कोरोना संक्रमणबाट थप २० को मृत्यु

महिला भलिबल राष्ट्रिय टोलीकी व्यवस्थापक मास्केले दिइन् राजीनामा

दुई महिनापछि फिलिपिन्समा हुने एसियन महिला भलिबल च्याम्पियनसिपको तयारीमा रहेको राष्ट्रिय टोलीको व्यवस्थापकबाट निरोज मास्केले राजीनामा दिएकी छिन्।

गत असार १ गतेदेखि टोलीको प्रशिक्षणका लागि व्यवस्थापन खटिएकी मास्केले घरायसी कारण देखाउँदै आज मंगलबारको मितिबाट लागू हुने गरी राजीनामा दिएकी हुन्।

उनले राजीनामा स्वीकृतिका लागि नेपाल भलिबल संघका कार्यवाहक अध्यक्ष याम गुरुङ र महासचिव जितेन्द्र चन्दलाई पत्र बुझाएको बताएकी छिन्।

संघका कार्यवाहक अध्यक्ष गुरुङले आफूले मास्केको राजीनामाबारे जानकारी पाएको र शनिबारका लागि छलफल गर्न बैठक बोलाएको बताएका छन्।

आफू व्यवस्थापकका रुपमा नरहे पनि संघको अन्य काममा भने विगतमा जस्तै सक्रिय रहने बताएकी छिन्।

संघको शुक्रबार बसेको पछिल्लो बैठकमा पनि मास्केले आफू व्यवस्थापकको जिम्मेवारीबाट अलग हुन चाहेको गुरुङले बताए।

अगामी भदौ १३ देखि २० गतेसम्म हुने च्याम्पियनसिपका लागि २७ खेलाडी प्रशिक्षणमा छन्।

शुक्रबार को बैठकले संघका सचिव मनवीर छन्त्यालको संयोजकत्वमा ७ सदस्यीय खेलाडी छनोट समिति पनि गठन गरेको थियो।

च्याम्पियनसिपमा सहभागी हुने १ करोड ३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

धर्मेन्द्र र किरणले ल्याए पहिलो गीत ‘नदेखिन्या घाउ’ (भिडिओसहित)

चर्चित गायन शो भ्वाइस अफ नेपालमा सहभागी प्रतिस्पर्धीद्वय धर्मेन्द्र सुनार र किरण गजमेरको पहिलो गीत सार्वजनिक भएको छ।

संगीत भकारी युट्युब च्यानलबाट सोमबार गीतको भिडियो सार्वजनिक गरिएको हो।

गीतमा शब्द सिर्जना युवा गीतकार लेखु सहयात्रीले गरेका हुन् भने शब्दमा संगीत भर्ने काम भने भ्वाइस अफ नेपालका प्रशिक्षक करणराज कार्कीले गरेका हुन्।

ए वन म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको यस गीतको संगीत संयोजन र ध्वनि सम्पादन समेत देवेश राईले गरेका हुन्।

गीतको भिडियोमा सशस्त्र प्रहरीका इन्स्पेक्टर पृथ्वी खनाल र देवेन्द्र बब्लुसँगै संगीता थापा र सौरभ तिमल्सिनाको अभिनय हेर्न सकिन्छ।

चरम गरिबीले पिल्सिएका दुई युवा वैदेशिक रोजगारीमा जान खोज्दा मेनपावर कम्पनीबाट ठगिएपछिको पीडा गीतको भिडियोमा हेर्न सकिन्छ।

गीतको भिडियो छायांकन पिटर गुरुङ्ग र सम्पादन विष्णुहरी तिमल्सिनाले गरेका हुन्।

मौसम हिमालीको कथावस्तु र निर्देशनमा ‘नदेखिन्या घाउ’को भिडिओ अर्थपूर्ण बनेको छ।

पुनः घट्यो नेप्से, धेरै कमाउने ओरियन्टल होटल, धेरै गुमाउने प्रोग्रेसिभ फाइनान्स

दुई दिनपछि पुनः सेयरबजारको सूचक नेप्से घटेको छ।

आइतबार र सोमबार नेप्सेमा सामान्य अंकको वृद्धि भए पनि आज अर्थात् मंगलबार ४७ दशमलव ४९ अंकले घटेको हो।

आज नेप्से घटेर २८२८ विन्दुमा झरेको छ। मंगलबार कुल कारोबारमा पनि कमी आएको छ।

आज २ सय २३ वटा कम्पनीको १ करोड ४० लाख ४४ हजार ३८१ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ७२ करोड ६३ लाख ६१ हजार ८६९ रुपैयाँको कारोबार भएको हो।

आज लघुवित्त कम्पनीबाहेक सबै समूहको सेयर सूचक घटेको छ।

आज सबैभन्दा धेरै ओरियन्टल होटलको सेयरमूल्य ५ दशमलव ७६ प्रतिशतले बढेको छ भने प्रोग्रेसिभ फाइनान्सको सेयर मूल्य सबैभन्दा धेरै ८ दशमलव ५५ प्रतिशतले घटेको हो।

सरकारले ल्याएका अध्यादेश जनताकाे हितमा : कानुनमन्त्री श्रेष्ठ

कानूनमन्त्री लिलानाथ श्रेष्ठले सरकारले अध्यादेशबाट शासन नचलाएको स्पष्ट पारेका छन्।

कानून मन्त्रालयले ६ महिने प्रगति सार्वजनिक गर्न मंगलबार गरेको पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले संविधानले नै आवश्यकताको आधारमा अध्यादेश ल्याउने अधिकार दिएकाले सरकारले जनताको हितका लागि अध्यादेश ल्याएको स्पष्ट पारका हुन्।

मन्त्रालयले सार्वजनिक गरेको प्रगति विवरणमा १६ वटा अध्यादेश जारी गरेको उल्लेख छ। सो विवरणलाई उदृत गर्दै पत्रकारहरुले सरकारले संसद छलेर अध्यादेश जारी गर्ने र अध्यादेशबाट नै शासन चलाउने नीति लिएको हो भनी प्रश्न गरेका थिए।

पत्रकारको प्रश्नमा मन्त्री श्रेष्ठले भने, ‘मौलिक अधिकारबाट कहिलेसम्म नागरिकलाई हामीले बञ्चित राख्ने? अध्यादेश भनेको आवश्यकता अनुसार संसद नचलेको बेलामा जारी गर्ने भनेर संवैधानिक व्यवस्था अनुसार हामीले गरेको हो। जनताका लागि ल्याएको हो। अहिले प्रतिपक्षीमा हुँदा उहाँहरुले भन्नुहुन्छ, यो अध्यादेशबाट शासन चलायो भनेर। त्यस्तो होइन।’

मन्त्री श्रेष्ठले राजनीतिक दलहरुबीच असहमति बढ्दै गएको र एउटै टेबलमा बस्ने अवस्था पनि नभएको तथा संसदपनि नभएकाले सरकारले बाध्य भएर अध्यादेश जारी गर्न परेको उनले स्पष्ट पारे। नागरिकता प्रदान सम्बन्धमा संविधानले गरेको व्यवस्थामा आफूहरुले केही पनि थपघट नगरेको स्पष्ट पारे।

‘हाम्रो संविधानले मानिसहरु जन्मेपछि जन्मसिद्ध अधिकार हो नागरिकता भनेको छ। त्यसकारण आमाबुबाले जन्मसिद्ध नागरिकता प्राप्त गरेका छन्, उसको छोरा छोरीले बंशजको नागरिकता पाउने भनेर हाम्रो संविधानमा व्यवस्था छ। त्यो व्यवस्था अनुसार हामीले फुलस्टप, कमा पनि चेञ्ज नगरेर…, सबै दलको सहमति छ। यसमा अहिले कुनै दलले के भन्छ, फिजी हुन्छ रे। कसरी हुन्छ फिजी?’

पत्रकार सम्मेलनमा मन्त्रालयले स्थानीय तहमा न्यायीक समितिको क्षमता बढाउन सम्बन्धित निकायसँग आवश्यक सहकार्य गरेको, निशुल्क कानूनी सहायता ४७ जिल्लाबाट विस्तार भएर अहिले ७७ वटै जिल्लामा पुगेकोे लगायत मन्त्रालयले ६ महिनामा गरेको कार्यसम्पादनको फेयरिस्त प्रस्तुत गरिएको थियो।

आइतबारदेखि माथिल्लो तामाकोसीको परीक्षण उत्पादन सुरु हुने

दोलखामा निर्माण भएको माथिल्लो तामाकोसी जलविद्युत आयोजना भोली (आइतबार) बाट सञ्चालनमा आउने भएको छ।

चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी आयोजनाको निर्माण पूरा भएपछि परीक्षण उत्पादन गरेर राष्ट्रिय प्रशारण लाइनमा जोड्न लागिएको हो।

आयोजनाका सीईओ विज्ञानप्रसाद श्रेष्ठका अनुसार ४ सय ५६ मध्ये ७६ मेगावाट क्षमताको पहिलो युनिटबाट आइतबारदेखि परीक्षण उत्पादन गर्न लागिएको हो।

तामाकोसी सञ्चालनमा आउँदा खिम्ती–लामोसाँघु १३२ केभीको लाइन बन्द हुने आयोजनाले जनाएको छ। परीक्षणको बेला ढल्केबरदेखि कोहलपुरसम्मका सबस्टेशनबाट वितरित विद्युत केही समय कटौती हुन सक्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

माथिल्लो तामाकोसीबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन सुरु भएपछि भारतबाट अहिले हुँदै आएको विद्युत् आयात केही घट्ने अपेक्षा गरिएको छ।

गायिका एलिना चौहानको रोमान्टिक गीत ‘क्या हिरो भएछ’ (लिरिक भिडिओ)

एलिना चौहानको रोमान्टिक गीत ‘क्या हिरो भएछ’ सार्वजनिक गरिएको छ। भर्खरै मनोरञ्जनको दुनियामा प्रवेश गरेका गीतकार एवं निर्देशक विष्णु विक्रम निरौला आफ्नो चौथो गीत ‘क्या हिरो भएछ’ बोलको गीत धनकुटा खबरको अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।

गीतकार एवं निर्देशक निरौलाद्वारा लिखित पहिलो गीत गायक किरण भुजेलको आवाज रहेको ‘चट्ट कपाल कोरेर’ त्यस्तै दोश्रो विशाल निरौला र अश्मिता अधिकारीको आवाज रहेको ‘माया पलायो’ त्यस्तै तेस्रो निशान भट्टराईको आवाजमा ‘गाजल लिपिक्कै’ बोलको गीतहरु सार्वजनिक गरे लगत्तै चौथो गीत गायिका एलिना चौहानको आवाज रहेको ‘क्या हिरो भएछ’ सार्वजनिक गरिएको प्रोडक्सन म्यानेजर मोहन राईले बताए।

यी चारै गीतमा एम के निरौलाको कम्पोज र विशाल निरौलाको एरेन्ज, मिक्स रहेको र अलड़कार स्टुडियोमा रेकर्ड गरिएको हो भने रेकर्डिङको काम रञ्जन राईले गरेको पनि राईले बताए।

‘क्या हिरो भएछ’ गीतमा २ बाल कलाकार विश्वास बस्नेत र सनुजा राई लगायत अन्य कलाकारमा कोरोयोग्राफर समात रहेका कलाकार सुमन योगी, मोडल सिम्रन कार्की, नुमाफुङ लिम्बु, आश्था भुजेल, करुणा लिम्वु, सुजन राईको अभिनय रहेको थियो भने प्रनेश राई (यात्री ब्रोज) ले नृत्यलाई क्यामेरामा कैद गरेका थिए।

विष्णु विक्रम निरौलाको निर्देशन रहेको उक्त भिडियोको नृत्य निर्देशन सुमन योगीले गरेका थिए। तर मेमोरी कार्ड खराबीका कारण उक्त भिडिओ तत्काल सार्वजनिक गर्न नसकिएको निर्देशक निरौलाले बताए।

फिफाको महिला विश्व वरीयतामा नेपाल एक स्थानमाथि उक्लियो

काठमाडौंः नेपाली महिला राष्ट्रिय फुटबल टोली फिफा विश्व वरीयतामा एक स्थानमाथि उक्लेको छ ।

फिफाले शुक्रबार निकालेको महिलाको नयाँ वरीयतामा नेपालले एक स्थानमाथि उक्लेको हो ।

नयाँ वरीयतामा नेपाल १०० औं स्थानमा उक्लिएको छ । अघिल्लो पटकको वरीयतामा नेपाल १ सय १ औं स्थानमा रहेको थियो ।

दक्षिण एसियाली राष्ट्रको वरीयता नेपाल दोस्रो स्थानमा रहेको छ । दक्षिण एसियाली राष्ट्रमध्ये भारत सबैभन्दा माथि ५७ औं स्थानमा रहेको छ । दक्षिण एसियाका अन्य देशमध्ये बंगलादेश १ सय ३७ औं, श्रीलंका १ सय ४३ औं, माल्दिभ्स १ सय ४४ र भुटान १ सय ६१ औं स्थानमा रहेको छ ।

विश्व वरीयतामा अमेरिका पहिलो स्थानमा छ । यस्तै, जर्मनी दोस्रो, फ्रान्स तेस्रो, नेदरल्यान्ड्स चौंथो, स्विडेन पाँचौं, इंग्ल्यान्ड छैठौं, ब्राजिल सातौं, क्यानडा आठौं, अष्ट्रेलिया नवौं र जापान १० औं स्थानमा रहेका छन् ।

राष्ट्रपतिद्वारा संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले आज विभिन्न संवैधानिक आयोगमा २० पदाधिकारी नियुक्त गरेकी छन् ।

प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपति भण्डारीले उनीहरुलाई नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले आज विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

गत वैशाख २६ गते बसेको संवैधानिक परिषदको बैठकले सिफारिस गरेका २० पदाधिकारीलाई संसदीय सुनुवाइ बिना नै नियुक्त गरिएको हो ।

संवैधानिक परिषदले सिफारिस गरेपछि उनीहरुको संसदीय सुनुवाइ हुने र सुनुवाइ समितिको अनुमोदनपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । तर प्रतिनिधिसभा विघटन भएकाले संसदीय सुनुवाइ समिति क्रियाशील नभएको भन्दै उनीहरुको सिधै नियुक्ति भएको हो ।

रुसमा दैनिक २० हजार बढी कोरोना सङ्क्रमित

रुस । रुसमा शुक्रबार पनि २० हजार जना भन्दा बढी नागरिकमा कोरोना भाइरसको सङ्क्रमण भएको बताइएको छ ।रुसमा गएको २४ घन्टा यता २० हजार ३९३ जना नागरिक सङ्क्रमणमा परेका यहाँका सञ्चारमाध्यमहरुलाइ रुसका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् ।

यो समेत गरी रुसमा हाल ५४ लाख ९ हजार जना भन्दा बढी कोरोना भाइरसका संक्रमितहरु भेटिएका बताइएको छ । त्यसैगरी यहाँ गएको २४ घन्टा यता कम्तीमा पनि ६०० जनाको ज्यान गएको छ । यो समेत गरी रुसमा अहिलेसम्म कोरोनाका कारण १ लाख ३२ हजार जनाभन्दा बढीको ज्यान गएको बताइएको छ ।

रुसको मस्को शहरमा यहाँका सङ्क्रमित मध्ये सबैभन्दा धेरै प्रभावित भएका छन् । रुसमा यहाँका सङ्क्रमितहरु मध्ये सबैभन्दा बढी प्रभावित भएका बताइएको छ । समाचार अनुसार रुसको मस्कोमा मात्र अहिलेसम्ममा १३ लाख भन्दा बढी मानिसमा कोरोनाको संक्रमण भएको छ ।

त्यसैगरी गएको चौबीस घन्टा यता मात्र पनि रुसको मस्कोमा करिब ८ लाख मानिसमा कोरोना भाइरसको संक्रमण भएको बताइएको छ । रुसमा कोरोना भाइरसका विरुद्धमा खोप पनि लगाइएको छ । यहाँ आफ्नै देशमा उत्पादन गरिएको खोप दिइएको समाचारमा जनाइएको थियो ।

शुक्रबारसम्ममा प्राप्त विवरण अनुसार रुसमा यहाँका तीन करोड ६० लाख मानिसलाई कोरोना भाइरसका विरुद्धको खोप दिइएको बताइएको छ । (सिन्ह्वा)

तत्काल जारी गतिबिधी

दक्षिण एसियाली राष्ट्रहरुको फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिपको १३ औँ...

काठमाडौँ । दक्षिण एसियाली राष्ट्रहरुको फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिपको १३ औँ संस्करण आजदेखि माल्दिभ्समा सुरु हुँदैछ । मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुने उक्त प्रतियोगिताको...

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल बिस्तारका लागि सत्ता...

बलेवा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल बिस्तारका लागि सत्ता साझेदार दलका बीचमा संवाद भइरहेको जानकारी दिएका छन् । उनले भने “अगामी...

बलिउड अभिनेता अमिताभ बच्‍चनको शो ‘कौन बनेगा करोडपति-१३’ को सेटमा हालै...

बलिउड अभिनेता अमिताभ बच्‍चनको शो 'कौन बनेगा करोडपति-१३' को सेटमा हालै अभिनेताद्वय सुनिल सेट्टी र ज्याकी श्राफ देखिए। सेटमा तीन अभिनेताबीच रमाइला सम्झनाहरू आदान प्रदान...

पछिल्लो २४ घण्टामा नेपालमा थप १२८२ जनामा कोरोना भाइरस सङ्क्रमण देखिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १२८२ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १२ हजार ८१ पीसीआर परीक्षण गर्दा...

राजधानीमा जारी चाैँथो संस्करण एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत आज हुने...

काठमाडौँ । राजधानीमा जारी चाैँथो संस्करण एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत आज हुने भनिएको काठमाडौँ किंग्स इलेभेन र विराटनगर वारियर्सबीचको खेल मैदान भिजेका कारण स्थगन...