खेलकुद तथा साहसिक गतिविधिमा महिलाहरुको सहभागिताबारे अन्तर्राष्ट्रिय वर्कशप

खेलकुद तथा साहसिक गतिविधिमा महिलाहरुको सहभागिताबारे अन्तर्राष्ट्रिय वर्कशप आयोजना भएको छ।

वुमन इन स्पोर्ट्स एन्ड एडभेन्चर टोलीले खेल र साहसिक गतिविधिमा महिला सहभागिताबारे बिहीबार अन्तराष्ट्रिय वर्कशप आयोजना गरेको हो। कार्यक्रममा आधा दर्जन बढी देशबाट ४० जनाभन्दा बढीको सहभागिता रहेको थियो।

कार्यक्रमको सुरुवातमा नेपाल चेस एसोसिएसनकी मोनालिसा खुम्बुले स्वागत गर्दै विश्व खेलकुदमा महिला सहभागिताबारे प्रस्तुति राखेकी थिइन्। त्यस्तै इन्टरनेशनल क्याचबल फेडेरेसनकी प्रमुख कार्यकरी अधिकृत हिला डाभिडोभले क्याचबल खेलको परिचय, नियम र महिलाबारे प्रस्तुति गरेकी थिइन्।

कार्यक्रममा अमेरिकास्थित नेपाली सञ्चारकर्मी लिना दुवाडीले महिला सशक्तीकरणबारे, पर्वतीय खेलकुद महासंघ—नेपालका अध्यक्ष गोविन्द भट्टराईले दिगो खेलकुदमार्पmत पर्यटनबारे प्रस्तुति दिएका थिए। त्यस्तै एफ१ इन स्कुलकी निर्देशक फ्रेडरिक ट्राउभले साहसिक खेलकुदमार्फत महिला सशक्तीकरण विषयक प्रस्तुति गरेकी थिइन्। कार्यक्रममा युनिभर्सिटी अफ प्रिटोरिया साउथ अफ्रीकाकी फन्डी ह्लोबोको पनि प्रस्तुति रहेको थियो।

कार्यक्रममा सञ्चारकर्मी तथा अधिवक्ता पवित्रा राउत, सगरमाथा आरोही कल्पना महर्जन र भलिबलकी पूर्वमहिला क्याप्टेन अन्जु श्रेष्ठले खेलकुद तथा शाहसिक गतिविधिमा महिला सहभागितासहित आआफ्नो अनुभव राखेका थिए।

कार्यक्रममा नेपाल रिङ्ग रेस्लिङ्ग एसोसिएसन की अध्यक्ष सुवर्ण श्रेष्ठ, होटल एसोसिएसन काभ्रेकी ज्योत्सना सैंजु, डब्लुआईएमए नेपालकी अध्यक्ष सुनिता देसार, नेपाल भलिबल संघ की कोषाध्यक्ष सुनकेशरी माली र नासा नेपालका सचिव सन्तोष न्यौपाने समेत सहभागी थिए। साथै क्याचबल हेडक्वार्टर जेनेभाका पदाधिकारीहरु, नेपालका रग्बी, मोटरस्पोर्ट्स, स्पोर्ट क्लाइम्बिङ्ग, मार्शल आर्ट्स, भलिबल, तेक्वान्दो, रेस्लिङ्ग लगायतका खेलका महिला क्याप्टेन, खेलाडीहरु तथा अफिसियल लगायतकाको सहभागिता समेत रहेको थियो।

पर्वतीय खेलकुद महासंघ—नेपाल तथा नासा फाउण्डेसनको सहयोगमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता हेटौडा महानगरपालिकाकी उपमेयर तथा पर्वतीय खेलकुद महासंघ नेपाल वाग्मती प्रदेश नेटवर्ककी संयोजक मिना लामाले गरेकी थिइन्।

सरला गौतमको ‘डुमेरो’ सार्वजनिक

पब्लिसन्स नेपालयले सरला गौतमको उपन्यास ‘डुमेरो’ सार्वजनिक गरेको छ। यो उपन्यासले सानो शहरमा हुर्किएकी एउटी किशोरीले ठूलो संसारमा प्रवेश गर्दैगर्दा पहिचान खोज्दाको कथानकलाई अंगालेको छ।

गौतमले पत्रकारिताबाट आफ्नो लेखकीय जीवन आरम्भ गेरकी हुन्। वर्षौंदेखि उनले आफूलाई सामाजिक सरोकारमा मुखरित हुने आलोचनात्मक टिप्पणीकारको रुपमा स्थापित गरेकी छिन्। अखबारका स्तम्भमा उनी सामाजिक र राजनैतिक मुद्दाहरूमाथि केन्द्रित रहेर अभिव्यक्त हुने गर्छिन् जसलाई पाठकहरूले निकै रुचाउने गर्छन्। यो उपन्यास उनको पहिलो साहित्यिक कृति हो।

पुस्तकको शैलीको बारेमा बोल्दै नेपालयकी भूषिता वशिष्ठ भन्छिन्, ‘गौतमले वकालत गर्ने भाषाको अराज्नैतिकरणको धारणा उनको पुस्तकमा पनि देखिएको छ। उनले पात्रहरूका सशक्तिकरण, पहिचान र बद्लिँदा सम्बन्धहरूका गुत्थालाई क्लिष्ट वा प्राविधिक पदावली नराखी सरल र चलनचल्तीको भाषामा उधिन्छिन्। गौतमको शैली निडर, बेलगाम र समसामयिक छ। यो पुस्तकले नेपालयको आख्यान प्रकाशनमा विविधता अंगाल्ने प्रतिबद्धतालाई पनि उजागर गरेको छ।’

शीर्षक ‘डुमेरो’ आफैंमा नौलो शब्द छ। कुनै गन्तब्यविहीन यात्रामा निस्किएको घुमन्ते अन्वेषकको अर्थ राख्ने यो शब्दले एकैसाथ अनेक प्रतीकात्मक अर्थ बोक्छ।

‘यो शब्द सुन्नमा लयालु त छदै छ,’ सरला गौतम भन्छिन्, ‘तर यसका साथै यसको अर्थ पनि गहन छ। महिलाको पहिचानलाई घरेलुपनले सधैँ बन्धनमा पारेको हुन्छ। तर अब हामी इतिहासको मध्य मोडमा उभिएका छौं। जहाँ पुरुष र महिला लिंगको आधारमा मात्र परिभाषित हुने बेला छैन। अबको पुस्ताले अघिल्ला पुस्ताजस्तो किटान गरेर आफ्नो गन्तब्य तय गर्न सक्तैन। हाम्रा चुनौती अमुर्त छन्, संघर्ष नौला छन्। यस्तै चुनौती र संघर्षमा जेलिएको एक आम पात्रको कथा हो डुमेरो।’

महामारीको लगत्तै बजारमा आएको किताबले अरुबेलाकै झैँ प्रकाशन जगतलाई सन्तुष्ट पार्नेमा विश्वस्त रहेकी नेपालयकी सैजन मास्के भन्छिन्, ‘समय साँच्चै चुनौतीपूर्ण छ, तर हाम्रो अघिल्लो प्रकाशन भूवन ढुंगानाको परित्यक्ताले बन्दाबन्दीका बाबजूद तुलनात्मक रुपमा निकै राम्रो परिमाणमा स्वीकृति पायो। यो पुस्तकलाई पनि नेपाली पुस्तक बजारले उत्साहजनक प्रोत्साहन प्रदान गर्छ भन्नेमा हामी आशावादी छौं।’

नेपाली बजारको लागि ‘डुमेरो’ को मूल्य ४९५ रुपैयाँ निर्धारण गरिएको छ, जुन देशका प्रमुख पुस्तक पसलहरूमा उपलब्ध हुनेछ । यसको इ–बुक प्रतिलिपि भने थुप्रै डट कमबाट किन्न सकिन्छ साथै यो पुस्तक अनलाइन बिक्रेता अमेजनमार्फत् विश्वव्यापी रूपमा पनि उपलब्ध हुनेछ।

दार्चुलाका सीडीओ भन्छन् : अप्ठेरोमा परेपछि भारतीय अधिकारीले कुरा फेरे

दार्चुलाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) शरदकुमार पोखरेलले भारतीयहरुले कालापानी क्षेत्रमा नेपालीहरुको प्रवेशमा रोक लगाउनु भनी यसअघि पत्र पठाएको तर अहिले नेपालको जवाफपछि अप्ठेरोमा परेर उनीहरुले कुरा फेर्न थालेको बताएका छन्।

भारतको उत्तराखण्डस्थित धार्चुलाका सब-डिभिजनल मजिस्ट्रेट (एसडीएम) ले आफूले नेपाललाई कुनै पत्र नलेखेको भारतीय सञ्चारमाध्यमलाई बताएका बेला सीडीओ पोखरेलले सो दाबीलाई झूठो बताएका हुन्।

पोखरेलले भारतीय पक्षले चिठी लेखेकै कारण दार्चुला जिल्लाले जवाफ पठाएको बताए।

‘उनीहरुले पत्राचार गरेकै हो। तर अहिले हामीले यताबाट जवाफ पठाएपछि उनीहरु अप्ठेरोमा परेर कुरा फेरेका हुन्,’ सीडीओ पोखरेलले नेपालखबरसँग भने।

भारतले अतिक्रमण गरेको नेपाली भूमिमा प्रवेश गर्न नेपालीलाई प्रतिबन्ध गर्ने गरी पत्राचार गरेपछि दार्चुलाका सहायक सीडीओले भारतको धार्चुलाको इलाका प्रशासनलाई पत्र पठाउँदै नावी, कुटी र गुन्जी नेपालकै भएको र आफ्नो देशमा आफ्ना नागरिकलाई अवरोध नगर्न भनी जवाफ पठाएका थिए।

भारतको धार्चुलास्थित इलाका प्रशासन कार्यालयले नेपालको दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गर्दै त्यस भूभागमा नेपालीलाई प्रवेश गर्न नदिन पत्र पठाएको थियो। त्यस भूभागमा नेपालीहरु लूकिछिपि जाने गरेको र त्यस्ता गतिबिधिबारे सूचना दिन समेत दिन आग्रह गर्दै पत्राचार गरेपछि त्यसको जवाफमा नेपालले पत्र पठाएको थियो।

तर शुक्रबार भारतीय सञ्चारमाध्यमले भारतको उत्तराखण्डस्थित धार्चुलाका सब-डिभिजनल मजिस्ट्रेट (एसडीएम) लाई उद्धृत गर्दै नेपाललाई त्यस्तो पत्र नलेखेको जनाएका हुन्।

भारतको धार्चुलाका एसडीएम अनिलकुमार शुक्लाले आफूले पत्र लखेको भन्दै आएको समाचारलाई फेक (झूठो) भएको दाबी गरेका छन्।

‘मैले नेपालका अधिकारीहरुलाई कुनै पनि पत्र लेखेको छैन। यस प्रकारको समाचारहरु फेक हुन,’ शुक्लाले भारतीय सञ्चार माध्यमलाई भनेका छन्।
यता दार्चुलाका सीडीओले भने अहिले नेपालको जवाफपछि उनीहरु अप्ठेरोमा परी कुरा फेरेको बताएका छन्।

मध्य नाइजेरियामा बन्दुधारी समूहले १४ जनाको हत्या गरे

 

बन्दुकधारीको एक समूह ‘ग्याङ’ले नाइजेरियाको कोगी राज्यमा आक्रमण गरी १४ जना गाउँलेको हत्या गरेका छन्।

राज्यका प्रहरी प्रमुख एडी आयुबाका अनुसार मारिएकामध्ये १३ जना एकै परिवारका सदस्य छन्।

उनीहरु कोगी प्रान्तको आग्बुडु गाउँका निवासी रहेको पनि आयुबाले बताए।

बन्दुकधारीको आक्रमणका कारण अरु छ जना गम्भीर घाइते भएका छन्। आक्रमण गर्नुको खास कारण अझै थाहा हुन सकेको छैन।

हत्या गरिएका सबैलाई बन्दुकको गोली लागेको छ। प्रहरी प्रमुख आयुबाले सुरक्षाकर्मीहरु उक्त गाउँमा पुग्नुअघि नै आक्रमणकारीहरु फरार भएको बताए।

उनले घटनाको अनुसन्धान सहित आक्रमणकारीको खोजी भइरहेको जानकारी दिए। रासस/सिन्ह्वा

सीपीएल खेल्न सन्दीप वेष्टइण्डिज प्रस्थान

राष्ट्रिय टोलीका लेग स्पीनर सन्दीप लामिछाने क्यारेवियन प्रिमियर लिग (सिपिएल) खेल्न बिहीबार वेष्ट इण्डिज प्रस्थान गरेका छन्।

उनी आज बिहान कोरियन एयरलाइन्सको चार्टर विमानबाट त्यसतर्फ प्रस्थान गरेका हुन्। उनी अमेरिका हुँदै भोलि प्रतियोगिता आयोजना स्थल पुग्नेछन्। त्यहाँ पुगेपछि सन्दीप १४ दिन क्वारेन्टिन बस्नेछन्। सिपिएल खेल्न जानु अघि सन्दीपले कोरोनाको परिक्षण पनि गराएका थिए।

गत असारमा भएको ड्राफ्टमा सन्दीपलाई एक करोड भन्दा बढी रकममा जमैका तलावाजले अनुबन्ध गरेको थियो।

सिपिएल अगष्ट १८ बाट सुरु भएपनि सन्दीपको टोलीको खेल १९ तारिखबाट छ।

सिपिएलमा लिग चरणमा हरेक दिन दुई खेल हुनेछ।

जमैकाले अगष्ट १९ मा सेन्ट लुसिया जुक्सविरुद्ध खेल्दै लिगको सुरुवात गर्ने छ।

कीर्तिमानी गीतकार डिआरको ‘छक्कै परेँ’मा कार्टुन क्रुका आस्मा र सरोज

गीत लेखेरै गिनिज अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाईसकेका गीतकार डा. डिआर उपाध्यायले आफ्नो नयाँ गीत ‘छक्कै परेँ’को भिडियो बुधबार दर्शकमाझ ल्याएका छन्। यो गीत बिष्णु भट्ट र बिना भट्टराईको स्वरमा रहेको छ। जसमा बिष्णु भट्टकै संगीत छ।

गीतकार उपाध्यायले यसपटक आफ्नो यो गीतको भिडियोमा निकै मेहनत गराएका छन्। गीत लेखेर नै गिनिज अफ वर्ल्ड सहित विश्वका १५ वटा विश्व रेकर्ड बनाएका उपाध्ययको बिगतको गीतको भिडियो भन्दा यो भिडियो केही पृथक बनेको छ।

गीतको भिडियोमा कार्टुन क्रुका जोडी सरोज अधिकारी र आश्मा विश्वकर्माको आकर्षक नृत्य छ। डान्सिङ जनराको यो गीतमा यी दुई जोडीले विभिन्न नृत्य कलाकारका साथ उर्जायुक्त डान्स प्रस्तुत गरेका छन्। ठेट नेपाली शब्दहरुको प्रयोग गरिएको गीत रोमाञ्चक बनेको छ।

यो भिडियोलाई माईकल स्टेप अप एन्ड आर्टस् एकेडेमीका सञ्चालक कोरियोग्राफर माईकल चन्दले निर्देशन गरेका छन्। उनले गीतमा सरोज र आस्मालाई नृत्यको फरक फरक स्टेपमा प्रस्तुत गरेका छन्।

उत्सब दाहालले खिचेको यो भिडियोमा सिलन लम्सालको सम्पादन छ। यो गीतको भिडियोलाई डिआर म्युजिक एन्ड क्रियसनको युट्युव च्यानलबाट रिलिज गरिएको छ।

चर्चित फुटबलर बिमल घर्ति मगर केवल मगर भएकै कारण षडयन्त्रमा : मगरात संघर्ष समिति

साउन १५, काठमाडौं ।

स्टार खेलाडी बिमल घर्ति मगर बिगत पछिल्लो समय राष्ट्रिय टोलीको प्रशिक्षणका लागि बोलाएको अन्तिम ३४ मा पर्न सकेनन् । विश्वकप २०२२ को छनोट खेल खेल्नु केही दिन अघि उनीहरु डान्सबारमा गएको भन्दै एन्फाले कारबाही गरेको थियो ।
तर, मगरात संघर्ष समिति नेपालले एक बिज्ञप्ति निकाल्दै बिमल घर्ति मगरलाई जातीय विभेद भएर षडयन्त्र गरिएको छ भनेका छन् ! समिति संयोजक राम मगरद्वारा हस्ताक्षर गरिएको बिज्ञप्तिमा ‘ एन्फ़ाद्वारा बिमल मगर केवल मगर भएकै कारणले जातीय विभेदका आधारमा भएको यो घृणित कार्यको मगरात संघर्ष समिति घोर भत्सर्ना गर्दछ ! खेलकुदमा आफ्नो जीवन होमेका खेलाडिको भविस्य नै अन्धकार बनाउने गरि गरिएको निर्णय तत्काल खारेज गरियोस ! खेलकुद नेतृत्वले आफु र आफ्ना आसेपासेलाई मात्र अवसर दिने तर खेलकुदमा राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा अब्बल प्रमाणित भै सकेका फुटबलर बिमल घर्ति मगरको भविस्यका तेजोबध हुनेगरी गरिएको यो निर्णय तत्काल खारेज गरि अब्बल युवा फुटबलर बिमल घर्ति मगरलाइ तत्काल राष्ट्रिय टिममा सामेल नगरे यो मगरात संघर्ष समिति कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिन चाहान्छौ ‘ भनेका छन् !

का‌ंग्रेस अनुशासन समितिको कार्यक्षमतामाथि नेता पौडेलको प्रश्न

नेपाली का‌ंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको केन्द्रीय अनुशासन समितिको कार्यक्षमतामाथि प्रश्न उठाएका छन्।

वरिष्ठ नेता पौडेलले बिहीबार सामाजिक सञ्जालमार्फत बागी उम्मेदवार, उम्मेदवारी खोसिएका र निर्वाचनपछि पार्टीको आन्तरिक विवादमा परेका व्यक्तिलाई विधानको एउटै दफा प्रयोग गरी कारबाही गरेको जनाउँदै समितिको कार्यमाथि प्रश्न उठाएका हुन्।

नेता पौडेलले गत निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने ३२ उम्मेदवार र प्रस्तावक–समर्थकलाई विधानको दफा ४ बमोजिम पार्टी सदस्यता नरहने गरी निष्काशन गर्दा तनहूँ क्षेत्र नं १ का बागी उम्मेदवारलाई कारवाही नगरेकामा असन्तुष्टिसमेत जनाएका थिए।

उनले तनहुँ क्षेत्र नं १ मा बागी उम्मेदवारी दर्ता गरेका गोविन्दराज जोशीसँग जोडेर सांसदको उम्मेदवारी खोसिएका कैलालीका पुष्करनाथ ओझालाई स्पष्ट आधार र कारणविना बागी उम्मेदवारलाई सघाएको भनेर विधानको दफा ३४ बमोजिम पाँच वर्षका लागि पार्टीबाट निष्कासनको कारबाही गर्नाले समितिको नियत र कार्यक्षमतामाथि गम्भीर प्रश्न उठेको उल्लेख गरेका छन्।

शनिबार बसेको समिति बैठकले तनहुँ निवासी पूर्व सहमहामन्त्री एवं पूर्वमन्त्री जोशी र कैलाली निवासी पूर्व राज्यमन्त्री एवं महासमिति सदस्य ओझालाई पार्टीको विधानअनुसार अनुशासन उल्लंघन गरेको आरोपमा पाँच वर्षका लागि पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको थियो। सोही बैठकले डडेल्धुराका जिल्ला कार्यालय सचिव रामबहादुर विष्टलाई पार्टीको विधानअनुसार अनुशासन उल्लंघन गरेको आरोपमा तीन वर्षका लागि पार्टीबाट निष्काशन गर्ने निर्णयसमेत गरेको थियो।

कोरोनाकाे उच्च जोखिममा सहरी क्षेत्र

काठमाडौं । सरकारले लकडाउन अन्त्य गरेसँगै सहरी क्षेत्र कोरोना भाइरस संक्रमणको थप जोखिममा परेको छ ।

आजको राजधानी दैनिकमा खबर छ – भौतिक दूरी कायम कार्यान्वयनमा समस्या हुने र बाक्लो बस्तीका कारण सहरी क्षेत्र थप जोखिममा परेको हो ।

पछिल्ला दिनमा गाउँ गएका व्यक्ति पनि सहर फर्किने क्रम सुरु भएको छ । यसले पनि सहरी क्षेत्रमा जोखिम बढेको हो । कुनै व्यक्ति संक्रमितको सम्पर्कमा आइहाले कन्ट्याक्ट ट्रेसिङ गर्नसमेत चुनौती बन्दै गएको छ ।

हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ । मंगलबार पछिल्लो २५ दिनको अवधिमा सबैभन्दा धेरै ३ सय ११ संक्रमित थपिएका छन् । यसअघि गत १९ असारमा एकै दिन थप ७ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मंगलबार काठमाडौं उपत्यकामा भेटिएका संक्रमितमध्ये अधिकांश प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत सुरक्षाकर्मी रहेको बताइएको छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तम कोइरालाका अनुसार मंगलबार प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत २७ जना प्रहरीमा कोरोना संक्रमण देखिएको हो ।

यस्तै, काठमाडौंका धापासी, बसुन्धारा क्षेत्रमा पनि संक्रमित देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

पछिल्लो केही दिनयता लक्षणसहितका संक्रमित देखिन थालेका छन् । श्वासप्रश्वासमा गाह्रो हुने, ज्वरो आउनेलगायतका लक्षण संक्रमितहरूमा देखिन थालेको छ । जसकारण जोखिम दिन प्रतिदिन बढ्दै गएको भन्दै सतर्क रहन चिकित्सकहरूले सुझाव दिएका छन् ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले संक्रमणबाट बच्ने उपाय भनेकै व्यक्ति आफैं सतर्क रहनु रहेको बताए । उनले भने, ‘भौतिक दूरी कायम गर्नुपर्छ । कतै हिँड्दा मास्कको समुचित प्रयोग गर्नुपर्छ । जोगिने उत्तम उपाय भनेकै आफू सजग रहनु हो ।’

कोरोनाकाे उच्च जोखिममा सहरी क्षेत्र

काठमाडौं । सरकारले लकडाउन अन्त्य गरेसँगै सहरी क्षेत्र कोरोना भाइरस संक्रमणको थप जोखिममा परेको छ ।

आजको राजधानी दैनिकमा खबर छ – भौतिक दूरी कायम कार्यान्वयनमा समस्या हुने र बाक्लो बस्तीका कारण सहरी क्षेत्र थप जोखिममा परेको हो ।

पछिल्ला दिनमा गाउँ गएका व्यक्ति पनि सहर फर्किने क्रम सुरु भएको छ । यसले पनि सहरी क्षेत्रमा जोखिम बढेको हो । कुनै व्यक्ति संक्रमितको सम्पर्कमा आइहाले कन्ट्याक्ट ट्रेसिङ गर्नसमेत चुनौती बन्दै गएको छ ।

हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ । मंगलबार पछिल्लो २५ दिनको अवधिमा सबैभन्दा धेरै ३ सय ११ संक्रमित थपिएका छन् । यसअघि गत १९ असारमा एकै दिन थप ७ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मंगलबार काठमाडौं उपत्यकामा भेटिएका संक्रमितमध्ये अधिकांश प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत सुरक्षाकर्मी रहेको बताइएको छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तम कोइरालाका अनुसार मंगलबार प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत २७ जना प्रहरीमा कोरोना संक्रमण देखिएको हो ।

यस्तै, काठमाडौंका धापासी, बसुन्धारा क्षेत्रमा पनि संक्रमित देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

पछिल्लो केही दिनयता लक्षणसहितका संक्रमित देखिन थालेका छन् । श्वासप्रश्वासमा गाह्रो हुने, ज्वरो आउनेलगायतका लक्षण संक्रमितहरूमा देखिन थालेको छ । जसकारण जोखिम दिन प्रतिदिन बढ्दै गएको भन्दै सतर्क रहन चिकित्सकहरूले सुझाव दिएका छन् ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले संक्रमणबाट बच्ने उपाय भनेकै व्यक्ति आफैं सतर्क रहनु रहेको बताए । उनले भने, ‘भौतिक दूरी कायम गर्नुपर्छ । कतै हिँड्दा मास्कको समुचित प्रयोग गर्नुपर्छ । जोगिने उत्तम उपाय भनेकै आफू सजग रहनु हो ।’

तत्काल जारी गतिबिधी

लामो समयदेखि मिलेर जग्गा दलाली, कारोबार नमिल्दा मान्छे लगाएर साथीको हत्या

रामेछापको सोनापति गाउँपालिका ३ का चन्द्रबहादुर योञ्जनले रकम तिर्न आनाकानी गरेपछि उनको हत्या भएको पाइएको छ। भक्तपुरको चाँगुनारायण नगरपालिका ८ बस्दै आएका योञ्जनले आफूलाई रकम...

२५० किशोरकिशोरीद्वारा आफ्नो जीवनका भोगाइ कला सृजनामा व्यक्त गर्दै

अन्तराष्ट्रिय बालिका दिवसका अवसरमा प्लान इन्टरनेशनल नेपालले आर्ट इज पावर नामक कार्यक्रम आयोजना गरेको छ। किशोरकिशोरीहरुलाई आफ्ना समस्या र भावनालाई कलाको माध्यमबाट अभिव्यक्त गर्न सघाउने...

माधव नेपालको प्रश्नः सीको भ्रमणबाट नेपालले कति लाभ लिनसक्यो?

चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमण गरेको एक वर्ष पुरा भएको अवसरमा नेपाल–चाइना मिडिया फोरमले प्रकाशित गरेको पुस्तक ‘प्रेसिडेण्ट सी चिनफिङ्स नेपाल भिजिटः अ...

बलिउड अभिनेत्री सना खानले फिल्मी क्षेत्रलाई गरिन् ‘गुड बाई’

भारतीय अभिनेत्री सना खानले फिल्मी क्षेत्र छाड्ने घोषणा गरेकी छन्। उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक पोस्ट गर्दै आफू फिल्मी क्षेत्रबाट टाढा हुन लागेको जानकारी दिएकी...

राखेपको बोर्ड सदस्यमा ११ जना मनोनीत, को–को?

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्डका लागि ११ जना नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान हरि खड्का (प्रदेश १) सहित चन्द्रा...