फिल्म ‘लक्ष्मी पूजा’को गीत ‘जिन्दगी’ सार्वजनिक

यही दशैँमा रिलिज हुने फिल्म ‘लक्ष्मी पूजा’को स्याड भर्सनको गीत ‘जिन्दगी’ सार्वजनिक भएको छ।

माण्डवी त्रिपाठीको स्वर रहेको गीतमा दयाराम पाण्डेको शब्द तथा विपिन आचार्यको संगीत र एरेन्ज छ। गीतमा अस्मिता जुरेली, जयकिशन बस्नेत, नीर शाहलगायत फिचर्ड छन्।

सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण भइरहेको फिल्ममा समिर मियाँको निर्देशन तथा शोभित बस्नेतको निर्माण छ। फिल्ममा जयकिशन बस्नेत, जाहान्वी बस्नेत, अस्मिता जुुरेली, नीर शाहको अभिनय रहेको छ। फिल्ममा सलोन बस्नेत र रियाशा दाहाल विशेष भूमिकामा देखिँदैछन्।

निर्माता शोभितका अनुसार जाहान्वीको शीर्ष भूमिका रहने फिल्ममा उनी दोहोरो भूमिकामा देखिँदैछि।

उनले पारिवारिक प्रेमकथा रहने फिल्ममा दशैं र तिहारको परिवेश देखाइनेछ। फिल्ममा विपिन आचार्यको संगीत, दयाराम पाण्डेको गीत, केदार भुषालको लेखक, रामजी लामिछानेको कोरियोग्राफी र जयकुमार दर्लामीको छायांकन रहेको छ।

अमेरिकी राष्ट्रपतीय बहसमा भिडे दुई उम्मेदवार, बाइडेनले जोकर भन्दा ट्रम्पले चीनको आलोचना गरे

अमेरिकामा आगामी नोभेम्बरमा हुने तय भएको राष्ट्रपतीय निर्वाचन अगाडि बुधबार पहिलो प्रत्यक्ष बहसको आयोजना गरिएको थियो।

ओहियो राज्यको क्लिभल्याण्ड शहरमा आयोजित बहसमा पहिलोपटक रिपब्लिकन पार्टीका उम्मेदवार राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिकका उम्मेदवार पूर्व उपराष्ट्रपति जो बाइडेनबीच आरोप र प्रत्यारोप भएको थियो।

९० मिनेटमा दुई नेताले स्वास्थ, न्याय, नश्लिय भेदभाव, अर्थव्यवस्था जस्ता अलग–अलग विषयमा अभिव्यक्ति दिँदै एक अर्काको कडा रुपमा आलोचना गरेका थिए।

आफ्ना भनाइ राख्ने क्रममा बाइडेनले एकपटक ट्रम्पलाई जोकर समेत भनेका थिए। बाइडेनले बोलिरहँदा ट्रम्पले अवरोध गरेपछि बाइडेनले ट्रम्पलाई जोकर भनेको र चुप लाग्न भनेको बीबीसीले जनाएको छ।कोरोना भाइरसको विषयमा सोधिएको प्रश्नमा ट्रम्पले यदी बाइडेन सरकारमा भएको भए उनको कार्यकालमा धेरै मानिसले कोरोनाका कारण ज्यान गुमाउने दाबी गरेका थिए। उत्तरमा बाइडेनले कोरोना नियन्त्रण गर्ने कुनै योजना नभएका राष्ट्रपति ट्रम्प रहेको बताएका थिए।

ट्रम्पले कोरोना भाइरसकै सन्दर्भमा चीनको आलोचना समेत गरेका थिए। ट्रम्पले कोरोनालाई ‘चिनियाँ भाइरस’ भन्दै उक्त भाइरस विश्वभर फैलनुमा चीन जिम्मेवार रहेको बताए। ट्रम्पले यस विषयमा चीन बारम्बार जवाफदेही हुनुपर्ने बताउँदै आएका छन्।

त्यहाँ कोरोना प्रकोपका बेला अपनाइने व्यक्ति–व्यक्तिबीचको दुरीको सन्दर्भ समेत उठेको थियो। त्यसमा ट्रम्पले बाइडेन २ सय फिट टाढा बस्दा पनि मास्क लगाएर बस्ने बताएका थिए।

सो क्रममा ट्रम्पलाई कार्यक्रम संचालक क्रिस वेलेसले चुनावी र्यालीमा किन धेरै भिड गर्नु भएको भनेर प्रश्न गरेका थिए। उत्तरमा ट्रम्पले भनेका थिए,‘यदी बाइडेनले मैले जति भिड जम्मा गर्नसक्ने भए उसले पनि त्यसै गर्थे।’

प्रत्यक्ष बहसमा ट्रम्पले कर छली गरेको विषय पनि उठेको थियो। न्युयोर्क टाइम्समा ट्रम्पले सन् २०१६–२०१७ मा मात्र ७५० डलर कर तिरेको दाबी गरिएको थियो। उत्तरमा ट्रम्पले आफूले त्यसवर्ष ३८ मिलियन कर तिरेको र अर्को वर्ष २७ मिलियन डलर कर तिरेको बताएका थिए।

ट्रम्पले सो क्रममा आफ्नो कार्यकालमा नभएर ओबामा–बाइडेनको कार्यकालमा नश्लीय हिंसा बढी भएको दाबी गरेका थिए।

बाइडेनले भने ट्रम्प झुठा व्यक्ति भएको विषय सबैलाई थाहा भएको बताएका थिए। एजेन्सी

काठमाडौँ उपत्यकामा थप ९०२ कोरोना संक्रमित थपिए

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।

स्पेनिस ला लिगा : बेटिसलाई हराउँदै गेटाफे उक्लियाे शीर्ष स्थानमा

रियल बेटिसलाइ परािजत गर्दै गेटाफे स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ।

लिगमा अपराजित रहेको गेटाफले रियल बेटिसमाथि ३–० को सहज जित दर्ता गर्दै शीर्ष स्थानमा उक्लिएकाे हाे।

जितसँगै गेटाफे ३ खेलबाट ७ अंक जोडेको छ। ४ खेलबाट समान ७ अंक रहेपनि भ्यालेन्सिया गोलअन्तरमा दोस्रो स्थानमा छ। ६ अंक जोडेको बेटिस तेस्रो स्थानमा छ।

घरेलु मैदान कोलिसियुम अलफन्सो पेरेज स्टेडियममा गएराति भएको खेलमा गेटाफेको जितमा एन्जल रोड्रिग्वेजले दुई तथा मार्क कुकुरेल्लाले एक गोल गरे।

खेलको १३औं मिनेटमा एन्जल रोड्रिग्वेजले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। ३९औं मिनेटमा मार्क कुकुरेल्लाले अग्रता दोब्बर पारे। खेलको ४२औं मिनेटमा एन्जल रोड्रिग्वेजले गोल गरेपछि गेटाफेले पहिलो हाफमै ३–० को अग्रता लिन सफल भएको थियो।

गएराति नै भएको खेलमा भ्यालेन्सियाले रियल सोसिडाडलाइ १–० ले पराजित गरेकाे छ।

विवादित गिलगित–बल्तिस्तानमा चुनाव नगराउन पाकिस्तानलाई भारतको चेतावनी

पाकिस्तानले विवादित गिलगित–बल्तिस्तान क्षेत्रमा चुनाव गराउने भएपछि भारतले पाकिस्तानी कार्यको कडा विरोध गरेको छ।

भारतको विदेशमन्त्रालयले मंगलबार एक विज्ञप्ती जारी गर्दै पाकिस्तानलाई उक्त क्षेत्रमा चुनाव नगराउन चेतावनी दिएको छ।

पाकिस्तानले सो क्षेत्रलाई गैरकानुनी हिसाबले कब्जामा लिएको भारतले आरोप लगाएको छ।

विदेशमन्त्रालयको विज्ञप्तीमा भनिएको छ,‘यसवर्ष १९ नोभेम्बरमा गिलगित–बल्तिस्तानमा विधान सभा चुनाव गराउने खबर हामीले प्राप्त गरेका छौं। हामी पाकिस्तान सरकारको यस घोषणाको विरोध गर्दछौं।’

‘केन्द्र शासित प्रदेश जम्मु–कस्मिर र लद्दाख साथै गिलगित–बल्तिस्तानका इलाका सन् १९४७ को सम्झौताअनुसार भारतको अभिन्न अंग हो। हामी यस क्षेत्रको भौतिक बदलाव गर्ने जस्तोसुकै कोशिसको विरोध गर्दछौं। हामी फेरि एक पटक यो दोहोर्याउन चाहन्छौं कि पाकिस्तानले गैरकानुनी तवरबाट सो क्षेत्र कब्जामा लिएको हो।’

हालैमात्र पाकिस्तानको सर्वोच्च अदालतले गिलगित क्षेत्रमा चुनाव गराउने मन्जुरी दिएको थियो।

बेलायतबाट स्वतन्त्र हुनुअगाडि गिलगित बल्तिस्तान जम्मु कस्मिरको अंगको रुपमा थियो। सन् १९४७ पछि भने यो पाकिस्तानको नियन्त्रणमा छ। एजेन्सी

टेरेन्स लुइसले जानाजान नोराको नितम्बमा छोएको विषयमा नोरा भन्छिन्…

भारतको चर्चित टिभी कार्यक्रम डान्स इन्डिया डान्स डीआइडीको एक भिडियो पछिल्लो समय निकै भाइरल बन्दै गएको छ।

उक्त भिडियोमा कार्यक्रमका निर्णायक टेरेन्ट लुइस, नोरा फतेही र गिता कपुरलाई देख्न सकिन्छ।

उनीहरुले कसैलाई नमस्ते गरेर स्वागत गरिरहेको देखिन्छ। नमस्ते गर्नका लागि हात उठाउँदा भने टेरेन्सको हात नोराको नितम्बमा गएर ठोक्किएको छ।

यस भिडियो भाइरल बनेपछि यतिबेला टेरेन्सको चर्को रुपमा आलोचना भइरहेको छ। टेरेन्सले जानाजान नोराको नितम्ब छोएको चर्चा चलेको छ।

यसबीचमा नोरा फतेही आफैंले यस विषयमा प्रतिक्रिया जनाएकी छिन्।                                                  नोराले टेरेन्सको इन्स्टापोस्टमा भनेकी छिन्,‘धन्यवाद टेरेन्स, आजको समयमा मेम बनाउन भिडियो तोडमोड गर्ने र फोटोसप गर्ने गरिन्छ। मलाई खुशी लागेको छ दाई तपाइँ यो समयमा संयमित र मर्यादित रहनुभयो। यो विषय चाँडै टरेर जानेछ। तपाइँ र गिता म्याम मेरालागि आदरणीय पात्र हुनुहुन्छ जसले मलाई डीआइडीमा निर्णायकको रुपमा स्वीकार गर्नुभयो।’

टेरेन्सले उक्त इन्स्टापोस्टमा एउटा पुरानो कथाको विषयवस्तु समेटेका छन्। नोरालाई उचालेको फोटो सार्वजनिक गरेका उनले आफू विकृत व्यक्ति नभएको बताउन खोजेका छन्।

फ्रेन्च ओपनः सेरेनाको विजयी सुरुवात


फ्रेन्च ओपनमा सेरेना विलियम्सले विजयी सुरुवात गरेकी छिन।

शनिबारमात्रै ३९ वर्षी लागेकी विलियम्सले आफ्नै देशकी क्रिस्टी एह्नमाथि पुनरागमन जित निकाल्दै विजयी सुरुवात गरेकी हुन।

सेरेनाले क्रिस्टीमाथि ७–६, (७–३), ६–० को जित निकालिन।

सेरेनाले अब दोस्रो चरणमा बुल्गेरियाका सेभिटाना पिरोन्काभासँग खेल्नेछिन।

समयले दिने अनुभवहरु नै वास्तविक गीत हुन् : केदार/गङ्गा

 

 असोज १२,काठमाडौं ।

भर्खरै केहि हप्ता अगाडि युट्युव मार्फत काठे भाकामा ‘मोबाइल मात्र नचलाउन ‘बोलको गीत सार्वजनिक भएको थियो । जनचेतना र माया प्रेममा केन्द्रित यस गीतको गायक तथा गीतकार हुन् केदार खोटाङ्गे र गायिका गङ्गा घर्ति मगर हुन् ।

प्राय माया प्रेममा केन्द्रित पुर्बेली भाकाको मात्र गीत गाउने खोटाङ्गे र आफ्नो रहनसहनको पश्चिमी शैलीको गीत मात्रै गाउने गङ्गालाइ यो काठेभाकाको गीत बिल्कुल नौलो थियो।तर,यस गीतको भिडियो बन्यो अनि सार्वजनिक भयो ,तव दर्शक स्रोता अन्य साथिभाइहरुको ‘स्याबास’ प्रतिक्रिया प्रेरणा बन्यो।

आज उनै दुवैजनासंग आजकोकुरा डटकमले कुराकानी गरेको थियो। उनीहरुले ‘जीवनका अनगिन्ति मोडहरुमा ,जिन्दगीका उकाली ओह्रालीहरुमा समयले दिने अनुभवहरु नै वास्तविक गीत ‘वताएका छन्।

उनीहरुको बाकिकुरा जस्ताकोतेस्तै:

१२ वर्षीया बालिका मीना राईको हत्या गर्ने पक्राउ

इनरुवा । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ कटहरेकी १२ वर्षीया बालिका मीना राईको हत्या गरेको अरोपमा एक जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा छिमेकी १६ वर्षीय किशोर रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले बताए । चटपटे किनबेचको विषयमा वादविवाद हुँदा ती किशोरले शनिबार राति बालिकाको घरमा कोही नभएको बेला बोतलले प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।

शनिबार बालिकाको अभिभावक छोरीलाई घरमै राखेर छिमेकीको घरमा धामी बसेको हेर्न गएका बेला चटपटे किन्न आएका किशोरसँग विवाद भएको थियो । त्यसपछि ती किशोरले बोतलले प्रहार गर्नुका साथै घाँटी कसेर हत्या गरेको अनुसन्धानबाट खुलेको सुनसरीका प्रहरी नायब उपरीक्षक कार्कीले बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कोरोनाबाट विश्वमा १० लाख भन्दा बढीको मृत्यु , तीन करोड ३३ लाख संक्रमित

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस ‘कोभिड–१९’ को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० लाख नाघेको छ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट सङ्क्रमित हुनेको संख्या विश्वभर तीन करोड ३३ लाख ११ हजार पुगेका छ।

कुल सङ्क्रमितमध्ये दुई करोड ४६ लाख ३९ हजार निको भएका छन् भने करिब ७६ लाख ७० हजार मानिस सक्रिय सङ्क्रमित छन्।

विश्वभर अझै पनि ६५ हजार मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ।

पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको संयुक्तराज्य अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ भने यहाँ सङ्क्रमितको संख्या पनि ७३ लाख २१ हजार नाघिसकेको छ।

कोरोना सङ्क्रमणबाट अमेरिकामा हालसम्म दुई लाख ९ हजार भन्दा बढीको मृत्यु भएको छ। रासस/एएफपी

तत्काल जारी गतिबिधी

माओवादी केन्द्रको बैठकमा उठ्यो ‘कम्युनिस्ट ब्रान्ड’ बनाउने चर्चा

नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा पार्टीलाई कम्युनिस्ट पार्टीको ब्रान्ड ब्राण्ड बनाएर लैजान नेताहरुले सुझाव दिएका छन्। माओवादी ब्रान्डमा जनयुद्ध लडेर गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक, समावेशीता लागू गराउन...

प्रियंकाले निकलाई लाइभ सेसनमै चुम्बन गरिन्, त्यसपछि निकले जे भने त्यसको...

बलिउड अभिनेत्री प्रियंका चोपडाले आफ्ना श्रीमान निक जोनसलाई लाइभ सेसनमै चुम्बन गरेको भिडिओ यतिबेला निकै भाइरल भएको छ। भिडिओमा देखिएअनुसार निक आफ्ना फ्यानहरुसँग कुराकानी गरिरहेका...

विश्वकै शक्तिशाली अमेरिकी नौसेना उडुसका कारण आतंकित!

अमेरिकी नौसेना विश्वकै शक्तिशालीमध्ये एकमा पर्छ। परमाणु तथा अत्याधुनिक हतियार, प्रविधि नियन्त्रित सैन्य अस्त्र अमेरिकी नौसेनाको सबल पक्ष हुन्। अमेरिकी सेना भनेपछि विश्वका शक्तिशाली राष्ट्रहरु पनि...

उद्योग वाणिज्य महासंघको विधान संशोधनः चन्द्र ढकालले पाउलान् दुईपटक अध्यक्ष बन्ने...

नेपाल उद्योग वाणिज्य महासंघमा पशुपति गिरी र महेशलाल प्रधानपछि अध्यक्षमा आफ्नो कार्यकाल दोहोर्‍याउन अहिलेका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाललाई पनि अवसर प्राप्त हुने देखिएको छ। महासंघको...

मेयर्स कप क्रिकेट : आर्मीविरुद्ध वागमती प्रदेश विजयी

त्रिभुवन आर्मी क्लवलाई पराजित गर्दै वागमती प्रदेशले मेयर्स कप एक दिवसीय क्रिकेट प्रतियोगिताको सुखद अन्त्य गरेको छ। कप्तान विनोद भण्डारीको उत्कृष्ट शतक प्रहार गरेपनि आर्मी...