भारतको हरियाणामा गोली हानेर पाँचको हत्या

काठमाडौंः भारतको हरियाणामा पुरानो रिसइबीलाई लिएर एक समूहले गोली चलाउँदा पाँच जनाको मृत्यु भएको छ ।

हरियाणाको रोहतक जिल्लास्थित एक कुस्ती केन्द्रमा शुक्रबार बेलुकी गोली चल्दा पाँच जनाको मृत्यु भएको र दुई जना घाइते भएको समाचार एजेन्सी एएनआईले जनाएको छ ।

प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

रुपन्देही सुपरलिग : बुटवल-११ विजयी

भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएको डिभिजन ‘ए’को खेलमा बुटवल–११ ले बुटवल राइनोजलाई ११४ रनले पराजित गर्दै जित निकालेको छ। हारसँगै बुटवल राइनोज डिभिजन ‘बी’मा घटुवा भएको छ।

टस हारेर ब्याटिङको निम्तो पाएको बुटवल–११ ले निर्धारित ५० ओभरमा ३२.१ ओभर खेल्दै सबै विकेट गुमाई १९९ रनको योगफल बनायो। उसका लागि इशान पाण्डेले ८३ र प्रकाश केसीले ६५ रन बनाए। बलिङमा बुटवल राइनोजका सुगम गमालले ७.१ ओभरमा १ मेर्डन राख्दै ४३ रन खर्चेर ६ विकेट लिए। यस्तै, असलम अली र अरविन्द सारुले समान २-२ विकेट लिए।

जवाफी ब्याटिङ गरेको बुटवल राइनोजले २५.४ ओभरमा सबै विकेट गुमाई ८५ रन मात्रै बनायो। उसका लागि सनित श्रेष्ठले १३, सुगम गमालले १२ र अब्दुल नसिमले ११ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। बलिङमा बुटवल–११ का इशान पाण्डेले ३, तौसिफ आलम र एजाज आलमले २-२ तथा देवेन्द्र सोमरे र सुदन श्रेष्ठले समान १-१ विकेट लिए । इशान पाण्डे म्यान अफ द म्याच भए।

१७ गते डिभिजन ‘ए’ का बुद्ध क्रिकेट क्लब र बुटवल–११ बीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले बताए।

प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन्। यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई ५-५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार र म्यान अफ द फाइनललाई ५ हजार रुपैयाँ प्रदान गरिने छ।

नेपाल टेलिकम मुख्य प्रायोजक रहेको प्रतियोगिताको सहप्रायोजकमा विके ज्वेलर्स र सगरमाथा इन्स्योरेन्स छन्।

राजनीतिक दलको विवादले संसदीय प्रक्रिया रोकिँदैन : सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुने विश्वास व्यक्त गरेका छन्।

शनिबार चितवनमा पत्रकारहरुसँग कुराकानीमा सभामुख सापकोटाले संसद् नियमित चल्ने बताए।

संसद्को आह्वानका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको भन्दै उनले अब पहिले जसरी नै संसद् चल्ने विश्वास व्यक्त गरे। उनले भने, ‘पहिले जसरी संसद् चलेको थियो। त्यही अनुसार संसद् चल्छ। अब दलहरुबीच छलफल र समझदारी हुन्छ।’

राष्ट्रपतिबाट संसद् आह्वान भएसँगै कार्यव्यवस्था समितिको बैठकबाट परामर्श गरी पुरानै तवरले संसद् पुनः सञ्चालन गर्ने उनको भनाइ छ।

राजनैतिक दलको विवादले संसदीय प्रक्रियालाई कुनै असर नगर्ने उनको भनाइ थियो। उनले भने, ‘मैले सहजीकरण गर्ने छु। राजनैतिक दलको विवादले संसदीय प्रक्रिया रोकिँदैन।’

उनले संसद् विघटनको समयमा भएका नियुक्तिका विषयमा अदालतमा बहस भइरहेको विषयमा अहिले टीकाटिप्पणी गर्नु उचित नहुने बताए। रुासस

एश्वेर्या राय बच्चनजस्तै देखिने पाकिस्तानी युवती रातारात बनिन् चर्चित

बलिउड अभिनेत्री एश्वेर्या राय बच्चनजस्तै देखिने एक पाकिस्तानी युवती रातारात चर्चित बनेकी छिन्।

भारतीय संचारमाध्यमले एश्वेर्या राय बच्चनजस्तै देखिने पाकिस्तानी आमना इमरानबारे प्राथमिकताका साथ समाचारहरु बनाएका छन्।

टिकटक तथा इन्स्टाग्राममा उनका तस्बिर र भिडियोहरु यतिबेला निकै भाइरल बनिरहेका छन्।

एश्वेर्या रायजस्तै देखिएपछि उनको भिडियो तथा फोटोहरुमा लाइक र कमेन्ट बढ्दै गएको छ।

सामाजिक संजालमा सेलिब्रिटीजस्तै देखिने मानिसहरु थुप्रै भेटिन्छन् तर आमना इमरानलाई सबैले उनी ठ्याक्कै एश्वेर्याजस्तै देखिरहेको बताइरहेका छन्।

हाइटीको जेलबाट २०० भागे, भाग्ने क्रममा झडप हुँदा २५ को मृत्यु

हाइटीमा जेलबाट शुक्रबार २०० भन्दा बढी कैदी भागेका छन्।

भाग्ने क्रममा भएको झडपमा परी कम्तीमा २५ जनाको मृत्यु पनि भएको छ। मृत्यु हुनेमा जेलका निर्देशक समेत रहेको सञ्चार सचिव फ्रन्टज एक्सान्तुजले शनिबार जानकारी दिए।

जेलमा झण्डै ४०० कैदी रहेका थिए। “घटनामा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ। तीमध्ये छ जना कैदी नै रहेका छन् भने एक जना जेलका प्रमुख पौल हेक्टर जोसेफ रहेका छन्,” उनले भने।

राजधानी पोर्ट ओ प्रिन्समा रहेको जेलमा भागाभाग हुँदा उनीहरुको मृत्यु भएको पनि उनले बताएका छन्।

झण्डै दुई सय जना कैदी भने अझै पनि जेलमै रहेका छन्। उनीहरुलाई भाग्न नदिन प्रहरीले धेरै मेहनत गरेको सचिव एक्सान्तुजले बताए।

जेलमा राखिएका केही कैदीलाई हतकडी लगाइएको र केहीलाई बाँधिएकोले पनि उनीहरु भाग्न नसकेको बताइएको छ।

हाइटीमा जेल तोडफोड, कैदीहरु भाग्ने तथा उनीहरुको झडपमा मृत्यु हुने घटना बेला बेलामा हुने गरेका छन्। रासस/एएफपी

रहेनन् अर्जेन्टिनाका पूर्व राष्ट्रपति मेनेम

काठमाडौंः अर्जेन्टिनाका पूर्व राष्ट्रपति कार्लोस मेनेमको निधन भएको छ ।

स्थानीय संचार माध्यमहरुका अनुसार उनको ९० वर्षको उमेरमा हृदयघातका कारण निधन भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई केही दिनअघि ब्युनस आयर्सस्थित लस आर्कोस अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

कार्लोस सन् १९८९ देखि १९९९ सम्म अर्जेन्टिनाको राष्ट्रपति थिए । उनी सन् २००५ देखि ला रियोजा प्रान्तबाट सिनेट सदस्य पनि रहेका थिए ।

भारतबाट अवैधरुपमा ल्याउँदै गरेको औषधिसहित एक पक्राउ

सिरहा जिल्लाको सिरहा नगरपालिका १७ स्थित भन्सार गेटबाट सशस्त्र प्रहरी टोलीले करीब ५० हजार रुपैयाँ बराबरको अवैध औषधिसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनुषा जिल्लाको धनुषाधाम नगरपालिका ९ धारापानी बस्ने ४२ वर्षीय अब्जल मनसुर छन्। सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मार्डरबाट खटिएको एपीएफ टोलीले निज मनसुरलाई उल्लेखित औषधिसहित पक्राउ गरेको हो।

प्रदेश नं. २–०२२०११ प ४६४९ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज मनसुरलाई एपीएफ टोलीले जाँच गर्दा उनको साथमा उक्त औषधि फेला परेपछि पक्राउ गरिएको हो।

एपीएफ टोलीले त्यसवेला उल्लेखित मोटरसाइकल समेत बरामद गरेको छ।

पक्राउ परेका मनसुरलाई बरामद औषधि र मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय मार्डरमा बुझाइएको छ। बरामद मोटरसाइकलको भन्सार दाखिला मूल्य २ लाख ५० हजार रुपैयाँ रहेको छ।

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
यता, धनुषा जिल्लाको नगराईन नगरपालिका २ स्थित सीमा ईलाकाबाट फागुन १३ गते एपीएफ टोलीले करीब १ लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा भाँडावर्तन बरामद गरेको छ।

भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण धनुषाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो।

बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ।

रेस्लर डेभिड महर्जन चीनमा हुने रेस्लिङ प्रतियोगिताका लागि छनोट

अन्तर्राष्ट्रिय रेस्लर डेभिड महर्जन चीनमा हुने रेस्लिङ प्रतियोगिताका लागि छनोट भएका छन्।

आगामी वर्ष नेपाल चाईना मैत्रीपूर्ण एवम् सांस्कृतिक सम्बन्धलाई मजबुत बनाउने कार्यक्रम वन बेल्ट वन रोड ईनिसियटिभ अन्तरगत हुने रेस्लिङ प्रतियोगिताका लागि छनोट भएको नेपाल रिङ रेस्लिङ संघकी महासचिव एवं राष्ट्रिय खेलकुद परिषदकी सदस्य सुवर्ण श्रेष्ठले जानकारी दिएकी छन्।

नायक पल शाहविरुद्ध प्रहरीमा उजुरी

अभिनेता पल शाहलाई कारबाही गर्न माग गर्दै सुनसरीको धरानस्थित इलाका प्रहरी कार्यालयमा उजुरी परेको छ।

नायक शाहले झन्डै आफ्नो ज्यान लिएको भन्दै चलचित्रकर्मी महासंघ, प्रदेश १ का अध्यक्ष अरुणकुमार प्रधानले प्रहरीमा उजुरी हालेका हुन्।

निवेदनमा म्युजिक भिडिओ सुटिङका लागि धरान आएका अभिनेता पलको निर्देशनमा उनका सहयोगी कृष्णप्रसाद जोशीले आफूलाई कुटेको प्रधानले आरोप लगाएका छन्।

यही फागुन १३ गते राति धरानस्थित एक होटलमा खाना खाने क्रममा नायक पललाई आफूले एक कार्यक्रममा अतिथिका रूपमा निमन्त्रणा गरेको तर आउन नमानेपछि फेसबुकको पोस्ट हटाइदिन्छु भन्दा नायक पलको निर्देशनमा उनका सहयोगी जोशीले आक्रमण गरेको प्रधानले प्रहरीलाई दिएको उजुरीमा उल्लेख छ। उनले दुवै जनालाई विपक्षी बनाएका छन्।

‘कुटपिट गर्न थालेपछि वरपरका मानिसहरूले छुट्याइ ज्यान जोगादिएको’ उनको भनाइ छ।

यस विषयमा छलफल गर्न आज (शुक्रबार) दिउँसो प्रहरीले नायक पललाई बोलाएको बताइएको छ।

मन्त्रिपरिषद बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजेबाट मन्त्रिपरिषद बैठक सुरु भएको एक मन्त्रीले जानकारी दिए। ncell ‘बैठक सुरु भएको छ, बैठकअघि एजेन्डा केही खुलाइएको छैन’, ती मन्त्रीले नेपालखबरसँग भने। सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय बदर गरेपछि पहिलोपटक मन्त्रिपरिषद बैठक बस्न लागेको हो। बैठकले बैठकले प्रतिनिधिसभा बैठक आह्वानका लागि राष्ट्रपति कार्यालयलाई सिफारिस पठाउन सक्ने सम्भावना रहेको ती मन्त्री बताए। त्यस्तै विप्लव नेकपामाथिको प्रतिबन्ध फुकुवा गर्ने सम्भावना पनि रहेको ती मन्त्रीले बताए। Bidh Lab अदालतले प्रतिनिधि सभा विघटन गर्ने निर्णय बदर गर्दै १३ दिनभित्र संसद् बैठक बोलाउन आदेश दिएको थियो।

मन्त्रिपरिषद बैठक सुरु भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजेबाट मन्त्रिपरिषद बैठक सुरु भएको एक मन्त्रीले जानकारी दिए।

‘बैठक सुरु भएको छ, बैठकअघि एजेन्डा केही खुलाइएको छैन’, ती मन्त्रीले नेपालखबरसँग भने।

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय बदर गरेपछि पहिलोपटक मन्त्रिपरिषद बैठक बस्न लागेको हो।

बैठकले बैठकले प्रतिनिधिसभा बैठक आह्वानका लागि राष्ट्रपति कार्यालयलाई सिफारिस पठाउन सक्ने सम्भावना रहेको ती मन्त्री बताए।

त्यस्तै विप्लव नेकपामाथिको प्रतिबन्ध फुकुवा गर्ने सम्भावना पनि रहेको ती मन्त्रीले बताए।

अदालतले प्रतिनिधि सभा विघटन गर्ने निर्णय बदर गर्दै १३ दिनभित्र संसद् बैठक बोलाउन आदेश दिएको थियो।

तत्काल जारी गतिबिधी

सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठक सुरु

सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ। संसद् विघटनलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न सभामुख सापकोटाले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका नेतालाई आज...

सिभिल बैंकको सीईओ सुनिलकुमार पोखरेल

सिभिल बैंकको सीईओ (प्रमुख कार्यकारी अधिकृत) पदमा सुनिलकुमार पोखरेल नियुक्त भएका छन। बिहीबार साँझ बसेको सञ्चालक समतिको बैठकले पोखरेललाई ४ वर्षका लागि सिभिल बैंकको सीईओ...

‘एसियाली पावरहाउस’ अस्ट्रेलियाविरुद्ध खेल्दै नेपाल, नयाँ खेलाडीको डेब्यु हुने

समूह चरणको अन्तिम खेलमा नेपालले एसियाको पावरहाउस अस्ट्रेलियासँग शुक्रबार राति खेल्दै छ। फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को दोस्रो चरणको छनोट खेलको यात्रा...

जन्मदिनमा राजेश हमालले धरहरामा केक काटे

अभिनेता राजेश हमालले आफ्नो जन्मदिनमा धरहराबाट केक काटेका छन्। हमालले धरहराको कौशीबाट आफ्नो जन्मदिनको केक काटेका हुन्। श्रीमती मधु र अन्य केही साथीहरुसहित उनी जन्मदिनको...

धुलिखेल नगरपालिकाले मृतकका परिवारलाई किरिया खर्च दिने

काभ्रेको धुलिखेल नगरपालिकाले कोरोना भाइरसबाट मृत्यु भएकाको परिवारलाई किरिया खर्चस्वरूप १५ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ। कोरोना महामारीको अवस्थामा मृतक परिवारलाई सहज होस्...