१९ औं संस्करणको अमेरिकन आइडलको विजेता चेस बेकहम बने

१९ औं संस्करणको अमेरिकन आइडलको विजेता चेस बेकहम बनेका छन्।

क्यालिफोर्निया राज्यका बेकहमलाई आइतबार राति अमेरिकन आइडलको विजेता घोषणा गरिएको हो।

चेस विजेता बन्दा उपविजेता विलि स्पेन्स बनेका छन्।

यसपटक पनि नेपालका अर्थर गन अमेरिकन आइडलमा प्रतिस्पर्धीको रुपमा पुगेका थिए।

तर यसपटक उनी टप ७ बाटै बाहिरिएका थिए। १८ औं संस्करणमा अर्थर गत उपविजेता बनेका थिए।

भक्तपुरमा डिउटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने भुजेल पक्राउ

भक्तपुरः सूर्यबिनायक नगरपालिका–९ नलिन्चोकस्थित डिउटीमा खटिएको प्रहरीलाई नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक जनालाई प्रहरीले मंगलबार राति पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–१० बस्ने ४३ वर्षीय शेर बहादुर भुजेल रहेका छन् ।

जगातीबाट साँगातर्फ जाँदै गरेको बाग्मती प्रदेश–०३–००१ च ०८६६ नम्बरको माईक्रोबसलाई प्रहरीले जाँच गर्ने क्रममा माईक्रोबस चालक भुजेलले उक्त नगद दिन खोजेपश्चात प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार २०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार २०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार २८६ जनाको पीसीआर परीक्षणबाट ८ हजार १३६ जना र ६९३ जनाको एन्टिजेन परीक्षणबाट ६७ जना गरी कूल ८ हजार २०३ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार कोरोना भाइरस (कोभिड–१९) का कारणबाट पछिल्लो २४ घण्टामा तथा नेपाली सेनाद्वारा विभिन्न मितिमा शव व्यवस्थापन गरेका समेत थप १९६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ हजार ४११ जना पुगेको छ ।

मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ७५२ जना र सक्रिय संक्रमित १ लाख १४ हजार ५२९ जना रहेका छन् ।

हालसम्म डिस्चार्ज हुनेको कुल संख्या ३ लाख ५२ हजार ४१४ पुगेको छ ।

स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले इटालिएन क्लब युभेन्टस छाड्ने सम्भावना बढे

स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले इटालिएन क्लब युभेन्टस छाड्ने सम्भावना बढेर गएको छ।

मार्काका अनुसार टुरिनमा रहेका रोनाल्डोका महँगा कारहरु त्यहाँबाट सारिएपछि रोनाल्डोले अब युभेन्टस छाड्ने निश्चितजस्तै भएको विश्लेषण भइरहेका हुन्।

यसअघि रोनाल्डोले रियल मड्रिड छाड्ने बेला पनि उनका कार कलेक्सन यसरी नै सारिएका थिए। यो घटनापछि विभिन्न चर्चा परिचर्चा सुरुवात भएका छन्।

यसपटक युभेन्टसले घरेलु सिरि ए लिग नजित्ने निश्चित भइसकेको छ तथा च्याम्पियन्स लिगबाट पनि युभेन्टस बाहिरिसकेको छ।

त्यसमाथि रोनाल्डोको क्लब अर्कोवर्षको च्याम्पियन्स लिगको लागि छनौट नहुने अवस्था पनि सिर्जना भएको छ।

रोनाल्डो ३६ वर्षको भइसकेका छन्। लामो समय क्लबलाई उत्कृष्ट लयमा टिकाइराख्न युवा खेलाडीहरुको आवश्यकता हुन्छ।

यी विभिन्न कारणको विषयमा चर्चा चलिरहँदा रोनाल्डोको कार कलेक्सन टुरिनबाट अन्तै लगिनुले उनी र क्लबबीच अलग्गिने सम्भmौता भइसकेको अनुमान गरिएको छ।

खेल विश्लेषकहरुका अनुसार म्यानचेस्टर युनाइटेड, पीएसजी, रियल मड्रिडजस्ता क्लबले रोनाल्डोलाई अनुबन्ध गर्न सक्छन्।

हालै पीएसजीका स्टार नेमार जुनियरले पनि आफूलाई रोनाल्डोसँगै भएर खेल्ने इच्छा भएको बताएका थिए।

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दीपक मनाङे भनिने राजीव गुरुङलाई

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दीपक मनाङे भनिने राजीव गुरुङलाई पुनः मन्त्रीमा दोहोर्याउँदै आफ्नो मन्त्रिपरिषद् विस्तार गरेका छन्।

उनले बुधबार यसअघि मन्त्रिमण्डलमा रहेका मन्त्रीहरुलाई नै सपथ खुवाएका हुन्।

उनले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी किरण गुरुङलाई दिएका छन् भने यसअघिकी सामाजिक विकासमन्त्रीमा नरदेवी पुन, भौतिक पूर्वाधार विकास मन्त्रीमा रामशरण बस्नेत, उद्योग पर्यटन, वन तथा वातावरणमन्त्रीमा विकास लम्साललाई विना विभागीय मन्त्रीको रुपमा राखेका छन्।

प्रदेश प्रमुख सीता पौडेलले सबै मन्त्रीहरुलाई सपथ खुवाए पनि युवा तथा खेलकुद मन्त्रीमा दीपक मनाङे भने सपथ लिन आएनन्।

मनाङे यतिबेला काठमाडौं भएको उनी निकटकाले बताएका छन्। आफूविरुद्ध अविश्वासको प्रस्ताव आएसँगै स्वतन्त्र भनिएका दीपक मनाङले लाई मुख्यमन्त्रीले युवा तथा खेलकुद मन्त्री बनाएका थिए।

सदनमा उनीविरुद्ध प्रस्तुत भएको अविश्वासको प्रस्ताव पारित हुन नसकेपछि ठूलो दलको नेताको हैसियतले गुरुङले वैशाख २९ गते सपथ लिएका थिए।

उनले एक महिनाभित्र सदनबाट बहुमत सिद्ध गर्नुपर्छ। मुख्यमन्त्रीले यसअघि माओवादीको तर्फबाट मन्त्री भएका ठाउँ भने खाली नै राखेका छन्।

मन्त्रीपरिषद्को पहिलो बैठकले यसअघिका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतलाई नै प्रवक्ता तोकेको छ भने गण्डकी नीति तथा योजना आयोगको उपाध्यक्षमा गिरीधारी शर्मा र सदस्यमा विष्णुराज बराललाई निरन्तरता दिने निर्णय गरेको छ।

यसैगरी लमजुङ सुन्दरबजारका डाक्टर भिष्म अधिकारीलाई मुख्यमन्त्रीको राजनीतिक सल्लाहकार नियुक्त गरिएको छ।

गण्डकी सरकारको कार्य विभाजन नियमावली २०७४ लाई संशोधन गरेको प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए।

मन्त्रालय फुटाएर धेरै मन्त्रालय बनाउनको लागि यो संशोधन गरिएको हो। गण्डकी सरकारले १२ वटा मन्त्रालय बनाउन पाउँछ।

जिम गएकी नोरा नाच्न थालेपछि

नोरा फतेही हाल भारतकी चर्चित मोडेल तथा अभिनेत्री हुन्।

उनी विभिन्न म्युजिक भिडिओ साथै नृत्यसँग सम्बन्धित कार्यक्रममा व्यस्त छिन्।

उनी सामाजिक संजालमा पनि निकै सक्रिय कलाकार हुन्। उनले आफ्नो जीवनशैली देखाउन फोटो तथा भिडिओ पोस्ट गरिरहन्छिन्।

ncell
हालै नोराको एउटा सामाजिक संजालको भिडिओ निकै भाइरल भइरहेको छ।

उनी जिममा शारीरिक अभ्यास गर्न गएकी हुन्छिन्। तर उनी त्यहाँ नाच्न थाल्छिन्। यस भिडिओलाई उनका फ्यानहरुले निकै मन पराएका छन्।

भारतमा घट्दै कोरोना प्रभावः २ लाख ६३ हजार संक्रमित बन्दा ४ लाख २२ हजार कोरोनामुक्त

भारतमा कोरोना भाइरसबाट गएको २४ घण्टामा हालसम्मकै धेरै मानिसको मृत्यु भएको छ। त्यहाँ गएको २४ घण्टामा ४ हजार ३२९ जनाको मृत्यु भएको हो।

एकैदिनमा धेरैको मृत्यु भएता पनि भारतमा कोरोनाको प्रभाव निकै कम हुँदै गएको छ। लगातार २५ दिनसम्म ३ लाखभन्दा बढीले भारतमा संक्रमित थपिरहेका थिए।

तर सोमबारदेखि भारतमा संक्रमितको मामिला ३ लाख मुनी पुगेको छ। मंगलबार पनि भारतमा २ लाख ६३ हजार ५३३ कोरोना संक्रमित बने।

सोही अवधिमा त्यहाँ ४ लाख २२ हजार ४३६ कोरोनामुक्त भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अर्थात् भारतमा संक्रमित हुनेभन्दा दोब्बरले कोरोनामुक्त भइरहेका छन्।

यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या २ करोड ५२ लाख २८ हजार पुगेको छ। कोरोनाका कारण त्यहाँ २ लाख ७८ हजारको मृत्यु भइसकेको छ।

अहिले ३३ लाख ५३ हजार सक्रिय संक्रमित रहेको भारतमा हालसम्म २ करोड १५ लाख ९६ हजार कोरोनामुक्त भएका छन्।

कोरोनाविरुद्धको खोप अभियान जारी रहेको भारतमा १८ करोड ४४ लाख ५३ हजार मानिसले खोप लगाइसकेका छन्।

एमाले कार्यदलको पहिलो बैठक आज सिंहदरबारमा

नेकपा–एमालेको विवाद समाधानका लागि गठन गरिएको कार्यदलको पहिलो बैठक आज बस्ने भएको छ।

सो बैठक अहिले अपरान्ह ३ बजे सिंहदरबारमा बस्न लागेको एमाले स्थायी समिति सदस्य रघुजी पन्तले नेपालखबरलाई बताए।

आइतबार गठन भएको सो बैठकले तत्काल काम थाल्ने भनिए पनि दुई दिनको अलमलपछि बैठक बस्न लागेको हो।

एमालेको विवादलाई माओवादी केन्द्रसँग पार्टी एकता हुनुअघि अर्थात् २०७५ जेठ २ गतेको अवस्थाबाट पार्टी संरचना ब्युँताउन पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सहमति भएपछि त्यसकै आधारमा थप ‘वर्क आउट’ गर्नका लागि १० सदस्यीय कार्यदल गठन गरिएको हो।

फिनिसिङमा चुकेको पोखरा थन्डर्स

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबलमा लामो अनुभव बटुलिसकेका खेलाडीहरुको सहभागिता रहेको पोखरा थन्डर्सले देशकै पहिलो फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल)मा बलियो दाबेदारी प्रस्तुत गर्ने अपेक्षा गरिएको थियो।

राष्ट्रिय टोली र त्रिभुवन आर्मी फुटबल क्लबलाई महत्वपूर्ण उपलब्धि दिलाइसकेका नवयुग श्रेष्ठ मार्की खेलाडी तथा पूर्वराष्ट्रिय खेलाडी समेत रहेका आर्मीका नवीन न्यौपाने प्रशिक्षकका रुपमा पोखरामा आबद्ध हुँदा समर्थकले सफल नतिजाको अपेक्षा गर्नु स्वाभाविक थियो।

अक्सनबाट राष्ट्रिय टोलीकै अर्का सदस्य सुजल श्रेष्ठ, राष्ट्रिय टोलीका पूर्वकप्तान अनुभवी अनिल गुरुङसहित युवा र विदेशी खेलाडीले एनएसएलमा कडा चुनौती दिने आशा राखेका थिए।

तर, जसरी एनएसएलमा प्रतिस्पर्धा सुरु हुँदै गयो, टोली अपेक्षाअनुसार खरो उत्रिन सकेन। यद्यपि टोलीको प्ले–अफको सम्भावना लिग चरणका अन्तिम दुई खेल अघिसम्म जीवितै थियो।

  मेक्सिकोकी आन्द्रे मेजा यसवर्षको मिस युनिभर्स बने

मेक्सिकोकी आन्द्रे मेजा यसवर्षको मिस युनिभर्स बनेकी छिन्।

सन् २०२० मा अर्थात् गतवर्ष हुने तय भएको मिस युनिभर्स कोरोना भाइरसको प्रकोपपछि यसवर्ष सरेको थियो।

मिस मेक्सिकोको ताज जितेकी आन्द्रेले फ्लोरिडाको हलिउडमा आयोजित मिस युनिभर्सको ताज जितेकी हुन्।

७३ देशकी सुन्दरीलाई पराजित गर्दै आन्द्रे मिस युनिभर्स जित्न सफल बनेकी हुन्।

उनले यस प्रतिस्पर्धामा मिस ब्राजिल जुलिया गामालाई पनि पाखा लगाइन्। सीएनएन

तत्काल जारी गतिबिधी

दक्षिण एसियाली राष्ट्रहरुको फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिपको १३ औँ...

काठमाडौँ । दक्षिण एसियाली राष्ट्रहरुको फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिपको १३ औँ संस्करण आजदेखि माल्दिभ्समा सुरु हुँदैछ । मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुने उक्त प्रतियोगिताको...

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल बिस्तारका लागि सत्ता...

बलेवा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल बिस्तारका लागि सत्ता साझेदार दलका बीचमा संवाद भइरहेको जानकारी दिएका छन् । उनले भने “अगामी...

बलिउड अभिनेता अमिताभ बच्‍चनको शो ‘कौन बनेगा करोडपति-१३’ को सेटमा हालै...

बलिउड अभिनेता अमिताभ बच्‍चनको शो 'कौन बनेगा करोडपति-१३' को सेटमा हालै अभिनेताद्वय सुनिल सेट्टी र ज्याकी श्राफ देखिए। सेटमा तीन अभिनेताबीच रमाइला सम्झनाहरू आदान प्रदान...

पछिल्लो २४ घण्टामा नेपालमा थप १२८२ जनामा कोरोना भाइरस सङ्क्रमण देखिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १२८२ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १२ हजार ८१ पीसीआर परीक्षण गर्दा...

राजधानीमा जारी चाैँथो संस्करण एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत आज हुने...

काठमाडौँ । राजधानीमा जारी चाैँथो संस्करण एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत आज हुने भनिएको काठमाडौँ किंग्स इलेभेन र विराटनगर वारियर्सबीचको खेल मैदान भिजेका कारण स्थगन...