान्छे
-बुद्दिमान परियार
जनयुद्ध थाले राता मान्छेले भूमिगत बनी
जालझेल षडयन्त्रमा छन् माहिर उनी !
सहिदकाे रगतमा खेले-खेलाए हाेली
विहान एउटा, साँझ अर्कै हुन्छ उनकाे बाेली !!
नयाँ नेपाल बनाउने आकर्षक कुरा गरे
त्यै कुराकाे पछि लाग्दा हजारौ हजार मरे !
धेरैको सिउँदाे पुछियाे,रित्तियाे धेरै काख
आखिरमा उनले हाने ती सबैलाई लात !!
बास उनकाे उतै थियाे खानपान पनि उता
लड्नु पर्छ अब भनी खनाए बङ्कर यता !
सिधा थिए कार्यकर्ता बङ्कर खनि हाले
त्यस्मा प्रश्न उठेपछि ट्याक्टिस भन्न थाले !!
ध्वस्त पारे संरचना, सुन्दर बस्ती जलाए
सबलाई राज्य दिन्छुभनी जातजाति उठाए!
ठुला सपनाले गर्दा धेरै उनकै पछि लागे
ती सबैलाई जिल्ल पारि आदर्शबाटै भागे !!

 

 

तत्काल जारी गतिबिधी

सुशान्त प्रकरण: आज हुदैँछ दीपिका पादुकोण, श्रद्धा कपुर र सारा खानसँग...

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधनमा लागुऔषध एंगलबाट अनुसन्धान गरिरहेको भारतीय लागु औषध ब्युरोले आज दीपिका पादुकोण, श्रद्धा कपुर र सारा अलि खानसँग सोधपुछ...

श्रीमतीको बलमा मात्र अभ्यास गरेकाले कोहली हारे भनेपछि अनुष्का आक्रोशित

गत बिहीबार इन्डियन प्रिमियर लिगमा भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीको टोली रोयल चयालेन्जर्स बैंगलोर किंग्स इलेभन पन्जाबसँग हार्यो। उक्त खेलपछि भारतीय क्रिकेट टोलीका पूर्व...

चितवनमा बाघको आक्रमणबाट एकको मृत्यु

भरतपुर महानगरपालिका–१३ स्थित वेलसर मध्यवर्ती सामुदायिक वनमा बिहान बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। नगरपालिका–१३ स्थित वेलसर मध्यवर्ती सामुदायिक वनमा बिहान बाघको आक्रमणबाट एक...

फेसबुकले गठन गर्‍यो ‘सर्वोच्च अदालत’ यी हुन् २० सदस्य

काठमाडौंं । सोसल मिडिया प्लाटफर्म फेसबुकको सर्वोच्च निगरानी निकायको रुपमा ओभरसाइट बोर्डले आगामी अक्टोबरको मध्यदेखि आफ्नो कार्य सुरु गर्ने भएको छ । उक्त बोर्डलाई फेसबुकको...

आईपीएलमा सन्दीप सम्मिलित दिल्ली क्यापिटल्सको खेल आज साँझ

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज राति नेपाली लेगस्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्ससँग खेल्दैछ। खेल नेपाली समय अनुसार बेलुका पौने...