जापानले बनायो बिश्वभरको कोरोना एकैपटक नष्ट गर्न सकिने ग्यास, विश्वभरबाट बधाई र शुभकामनाको ओइरो

     जापानले कोरोना भाइरसको प्रभावलाई निष्क्रिय बनाउन सकिने ग्यास पत्ता लगाएको बताएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार जापानले बिश्वभरको कोरोना एकैपटक नष्ट गर्न सकिने ग्यास पत्ता लगाएको दाबी गरेको छ । जापनको बैज्ञानिकहरुले ओजोन ग्यासको मद्दतबाट कोरोना भाईरस नष्ट हुने भनाई सार्वजनिक गरेको हो । जापानको अनुसन्धानकर्ताले यो ग्यासले कोरोना भाइरस नष्ट गर्ने दाबी गरेसँगै यसबाट अस्पताल पनि सुरक्षित राख्न सकिने बैज्ञानिकहरुको भनाइ रहेको छ । त्यस्तै अनुसन्धानकर्ता बैज्ञानिकहरुले भनेका छन्, ‘कम घनत्व भएको यो मात्राको ओजोन ग्यास मानिसका लागि सुरक्षित देखिएको छ ।’ जापानको फुजिता हेल्थ युनिभर्सिटीले अनुसन्धानकर्ताले कम घनत्व भएको ओजोन ग्यास बाट कोरोना नष्ट गर्न सक्ने कुरा प्रमाणित गरेको दाबि गरेकाे छन् ।

यस अघि रुसले साइडइफेक्ट नभएको कोरोना विरुद्ध ‘एपी–भ्याक’ नामक प्रभावकारी भ्याक्सिन बनाएको सार्वजनिक गरेको िथयाे । यसअघि नै कोरोनाविरुद्ध पहिलो भ्याक्सिन बनाएर बिश्वलाई खुसीको खबर दिएको रुसले तयार गरेको दोस्रो खोप थप प्रभावकारी, सुरक्षित र साइडइफेक्ट पनि नरहेको बताएको थियो ।
यो भ्याक्सिनको उत्पादन अक्टुबरदेखि नोभेम्बरसम्ममा हुन सक्ने रुसी अधिकारिहरुले बताएको छन् । त्यस्तै द्रोस्रो भ्याक्सिनको क्लिनिकल ट्रायल सेप्टेम्बरमा पूरा हुने पनि उनिहरुले बताएको छन् ।

भ्याक्सिन ५७ जना भोलिन्टिरयमाथि परीक्षण गरिएको र कसैमा पनि यसको दुष्प्रभाव नभएको र अहिलेसम्म कसैमा पनि नकारात्मक प्रभाव नभएको रुसी वैज्ञानिकहरूले बताएका थिए । भ्याक्सिनले १४ देखि २१ दिनको अन्तरालमा दुई इन्जेक्सन दिएपछि एउटा प्रतिरक्षा प्रतिक्रिया उत्पादन गर्नु रहेको पनि बैज्ञानिकहरुले बताएको छन् । यसअघि चीनले पनि खोप मानिसमा सफल परीक्षण गरिसकेको छ । अहिले चीनले कोरोनाको खोप उत्पादन गरिरहेको बताएका छ ।

त्यस्तै यसअघि बेलायतको अक्सफोर्ड विश्वविद्यालय र अमेरिकाले पनि कोरोना विरुद्धको खोप बनाएको दाबी गरेपनि मानिसहरुमा दिन भने सकेका छैनन् । अमेरिकाले भने कोरोना विरुद्धको ल डाइँमा सफलता प्राप्त हुन सकेको छैन ।

यस्तै भारतमा कोरोना भाइरस कोभिड-१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ६० हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ६० हजार ४७२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण एक हजार २३ जनाको मृत्यु भएको हो।

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा ७५ हजार ७६० नयाँ संक्रमित फेला परेका छन् । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३३ लाख १० हजार २३५ पुगेको छ । भारतमा अहिलेसम्म कोरोना भाइरसका २५ लाख २३ हजार ७७२ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् भने सात लाख २५ हजार ९९१ संक्रमित निको हुन बाँकी छन् ।

भारत संक्रमित संख्याको आधारमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित हुने तेस्रो मुलुक हो । सबैभन्दा बढी प्रभावित हुने मुलुकको शीर्ष स्थानमा अमेरिका छ भने दोस्रोमा ब्राजिल छ । मृत्यु हुनेको संख्याको आधारमा भने भारत चौथो स्थानमा छ । कोरोना भाइरसको कारण अमेरिकामा सबैभन्दा धेरैको मृत्यु भएको छ भने दोस्रो स्थानमा ब्राजिल छ । तेस्रोमा मेक्सिको छ ।

निषेधाज्ञाकाको समयमा होम डेलिभरी सेवा दिइरहेका ८० जना पक्राउ

निषेधाज्ञाकाको समयमा होम डेलिभरी सेवा दिइरहेका ८० जना पक्राउ परेका छन्। काठमाडौं प्रहरी परिसरले बिहीबार राजधानीका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो।

निषेधाज्ञा जारी भएसँगै सरकारले यी सेवा पनि बन्द गरेकाले उनीहरुलाई नियनत्रणमा लिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा सबैभन्दा धेरै फुडमाण्डुका छन्। फुडमाण्डुका मात्रै २९ मोटरसाइकलसहित २९ जना पक्राउ परेको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

यस्तै फुडल्याण्ड, दराज अनलाइन, अनलाइन केक, नयाँ डटकम, भोजविल, स्वादिष्ट फुड, भ्यालि कम्प्लेक्स, डल्ले रेष्टुरेन्ट, स्वादिष्ट होम डेलिभरी, सोचेको डटकम, राशन मार्ट केकमाण्डु, केकमाण्डु लगायतका कर्मचारी पक्राउ परेका छन्।

होम डेलिभरी सेवा दिइरहेका राजधानिका २५ वटा कम्पनीका ८० जना पक्राउ परेका हुन्। उनीहरुको साथबाट एउटा गाडी र ५९ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।

चीन र अमेरिकाबीचको सम्बन्ध निर्बाध रुपमा ओरालो

चीन र अमेरिकाबीचको सम्बन्ध निर्बाध रुपमा ओरालो लागिरहेको छ। यो निकै खतरनाक घटना हो।

अमेरिकी रक्षामन्त्री मार्क एस्परले यसैवर्ष चीन भ्रमण गर्ने चाहना व्यक्त गरेका छन्। यसले देखाउँछ– पेन्टागन चिन्तित छ।

यसै महिनाको सुरुवातमा चिनियाँ रक्षामन्त्री वेइ फेङहेले पनि एस्परसँग लामो कुराकानी गरे। यसले देखाउँछ– बेइजिङ पनि चिन्तित छ। दुवै मन्त्रीले एकअर्कासँग सम्पर्क कायम गरिराख्ने र बढ्दो जोखिमलाई घटाउन पहल गर्ने सहमति गरेका छन्।

तर, सबैभन्दा महत्वपूर्ण प्रश्न हो– जोखिम कसरी घटाउने?

तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रिगनको सोभियत संघसम्बन्धी एउटा अभिव्यक्ति चर्चित थियो– ‘विश्वास गर तर प्रमाणीकरण पनि गर।’ जुलाईमा अमेरिकी विदेशमन्त्री माइक पम्पियोले यो भनाइलाई उल्ट्याएर चीनबारे भने– ‘अविश्वास गर तर प्रमाणीकरण पनि गर।’

वासिङ्टनलाई ठूलो शंका छ– उदाउँदो चीन अमेरिकालाई बलपूर्वक इन्डो–प्यासिफिक क्षेत्रबाट बाहिर लखेट्न चाहन्छ।

अर्कोतिर, बेइजिङ विश्वास गर्छ– आफ्नो विश्वव्यापी प्रभुत्व कायम नरहला कि भनेर चिन्तित अमेरिकाले दक्षिण चीनसागरमा तटस्थता पूरै त्यागिसक्यो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आर्थिक मन्दी र महामारीबाट अत्यन्त पीडित छन्। त्यसमाथि आगामी नोभेम्बरमा राष्ट्रपतीय निर्वाचन जित्न उनी अत्यन्तै अधीर भएका छन्। त्यसैले चीनसँग द्वन्द्व निम्त्याउनु विपक्षी जो बाइडेनलाई पराजित गर्ने ट्रम्पको अन्तिम रणनीति बनेको छ।

यहाँनेर भयंकर गल्ती हुने जोखिम उच्च छ। दुई मुलुकले एकअर्काप्रति औँला सोझ्याउनु एउटा कुरा हो। तर, दक्षिण चीन सागरमा दुई नौसेनाका जहाज टक्कराउनु अर्कै कुरा हो। यसले प्रत्यक्ष द्वन्द्व सिर्जना गर्छ।

सन् २०१९ मा अमेरिकी नौसेनाले दक्षिण चीन सागरमा परिवहन स्वतन्त्रता भन्दै हालसम्मकै धेरै अभ्यास गर्‍यो। यो वर्ष त्यो संख्या अझै बढाउने प्रतिबद्धता एस्परले जनाएका छन्।

जब अमेरिकी जहाज चिनियाँ नियन्त्रण रहेको टापुनजिक आइपुग्छ, तब चिनियाँ नौसेनाको जहाजले त्यसको पिछा गर्छ र पछि हट्न चेतावनी दिन्छ। अहिलेसम्म यही चलिरहेको छ।

यस्तो जम्काभेटका बेला सुरक्षित दूरी कायम राख्ने बाचा दुवै पक्षले गरेका छन्। तर, त्यो सुरक्षित दूरी कति हुन्छ, निश्चित छैन।

बिनाकुनै दुर्घटना यही ढाँचा कायम राखिरहने हो भने दुवै पक्षले आफ्नो इज्जत जोगाउन सक्छन्। सो क्षेत्रमा चीनको ‘सैनिकीकरण’ लाई चुनौती दिँदै परिवहनको स्वतन्त्रता कायम राखेको दाबी अमेरिकाले गर्न सक्छ। अर्कोतिर चीनले पनि घुसपैठ गर्नेहरुलाई आफ्नो समुद्रबाट लखेटेको दाबी गर्न सक्छ।

तर, यसले दुर्घटनाको सम्भावनालाई बेवास्ता गर्छ। सन् २००१ मा चिनियाँ लडाकु विमान र अमेरिकी गुप्तचर विमानबीच टक्कर हुँदा एक चिनियाँ पाइलटको ज्यान गएको थियो। सन् २०१८ मा अमेरिकी नौसेनाको युद्धपोत यूएसए डिकेटर र चिनियाँ युद्धपोत लान्झाउ मात्र ४१ मिटरको दूरीले ठोक्किनबाट जोगिएका थिए।

अमेरिका ठान्छ– दक्षिण चीन सागरमा चीनले कृत्रिम टापु खडा गरेर त्यसमाथि दाबी गरिरहेको छ। त्यसैले हामी वैधानिक रुपमै ती टापुको ५ सय मिटर नजिकसम्म जान पाउनुपर्छ।

तर, चीन ठान्छ– ती टापु चिनियाँ प्राकृतिक भूमि हुन्, जसलाई उसले अलिकति विस्तार गरेको हो। ती टापुका धेरै पुराना नाम छन्, जसले पुष्टि गर्छ, ती कृत्रिम होइनन्।

चीनको कानुनअनुसार आफ्नो समुद्रमा विदेशी सैन्य जहाज प्रवेशका लागि सरकारको अनुमति चाहिन्छ।

त्यसमाथि चीन र अमेरिका अन्तर्राष्ट्रिय कानुनको एउटै धारालाई उल्लेख गरेर लडाइँमा होमिन सक्छन्। संयुक्त राष्ट्रसंघको समुद्री कानुनको धारा ५८ लाई उधृत गर्दै अमेरिका दक्षिण चीन सागरमा परिवहनको स्वतन्त्रता र उडानलाई उचित ठहर्‍याउने गर्छ।

त्यही धारालाई बेइजिङले पनि उधृत गर्न सक्छ। जसमा भनिएको छ– ‘राज्यहरुले तटवर्ती राष्ट्रको अधिकार र कर्तव्यका सम्मान गर्नुपर्ने छ।’

हो, दुवै देश द्वन्द्व चाहँदैनन्। तर, दुवै थाहै नपाई द्वन्द्वमा होमिन सक्छन्। यस्तो जोखिमलाई कसरी कम गर्ने त?

शीतयुद्धको समयमा अमेरिका र सोभियत संघले प्रत्यक्ष द्वन्द्वलाई टार्न एकअर्काविरुद्ध प्रोक्सी युद्धमा प्रतिस्पर्धा गरे। तर, अहिले त्यस्तै प्रतिस्पर्धा उत्पन्न भए पनि अमेरिकाका एसियाली मित्रहरु उसको पक्षबाट चीनसँग लड्ने छैनन्। किनभने चीन आणविक शक्ति त हो नै, ती मुलुकका सबैभन्दा ठूलो व्यापारिक साझेदार पनि हो।

यदि अमेरिकी जहाज र विमानले दक्षिण चीन सागरमा सघन निगरानी कायम राख्ने हो भने झडपको सम्भावना सधैँ कायम रहन्छ।

वासिङ्टनसँग लड्ने बेइजिङको कुनै योजना छैन। बेइजिङको दृष्टिमा अमेरिका चाहिँ निहुँ खोज्दै चीनको नजिक आएको छ।

चीनको सैन्य संख्या विशाल छ। यसले अन्ततः अमेरिकालाई पुनर्विचार गर्न बाध्य तुल्याउन सक्छ। कम्तीमा चिनियाँ सेनालाई भूगोलको सुविधा छ। युद्धपोत र पण्डुब्बी जहाजको संख्या पनि अमेरिकी नौसेनासँग भन्दा चिनियाँ नौसेनासँग बढी छ। यद्यपि अमेरिकी जहाजसँग बढी हतियार छ।

अमेरिकी इन्डो–प्यासिफिक कमान्डका कमान्डर एड्मिरल फिलिप डेभिड्सनले पनि स्वीकारेका छन्– चीनसँगको द्वन्द्व अमेरिकाले जित्ने कुनै ग्यारेन्टी छैन।

चिनियाँ विदेशमन्त्री वाङ यीले अमेरिकाले ‘आवेगपूर्ण कदम’ चालेपनि बेइजिङ सधैँ ‘शान्त’ रहने बताएका छन्।

तर, चीनप्रति आक्रामक धारणा राख्ने पम्पिओजस्ता नेताहरुले अनेक तरिकाले चीनसँगको अमेरिकी प्रतिस्पर्धालाई कम गर्न दिएका छैनन्।

त्यसैले यो प्रश्न स्वभाविक छः यो वर्ष रक्षामन्त्री एस्परको चीन भ्रमणले के फरक पार्छ?

तथापि, सम्पर्क र जोखिम न्यूनीकरणका दृष्टिले यो भ्रमण आफैँमा महत्वपूर्ण कदम हो। एकअर्कासँग बोली बार्नुभन्दा आआफ्नै अडान दोहोर्‍याउनु पनि धेरै सकारात्मक कुरा हो।

(फाइनान्सियल टाइम्सबाट। लेखक बेइजिङको सिङहुवा युनिभर्सिटीस्थित सेन्टर फर इन्टरनेसनल सेक्युरिटी एन स्ट्राटेजीका अध्येता हुन्)

एथ्लेटिक्सका कीर्तिमानधारी खेलाडी चन्द्रकला लामगादेमाथि भएको जातीय विभेदसहितको कुटपिटमा राष्ट्रिय खेलकुद् परिषद् (राखेप)ले आपत्ति

काठमाडौँ । एथ्लेटिक्सका कीर्तिमानधारी खेलाडी चन्द्रकला लामगादेमाथि भएको जातीय विभेदसहितको कुटपिटमा राष्ट्रिय खेलकुद् परिषद् (राखेप)ले आपत्ति जनाएको छ । राखेपका उपाध्यक्ष शिव कोइरालाले आज विज्ञप्ति जारी गर्दै राष्ट्रिय कीर्तिमानी खेलाडीमाथि दलित भएका आधारमा निर्घात कुटपिट घटनाका दोषीमाथि प्रचलित कानूूनबमोजिम हदैसम्मको कारवाही गर्न राज्यका सम्बद्ध निकायको ध्यानाकर्षण गराएका छन् ।

राखेप उपाध्यक्ष कोइरालाले पीडित खेलाडीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आवश्यक सहयोग राखेपबाट गरिने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । यही भदौ ८ गते राति झापाको मेचीनगर नगरपालिका–१३ चारआलीमा दलित युवकलाई कुटपिटबाट जोगाउने क्रममा स्थानीयवासी दुर्गा श्रेष्ठ र उनकी श्रीमती विष्णुले जातीय विभेदयुक्त गालीगलोज गर्दै चन्द्रकला र उनका श्रीमान् सुमन खातीमाथि आक्रमण गरेका थिउ ।

लामगादेले आठौँ राष्ट्रिय खेलकूूद प्रतियोगितामा दुई स्वर्णपदक जितेका थिए । उनी नेपाल पुलिस एकेडेमीका खेलाडी हुन् । उनको अहिले झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

नेपाल आइडलको पहिलो र दोश्रो संस्करण फाइनल प्रतिष्पर्धाकालागि अब किरणकुमार भुजेल, सज्जा चौंलागाई र प्रविण बेड्वाल प्रतिष्पर्धामा

   कोरोना महामारीका बीच ‘नेपाल आइडल’को तेश्रो संस्करणको फाइनल चरण यही साता पूरा हुने भएको छ । एपी वान एचडीबाट प्रसारण हुँदै आएको नेपाल आइडलको पहिलो र दोश्रो संस्करण सफल भइसकेका छन् भने यही साता तेश्रो संस्करणले पनि विजेता पाउनेछ ।

फाइनल प्रतिष्पर्धाकालागि अब किरणकुमार भुजेल, सज्जा चौंलागाई र प्रविण बेड्वाल प्रतिष्पर्धामा छन् । आगामी शुक्रबार आइडलको विजेता घोषणा हुदैछ । अब को बन्ला त तेश्रो संस्करणको नेपाल आइडल रु यतिवेला यो विषयले सामाजिक सञ्जालमा निकै चर्चा पाएको मात्रै छैन, संगीतप्रेमीहरुबीच भोटिङको प्रतिष्पर्धा पनि भइरहेको छ ।

आइडलको अघिल्लो राउण्डमा सर्वाधिक भोट पाएका थिए महोत्तरीका किरण कुमार भुजेलले । गाउँबाट गायक बन्ने सपना लिएर दशकअघि काठमाडौं छिरेका उनको संघर्षको कथा हामीले खोतल्ने प्रयास गरेका छौं ।

०६५ सालमा विद्यालय तहको पढाई पूरा गरेपछि काठमाडौं छिरेका थिए ऊनी । धेरै सपनामध्ये मुल सपना थियो गायक बन्ने । तर, सपना पूरा गर्ने आधार केही थिएनँ । सामान्य परिवारमा जन्मिएका उनी अभावसँग जुध्दै हुर्किए, राजधानी काठमाडौंको यात्रापनि उसैगरि सुरु भयो । उनी भन्छन्, ‘सुरुमा काठमाडौं आउँदा तीन हजार रुपैयाँ बोकेर आएको थिएँ, ललितकला क्याम्पसमा संगीत विषय लिएर पढाई सुरु गरेँ, अनि सुरु भयो संघर्ष ।’

उनको संघर्षका अनेक पाटा छन्, कहिले गाडी भाडा तिर्ने पैसा हुन्थेनँ, त कहिले कोठा भाडा । अभावसँग जुधेर बाँच्ने बानी बसेपछि कति समय त उनी खाली पेट पनि गायक बन्ने सपनाको पछि दौडिएका छन् । उनको सौभाग्य भनौँ, उनले सुरु देखि नै शास्त्रीय संगीत सिक्ने मौका भने पाए । पढाईसँगै उनले संगीतकार शिवराज पौडेलसँग शास्त्रीय संगीत सिक्थे ।

‘काठमाडौंमा विधार्थी जीवन, एक सामान्य परिवारको अभाव र आफ्नो सपनाको सार्थकताको बीचमा उभिँदा कति सम्म संघर्ष र त्याग गर्नुपर्छ भन्ने कुरा बुझेको छु, भोगेको छु,’ उनी भन्छन् । जिल्लामा हुँदा गीत गाएरै जिल्लाभरि चर्चा कमाएका किरण काठमाडौंमा पनि उसैगरि फैलिए । संगीत सिक्दै पढ्दै उनले गजलबार र रेष्टुरेण्टमा मात्रै गाएनन्, अरु दर्जनौँ कार्यक्रमहरुमा पुगे । निजी स्कुलहरुमा संगीत सिकाउन थाले ।

‘आइडलमा आउनु अघि पनि निक्कै गीत गाएको छु । तर ती गीतहरुले ठूलो सफलता मिलेको छैन,’ उनी भन्छन्, ‘आफुलाई प्रमाणित गर्न संगीतकारकोमा धाएँ, खोजी प्रतिभाको नामक टिभी शो, नेपाल आइडलको पहिलो सिजनमा प्रतिष्पर्धा, भारतीय गायन प्रतियोगिताको सारेगमपा नामक शो मा नेपालबाट छनौट भएर भारतसम्म गएँ ।’

उनलाई यो संघर्षको यात्रामा थुप्रै बाधाहरु आए । तर, त्यसमध्ये मुख्य थियो आर्थिक अभाव र अभावको जीन्दगी । भन्छन्, ‘घरि घरि त यो सबै छाडेर विदेश जाऊँ र पैसा कमाऊ जस्तो पनि लाग्छ, फेरि केही साथीहरुको मायाले रोक्ने गर्छ ।’ उनले साथीहरु प्रेम घिमिरे र दिनेश न्यौपानेको नाम लिए ।

जीवनको वास्तविक दुःख र संघर्ष बुझेका किरण अहिले ‘नेपाल आइडल’ को विजेता बन्ने बाटोमा छन् । र उपाधि नजिक पनि छन् । र आग्रह गरिरहेका छन् आफ्नो सांगीगिक जीवनको एउटा खुड्किलो बनिदिनकालागि ।

आइडलको अन्तिम प्रतिष्पर्धामा दर्शकको भोट सबैभन्दा महत्वपूणर् छ । उनले आफुलाई भोट गरेर नेपाल आइडल बनाउन सबै दर्शकलाई आग्रह गरेका छन् ।

नेपाल आइडलमा पनि टप सेभेनबाट कम भोट प्राप्त हुँदा बाहिरिएका उनी वाइल कार्ड इन्ट्रीबाट पुनः प्रवेश भएका हुन् । अभाव, संघर्ष र दृढ संकल्प सहितको सपनाको बिचबाट आफुलाई सम्हाल्दै , मिहिनत र प्रयासपछि अहिले किरण नेपाल आइडल सिजन(३ को फाइनल चरणमा छन् । उनको प्रस्तुतीहरु दर्शकमाझ लोकप्रिय बनेका छन् । नेपाल आइडल सिजन ३ ले आफ्नो सांगीतिक यात्रामा सुनौलो प्लेटफर्म दिएको उनी ठान्छन् ।

फाइनल बिजेताको लागि शुक्रबार साँझ ५ बजेसम्म भोटिङ खुलिसकेकोले आफुलाई मन पराएर भोट गर्ने महानुभावहरुप्रति धन्यबाद तथा आभारी हुँदै पुनः अघिल्लो चरणमा जस्तै अत्याधिक भोट गर्नका लागि पनि उनले अनुरोध गरेका छन् ।
पहिलो नेपाल आइडलको विजेता पोखराका बुद्ध लामा भएका थिए भने दोस्रो नेपाल आइडल रवि ओड भएका थिए । बुद्ध पहिलो नेपाल आइडल बन्दा निशान भट्टराई र प्रताप दास दोश्रो र तेश्रो बन्न सफल भएका थिए ।

नेपाल आइडलमा प्रथम, दोश्रो र तेश्रो स्थान प्रप्त गर्न सफलले देश विदेशका विभिन्न मञ्चमा प्रस्तुति दिँदै ख्याति कमाएका छन्

चिनियाँ व्यावसायिक घरानाको प्रमुखले आफ्ना कर्मचारीलाई कोभिड १९ को खोप नोभेम्बरसम्म बजारमा आइसक्ने सम्भावना

काठमाडाैं । यो महिनाको सुरुतिर एउटा चिरपरिचित चिनियाँ व्यावसायिक घरानाको प्रमुखले आफ्ना कर्मचारीलाई कोभिड १९ को खोप नोभेम्बरसम्म बजारमा आइसक्ने सम्भावना रहेको बताएका थिए।

स्वास्थ्यसेवामा पनि लगानी भएको उक्त घरानाका प्रमुखले यसलाई आर्थिक सुधारको अवसरका रूपमा हेरेको बताउँदै आफ्नो कम्पनीको व्यापार धेरै हुनसक्ने अपेक्षा व्यक्त गरेका थिए।

त्यसको केही सातापछि चिनियाँ सरकारले खोपमा भइरहेको प्रगतिबारे जानकारी दियो।

कोरोनाभाइरस महामारी चीनमा सुरु भएर विश्वभरि फैलिएको हो। अहिले चीनले आफ्नो सबै शक्ति लगाएर कोरोनाभाइरसविरुद्ध प्रभावकारी खोप विकास गर्ने प्रतिस्पर्धा जित्ने प्रयासमा छ।

विकासको क्रममा रहेको एउटा खोपको तस्बिर गत साता सरकारी सञ्चारमाध्यममा छापियो। तस्बिरमा प्रयोगशालामा एउटी महिलाले खुसी हुँदै एउटा सानो बाकस समातेकी छन्।

सिनोफार्मले डिसेम्बरसम्ममा खोप बजारमा ल्याउने आशा गरेर यसको मूल्य १४० डलर (झन्डै १५,००० रुपैयाँ) तोकेको छ।

औपचारिक र गोप्य परीक्षण

खोप निर्माण गर्न चीन दृढ देखिन्छ।विश्वभरि अन्तिम चरणका परीक्षणमा रहेका छमध्ये आधा खोप चिनियाँ हुन्। विश्वव्यापी परीक्षण खोप विकासको अनिवार्य सर्त हो।तर रमाइलो के छ भने चीन आफ्नै देशमा आवश्यकताअनुसार खोप परीक्षण गर्ने अवस्थामा छैन किनभने कोरोनाभाइरसलाई त्यहाँ सफलतापूर्वक नियन्त्रण गरिएको छ।‘सबै खोप निर्माताहरू हजारौँ व्यक्तिमाथि गरिने तेस्रो चरणको परीक्षणका लागि कोरोनाभाइरस सङ्क्रमण उच्च भएका स्थान खोजिरहेका छन्,’ हङ्‍कङ यूनिभर्सिटी पब्लिक स्कूल अफ हेल्थका प्राध्यापक बेन काउलिङले बताए।

उनी चिनियाँसहित अहिले विकास भइरहेका खोपप्रति सकारात्मक छन्।

‘मलाई लाग्छ अहिले तेस्रो चरणमा परीक्षण भइरहेका खोपहरू प्रभावकारी हुने धेरै राम्रो सम्भावना छ।’ रुस र अमेरिकी राष्ट्रपति कार्यालयका केही व्यक्तिले चाहे जस्तो चीन पनि एक कदम अगाडि बढेको छ।

चीनका एक वरिष्ठ स्वास्थ्य अधिकारीले गत साता गएको महिनादेखि चीनका प्रमुख सरकारी कर्मचारीहरू माथि खोपको गोप्य परीक्षण गरिएको बताएका छन्।

न्याश्नल हेल्थ कमिशनका जेङ जोङ्वेईले सरकारी टीभीमा आफूहरूले आपत्‍कालीन अधिकार प्रयोग गरेर सीमावर्ती क्षेत्रहरूमा विकासक्रममै रहेका खोप दिएको बताएका छन्।

‘डिसेम्बरसम्ममा बजारमा केही खोपहरू आउन सक्छन्। तर आवश्यक पर्ने ठूलो मात्रामा उपलब्ध हुन्छन् कि हुँदैनन् भन्ने मलाई थाहा छैन,’ प्राध्यापक काउलिङले भने।

उनको विचारका सन् २०२१ को ग्रीष्मतिर सबै नागरिकलाई कोभिड(१९ को खोप दिन सकिन्छ।

चीनले अहिले यूएई, पेरु र आर्जेन्टिनामा हजारौँ व्यक्तिमा आधिकारिक रूपमा खोपको परीक्षण गरिरहेको छ।त्यो सरकार र औषधि कारखानाहरू बीचको विश्वव्यापी सहकार्यको अङ्ग रहेको छ।

खोप कूटनीतिरु

चीनले खोप विकास गरेमा के गर्छ भन्ने कुरा स्पष्ट छैन।

चीनको कोरोनाभाइरस नियन्त्रयणसम्बन्धी प्रतिवेदनमा कोभिड १९ को खोप चीनमा विकास र प्रयोग गरेपछि विश्वव्यापी जनस्वास्थ्य उत्पादनको रूपमा प्रयोग गरिने उल्लेख छ।

चीनले अफ्रिका र छिमेकी राष्ट्रहरूलाई चीनबाहिर खोप पठाउँदा ती देशहरूले पहिले पाउने सङ्केत दिएको छ।
तर केहीले चीनले खोपबाट कूटनीतिक फाइदा लिन खोज्ने देख्छन्।

एक वरिष्ठ युरोपेली कूटनीतिज्ञले सर्बिया र इटलीमा चीनले स्वास्थ्यसामग्री पठाएको सम्झिँदै चीनले आफ्नो प्रचारका लागि खोपको प्रयोग गर्न सक्ने बताए।

खोप निर्माण गरेपछि प्राप्त हुने प्रभावकारी स्थानबाट फाइदा लिन चीनले रणनीतिक योजना बनाउने ती कूटनीतिज्ञ बताउँछन्।

‘उनीहरूले खोपको अनुसन्धानमा ठूलो लगानी गरेका छन्,’ प्राध्यापक काउलिङ भन्छन्, ‘अनि त्यसको परिणाम पनि अहिले देखिदैँछ।’ 

वीवीसीबाट

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बिहीबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप ३७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडौँमा २७०, ललितपुर ६६ र भक्तपुरमा ४१ जनामा संक्रमण पुष्टि भएको हो।

डिशहोमको कमेडी प्लस च्यानलमा नयाँ टेलिसिरियल अड्डा ल्याउँदै किशोर भण्डारी

विगत लामो समय नेपाली टेलि–सिरियलमा आफ्नो कलाकारिता र लेखन तथा निर्देशन गर्दै आएका किशोर भण्डारीले डिशहोमको कमेडी प्लस च्यानलमा नयाँ टेलिसिरियल अड्डा ल्याउने भएका छन्।

सामाजिक कथावस्तु बोकेको अड्डामा अड्डा पुग्ने नागरिकले भोगेका झन्झट, कर्मचारीको व्यवहारलगायतका विषयवस्तुको रोचक प्रस्तुति हुने भण्डारीको भनाइ छ।

अड्डामा किशोर भण्डारी ‘डिट्ठा साब’ रेश्मा तिमल्सिना ‘बुनुमैचा’ कृष्णभक्त महर्जन राम प्र श्रेष्ठ, लीला केसी पुष्प अवस्थी, समीर मिया, सुमा लामिछाने, कृष भण्डारी, शुभेच्छा पाण्डेय र सञ्जय लामालगायतका कलाकारहरुले अभिनय गरेका छन्।

कथा, लेखन, निर्देशन किशोर भण्डारीको, छायांकन प्रवेश पोखरेलको, सम्पादन दुर्लभ श्रेष्ठको तथा संगीत वसन्त सापकोटाको रहेको छ।

हरेक शृंखला नयाँ कथा र नयाँ कलाकारका साथमा एउटा नौलो प्रस्तुति हुने बताइएको छ।

युरोपा लिगमा सेभिया र इन्टर भिड्दै

यूईएफए युरोपा लिग फुटबलको उपाधिका लागि शुक्रबार राति सेभिया र इन्टर मिलान भिड्दै छन्। फाइनल खेल राति १२ः४५ मा सुरु हुनेछ।

सेभियाका विंगर लुकास ओकाम्पस र इन्टरका फरवार्ड एलेक्सिस सान्चेस दुवै चोट बोकेका कारण आजको खेलमा मैदान उत्रिने सम्भावना कम छ।

युरोपियन प्रतियोगितामा सेभिया र इन्टर पहिलोपटक आमनेसामने हुनलागेका हुन्। इन्टरले पाँच पटकको उपाधि विजेता सेभियासँग भिड्न लागेको हो।

इन्टर १९९९ पछि फाइनल पुगेको हो। इन्टरले ९ वर्षयता कुनै उपाधि जित्नसकेको छैन। सन् २०१६ मा उपाधि उचालेको सेभियाले यो सिजन उत्कृष्ट प्रदर्शन गरिरहेको छ।

किमकी बहिनी बनिन् देशकै ‘दोस्रो शक्तिशाली’ नेतृ

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले आफ्नी बहिनी किम यो जोङलाई शक्तिशाली बनाएका छन्।

किमले आफ्नो काम र तनावको बोझ घटाउन बहिनीलाई अनेकौँ महत्वपूर्ण जिम्मेवारी सुम्पेको दक्षिण कोरियाली गुप्तचर एजेन्सीले जनाएको छ।

किम यो जोङ अहिले ‘राज्यको समग्र मामिला सञ्चालन गरिरहेको’ दक्षिण कोरियाको नेसनल इन्टेलिजेन्स सर्भिसको दाबी छ।

उनी अहिले उत्तर कोरियाको दोस्रो नम्बरको शक्तिशाली नेतृ बनेको सो एजेन्सीले बताएको छ। त्यस्तै दक्षिण कोरिया र अमेरिकासम्बन्धी नीति निर्माणमा पनि उनी नै निर्णायक हुने बताइएको छ।

यद्यपि सो एजेन्सीले यसअघि उत्तर कोरियासम्बन्धी गरेका केही दाबी गलत साबित भएका छन्। एजेन्सी

तत्काल जारी गतिबिधी

लामो समयदेखि मिलेर जग्गा दलाली, कारोबार नमिल्दा मान्छे लगाएर साथीको हत्या

रामेछापको सोनापति गाउँपालिका ३ का चन्द्रबहादुर योञ्जनले रकम तिर्न आनाकानी गरेपछि उनको हत्या भएको पाइएको छ। भक्तपुरको चाँगुनारायण नगरपालिका ८ बस्दै आएका योञ्जनले आफूलाई रकम...

२५० किशोरकिशोरीद्वारा आफ्नो जीवनका भोगाइ कला सृजनामा व्यक्त गर्दै

अन्तराष्ट्रिय बालिका दिवसका अवसरमा प्लान इन्टरनेशनल नेपालले आर्ट इज पावर नामक कार्यक्रम आयोजना गरेको छ। किशोरकिशोरीहरुलाई आफ्ना समस्या र भावनालाई कलाको माध्यमबाट अभिव्यक्त गर्न सघाउने...

माधव नेपालको प्रश्नः सीको भ्रमणबाट नेपालले कति लाभ लिनसक्यो?

चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमण गरेको एक वर्ष पुरा भएको अवसरमा नेपाल–चाइना मिडिया फोरमले प्रकाशित गरेको पुस्तक ‘प्रेसिडेण्ट सी चिनफिङ्स नेपाल भिजिटः अ...

बलिउड अभिनेत्री सना खानले फिल्मी क्षेत्रलाई गरिन् ‘गुड बाई’

भारतीय अभिनेत्री सना खानले फिल्मी क्षेत्र छाड्ने घोषणा गरेकी छन्। उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक पोस्ट गर्दै आफू फिल्मी क्षेत्रबाट टाढा हुन लागेको जानकारी दिएकी...

राखेपको बोर्ड सदस्यमा ११ जना मनोनीत, को–को?

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्डका लागि ११ जना नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान हरि खड्का (प्रदेश १) सहित चन्द्रा...