प्रदेश प्रमुख : लुम्बिनीमा अमिक शेरचन, गण्डकीमा पृथ्वीमान गुरुङ

सरकारले दुईवटा प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेशमा माओवादीको सिफारिसमा अमिक शेरचन र गण्डकीमा कांग्रेसको सिफारिसमा पृथ्वीमान गुरुङलाई नियुक्त गर्ने निर्णय गरेको हो।

माओवादी नेता शेरचन यसअघि गण्डकी प्रदेशका प्रमुख थिए। माओवादी केन्द्रको आज बसेको स्थायी कमिटी बैठकले उनलाई गण्डकीमै प्रमुखमा रुपमा दोहोर्‍याउने गरि सिफारिस गरेको थियो। तर माओवादीको सिफारिस संविधानसँग बाझिएपछि उनलाई गण्डकीबाट लुम्बिनी लगिएको हो।

शेरचनलाई गण्डकीमा दोहोर्‍याउन संविधान अनुसार नमिलेपछि त्यसलाई सच्याउन प्रधानमन्त्री शेरबहादुर देउवाले मुख्यसचिव शंकरदास वैरागीसहित विज्ञलाई बालुवाटार बोलाएका थिए। गण्डकी प्रदेश प्रमुख नियुक्तिको सिफारिस असंवैधानिक भएपछि प्रधानमन्त्रीले छलफल गरेर शेरचनलाई लुम्बिनी र गुरुङलाई गण्डकीमा राख्ने निर्णय लिएका हुन्।

नेकपा माओवादी केन्द्रको मंगलबार बसेको स्थायी कमिटी बैठकले आफ्नो भागमा परेका प्रदेशमा प्रदेश प्रमुख नियुक्तिको लागि सिफारिस गरेको थियो। संविधानको धारा १६३ को उपधारा ४ मा एउटै व्यक्ति उही प्रदेशमा दोहोरिन नपाउने व्यवस्था छ।

मन्त्रिपरिषद बैठकमा माओवादी केन्द्रको यो सिफारिस असंवैधानिक भएको कुरा उठेपछि देउवाले मुख्यसचिवसहितका विज्ञहरुसँग बालुवाटारमा परामर्श गरेका थिए। यसअघि एउटै पार्टीको मुख्यमन्त्री र प्रदेश प्रमुख नबनाउने सहमतिअनुरुप गण्डकीमा माओवादी केन्द्र, लुम्बिनीमा कांग्रेसलाई प्रदेश प्रमुख दिने भनिएको थियो।

आजैको मन्त्रिपरिषद् बैठकले तत्कालीन ओली सरकारबाट नियुक्तमध्ये प्रदेश २ बाट राजेश झा अहिराज, गण्डकीबाट सीता पौडेल र लुम्बिनीबाट धर्मनाथ यादवलाई हटाएर गठबन्धनका दलबाट आएको सिफारिस अनुसार नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने निर्ण लिएको थियो।

जापानको टोक्योमा जारी ओलम्पिकमा चीनकी याङ किएनले पहिलो स्वर्ण पदक जिते

जापानको टोक्योमा जारी ओलम्पिकमा चीनकी याङ किएनले पहिलो स्वर्ण पदक जितेकी छन्।

सुटिङको महिला १० मिटर एअर राइफल स्पर्धामा २१ वर्षीय याङले रसियन ओलम्पिक कमिटीकी अनास्टासिय गालासिनालाई पछि पार्दै स्वर्ण पदक हात पारेकी हुन्।

गालासिनाले रजत जितिन् भने स्विट्जरल्यान्डकी निना क्रिस्टेनले कास्य (तेस्रो) पदक पाएकी छन्।

पहिलो पटक ओलम्पिकमा प्रतिस्पर्धा गरेकी याङले २५१.८ स्कोरका साथ ओलम्पिक रेकर्ड पनि बनाएकी छन्। गालासिनाले १५१.१ स्कोर गरिन्।

नेकपा एमालेका नेता शंकर पोखरेलले जनताले प्रतिपक्षमा रोखेको पार्टी नेपाली कांग्रेसलाई सत्ता सुम्पेको भन्दै गठबन्धनमा आबद्ध अन्य दलका शीर्ष नेताप्रति आक्रोश पोखेका

नेकपा एमालेका नेता शंकर पोखरेलले जनताले प्रतिपक्षमा रोखेको पार्टी नेपाली कांग्रेसलाई सत्ता सुम्पेको भन्दै गठबन्धनमा आबद्ध अन्य दलका शीर्ष नेताप्रति आक्रोश पोखेका छन्।

नेकपा माओवादी केन्द्र, आफ्नै पार्टी एमालेको माधव नेपाल पक्ष र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षको समर्थनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेको हो।

योसँगै यसअघि प्रतिनिधि सभामा प्रमुख प्रतिपक्ष रहेको कांग्रेसको हातमा सत्ता पुगेको छ भने यसअघि सत्तारूढ एमाले भने प्रतिपक्षको स्थानमा आइपुगेको छ।

यसै सन्दर्भमा लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका ओलीपक्षीय नेता पोखरेलले नाम नतोके पनि खासगरी प्रचण्ड र आफ्नै वरिष्ठ नेता नेपालविरुद्ध कटाक्ष गरेका हुन सक्छन्।

पोखरेलले आइतबार बिहान सामाजिक सञ्जालमार्फत यसो भनेका हुन्, ‘चुनावी घोषणापत्र र जनताबीच गरिएको वाचाकबोल बिर्सिएर जनताले प्रतिपक्षमा राखेको नेकालाई सत्ता सुम्पने ठूला नेताका कुरा नै ठूला!’

माइतीघरमा युथफोर्सले गरेको फोहोर गोविन्द केसीले उठाए

नेकपा एमालेको भातृसंगठन युवा संघ नेपालले युथफोर्सको उपत्यका कमाण्ड घोषणाका क्रममा राजधानीको माइतीघरमा गरेको फोहोर डा. गोविन्द केसीसहितले उठाएका छन्। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भएको बेथितिविरुद्ध आन्दोलनमा जम्मा भएका डा. केसीसहितले युथफोर्सले सडक र बगैँचामा गरेको फोहोर उठाएका हुन्।

उक्त फोहोर डाक्टर केसी र विवेकशील साझाका संयोजक मिलन पाण्डेसहितले उठाएर पोको पारेका हुन्। युथफोर्सका कार्यकर्ताले प्रयोग गरेका झण्डा, पम्प्लेटदेखि प्लास्टिकसम्मका सामाग्री लगायतका फोहोर केसीले उठाएका हुन्। युथफोर्सका कार्यकर्ताले सडकभरी बोत्तल, सूर्य चिन्हसहितको क्याप, कपडा र चुरोटका ठुटा फालेका थिए।

युथफोर्सको भ्याली कमाण्ड एमाले नेता महेश बस्नेतसहितको उपस्थितिमा घोषणा गरिएको थियो। बस्नेतले सरकारले एमाले फुटाउने अध्यादेश ल्याएमा देशभर आगो लगाउने चेतावनी दिएर माइतीघरबाट हिँडेका थिए।

चर्चित लोकगायक प्रकाश सपुत र लोक गायिक सुनिता दुलाल

सरकारले चर्चित लोकगायक प्रकाश सपुत र लोक गायिक सुनिता दुलाललाई ‘विपद् जोखिम न्यूनीकरण सदभावना दूत’ नियुक्त गरेको छ।

नेपाल सरकार गृह मन्त्रालय अन्तरगतको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी चर्चित लोक गायक सपुत र गायिक दुलाललाई गीत संगीतको माध्यमबाट समुदायमा विपद्सम्बन्धी जनचेतना अभिवृद्धि गर्नका लागि ‘विपद् जोखिम न्यूनीकरण सदभावना दूत’ नियुक्त गरिएको जानकारी गराएको हो।

गीत संगीतको माध्यमबाट समूदायका विपद् जोखिम न्यूनीकरण सम्बन्धि जनचेतनामूलक सन्देश प्रवाह गर्न उनीहरुलाई सो सम्बन्धी सदभावना दूत नियुक्त गरिएको प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले जानकारी दिए।

उनले भने, ‘विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनका क्रियाकलापहरु प्रभावकारी रुपमा कार्यान्वयनका लागि जनचेतना अभिवृद्धि गर्न अति आवश्यक हुन्छ। यसै सन्दर्भमा गीत संगीतको माध्यमबाट समूदायमा जनचेतना अभिवृद्धि गर्ने मुख्य अभिप्रायबाट बाग्लुङ र सिन्धुपाल्चोक जिल्लाका स्थायी बासिन्दा तथा लोकप्रिय गायक, गायिका सपुत र दुलाललाई विपद जोखिम न्यूनीकरण सद्भावना दूत घोषणा गरिएको छ।’

प्राधिकरणले यस वर्षको मनसुनबाट सिन्धुपाल्चोक, मनाङ, बाजुरालगायतका ४८ जिल्ला बाढी, पहिरोबाट बढी प्रभावित रहेको उल्लेख गर्दै त्यसको क्षतिको मूल्यांकन गर्ने काम भइरहेको पनि जनाएको छ। सरकारले सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरी राहतको आवश्यक व्यवस्था मिलाई सकेको छ।

टोक्यो ओलम्पिकको औपचारिक उद्घाटन हुने दिन आजै १९ जनामा कोभिड १९ पुष्टि

टोक्यो ओलम्पिकको औपचारिक उद्घाटन हुने दिन आजै १९ जनामा कोभिड १९ पुष्टि भएको छ।

गृष्मकालीन ओलम्पिकको ३२औँ संस्करणको आज शुक्रबार औपचारिक सुरुवात हुँदै छ।

टोक्यो ओलम्पिकको उद्घाटनको दिनमा नै ३ खेलाडीसहित १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

खेलाडीसहित मिडियाका ३ जना, खेल सम्बन्धित व्यक्ति १० जना र टोक्यो २०२० कन्ट्रयाक्टर ३ जान गरी १९ जनामा कोरोना संक्रमण देखिएको हो।

कोरोना संक्रमण पुष्टि हुनेमा चेक रिपब्लिकका २ र नेदरल्यान्डका १ खेलाडीमा सक्रमण पुष्टि भएको जापानी सञ्चारमाध्यमले जनाएका छन्।

कोरोना संक्रमणकै कारण ४ जना खेलाडीहरु ओलम्पिकबाट बाहिर भइसकेका छन्।

कोरोना भाइरसको महामारीका कारण कडा स्वास्थ्य मापदण्ड लागू गरे पनि दैनिक रुपमा कोरोना संक्रमण पुष्टि भइरहेको छ।

यति ठूलो मात्रामा कोरोना संक्रमण पुष्टि भएको यो नै पहिलो हो। यसअघि सर्वाधिक धेरै जुलाई १७ मा १५ जनामा कोभिड १० पुष्टि भएको थियो।

योसँगै अहिलेसम्म ११ खेलाडीसहित १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। दिनदिनै कोरोना संक्रमितको सख्यामा वृद्धि भएसँगै आयोजकमाथि चुनौती थपिएको छ।

कोरोना भाइरसको महामारीकै कारण अगष्ट २२ सम्म टोक्योमा आपत्काल घोषणा गरिएको छ। सक्रमण फैलिन नदिन खेल स्थलमा दर्शकहरुलाई प्रवेश निषेध गरिएको छ।

खेलाडी र प्रशिक्षकहरुलाई पनि खेल स्थल र ओलम्पिक भिलेजबाट बाहिर जान प्रतिबन्ध लगाइएको छ।

टीभीएस मोटरसाइकलमा ५ हजार र स्कुटरमा ४ हजारसम्म

जगदम्बा मोटर्सले आफ्ना मोटरसाइकल तथा स्कुटरको नयाँ मूल्य सार्वजनिक गरेको छ।

टीभीएस मोटर्सको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले मोटरसाइकलमा ५ हजार र स्कुटरमा ४ हजारसम्म मूल्य बढाएको हो।

कम्पनीको नयाँ मूल्यअनुसार टीभीएस आरआर ३१० मोडलको ७ लाख ९९ हजार ९सय रुपैयाँ तोकेको छ।

टीभीएस अपाचे आरटीआर २०० फोरभी एबीएस ३ लाख ५५ हजार, आरटीआर फोरभीको ३ लाख २४ हजार, अपाचे १६० आरडी एबीएसको पनि ३ लाख २४ हजार रुपैयाँ तोकेको छ।

कम्पनीले टीभीएस १६० फोरभ आरडी ३ लाख ४ हजार, आरटीआर १६० एफडीको २ लाख ८७ हजार, टुभी एफडीको २ लाख ६९ हजार रुपैयाँ रहेको छ।

टीभीएस म्याक्स १२५को २ लाख ८ हजार, स्टाइकरको मुल्य २ लाख ८ हजार, राडियन ११०को मुल्य १ लाख ८६ हजार रहेको छ।

त्यस्तै टीभीएसका स्कुटरमा सबैभन्दा बढी एनटर्क रहेको छ। एनटर्क एफआईको २ लाख ७७ हजार, सुपर स्कावार्डको २ लाख ७० हजार, रेस इडिसिनको २ लाख ६५ हजार, एनटर्क डिस २ लाख ४९ हजार, ड्रमको २ लाख २१ रहेको छ।

जुपिटर क्लासिकको २ लाख ११, विगो एफआई २ लाख १५ हजार, विगो २ लाख ७ हजार रहेको छ।

कमेडी च्याम्पियन सिजन-२ का प्रतिस्पर्धी भरतमणि पौडेललाई ६ लाख रुपैयाँ राशीको पुरस्कार

कमेडी च्याम्पियन सिजन-२ का प्रतिस्पर्धी भरतमणि पौडेललाई ६ लाख रुपैयाँ राशीको पुरस्कार घोषणा गरिएको छ। पौडेललाई गृह जिल्ला ताप्लेजुङका सांसद् एवम् पूर्व मन्त्री योगेश भट्टराईको अग्रसरतामा यो पुरस्कार घोषणा गरिएको हो ।

भट्टराईले व्यक्तिगत एक लाख रुपैयाँ, ताप्लेजुङ सरोकार समाजले दुई लाख रुपैयाँ, ताप्लेजुङ सरोकार केन्द्रले दुई लाख र रेडियो तमोरको तर्फबाट एक लाख रुपैयाँ गरी ६ लाखको पुरस्कार घोषणा गरिएको हो। उक्त पुरस्कार पौडेलको च्याम्पियन यात्रा सकिएपछि प्रदान गरिनेछ ।

ताप्लेजुङमा जन्मिएका कलाकार पौडेल अहिले कमेडी च्याम्पियनको शीर्ष ६ मा प्रतिस्पर्धा गरिरहेका छन्। जिल्लाको उदाउँदो कलाकारलाई प्रोत्साहन गर्न पुरस्कार घोषणा गरिएको सांसद भट्टराईले बताए।

उनकै संयोजनमा काठमाडौंमा उपलब्ध  ताप्लेजुङका संघ संस्थाका प्रतिनिधिको भेलामा जिल्लाबासीका नाताले सबैले पौडेललाई प्रोत्साहन गर्नुपर्ने बताएका थिए।

भट्टराईले जिल्लाका विभिन्न क्षेत्रका प्रतिभा र कलाकारलाई प्रोत्साहन गर्ने विभिन्न कार्यक्रम, पुरस्कार र अक्षय कोषसमेत स्थापना गर्दै आएका छन्। कलाकारिताको सम्मान गर्न सकिए संस्कृतिको सम्मान हुने बताउँदै भट्टराईले नवप्रतिभालाई अगाडि बढाउन सदैव अग्रसर हुने पनि प्रतिवद्धता जनाए।

सुदूरपश्चिम प्रदेशका १३ जना एमाले प्रदेश सांसदले पार्टीका उपाध्यक्ष पाध्यक्ष भीम रावल

सुदूरपश्चिम प्रदेशका १३ जना एमाले प्रदेश सांसदले पार्टीका उपाध्यक्ष पाध्यक्ष भीम रावललाई प्रतिनिधि सभाको सदस्यबाट दिएको राजीनामा फिर्ता लिन आग्रह गरेका छन्।

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह, आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीसहित १३ जना एमाले प्रदेश सांसदको टोली मंगलबार रावलको निवास (काठमाडौं) मै  आएर उनलाई राजीनामा फिर्ता गर्न आग्रह गरेको हो।

तर यस विषयमा नेता रावलले कुनै जवाफ नदिएको बताइएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने दिन यही साउन ३ गते रावलले प्रतिनिधि सभाको सांसद पदबाट राजीनामा दिएका थिए। देउवालाई मत नदिऊँ भन्ने विषयमा वरिष्ठ माधव नेपालसँग कुरा नमिलेपछि रावलले त्यस दिन प्रतिनिधि सभाको बैठक सुरु हुनुअघि नै सभामुख अग्नि सापकोटालाई राजनिामा बुझाएका हुन्।

एएफसी महिला एशियन कप–२०२२ छनोटको तयारीका लागि बन्द प्रशिक्षण

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई प्रशिक्षण दिन तीन सहायक प्रशिक्षक नियुक्त गरिएको छ । एएफसी महिला एशियन कप–२०२२ छनोटको तयारीका लागि बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई प्रशिक्षण दिन अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले भगवती राना मगर, अरुणा गुरुङ र चेतन घिमिरेलाई नियुक्त गरेको हो । उनीहरुलाई एएफसी महिला एशियन कप–२०२२ छनोटको तयारी सम्मको लागि नियुक्त गरिएको एन्फा प्रवक्ता किरण राईले जानकारी दिए ।

गोलकिपर प्रक्षिकको जिम्मेवारी भने प्रकाश वैद्यलाई दिइएको छ । बन्द प्रक्षिणका लागि ४५ खेलाडीलाई बोलाइएको छ । उनीहरुले सोमबारदेखि अभ्यास शुरु गरेका छन् । बन्द प्रशिक्षणमा अञ्जना राना मगर, एन्जिला सुब्बा, उषानाथ, सावित्री किशन, सपना राई, रेनुका नगरकोटी, सरु लिम्बू, अनिता बस्नेत र अनिता केसी सहभागी छन् ।

यस्तै गीता राना, अञ्जली योञ्जन, प्रिती राई, निशा थोकर, सिर्जना चेमजोङ, हीरा भुजेल, रविना गोले, सुष्मा तामाङ, पुनम जर्गा मगर, कविता धिमाल, सुनिता चौधरी, विमला विक, दिपा राई, सपना लामा, रश्मी घिसिङ, शर्मिला थापा र इन्द्रा राई पनि बन्द प्रशिक्षणमा रहेका छन् ।

यसैगरी अभ्यासमा सहभागी अन्य खेलाडीमा विमला चौधरी, अमृता जैशी, घिमकुमारी गुरुङ, सिर्जना खड्का, निर्मला विक, मनिषा राउत, पूजा राना, निर्मला उपाध्याय, रेखा पौडेल, दिपा न्यौपाने, सिवानी कुश्वर, सरस्वती हमाल, अमिशा कार्की, कुशुम खतिवडा, सिर्जना सिंह, सविता राणा, रजनी थोकर, सलोनी राना मगर र चुम्लुङमा राईलाई रहेका छन् ।

छनोट प्रतियोगितामा नेपाल समूह ‘एफ’ मा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेका छन् । उक्त समूहको छनोट खेल नेपालमा हुने एन्फाले जनाएको छ । एएफसीले छनोटका लागि भदौ २८ देखि असोज ९ गतेको समय तय गरेको छ । समूहको शीर्ष टोलीले अगामी वर्ष भारतमा हुने एशियन कपमा प्रतिस्पर्धा गर्ने छ ।

तत्काल जारी गतिबिधी

आईसीसी क्रिकेट वर्ल्ड कप लिग २ को त्रिकोणात्मक शृङ्खलाको दोस्रो खेलमा...

काठमाडौं । आईसीसी क्रिकेट वर्ल्ड कप लिग २ को त्रिकोणात्मक शृङ्खलाको दोस्रो खेलमा नेपाल ओमानसँग ५ विकेटले पराजित भएको छ । ओपनर जतिन्दर सिंहले शतकीय...

रेकर्डिङको हिसाबले नेपाली आधुनिक गीतकी प्रथम गायिका हुन मेलवादेवी गुरुङ

काठमाडौंः रेकर्डिङको हिसाबले नेपाली आधुनिक गीतकी प्रथम गायिका हुन मेलवादेवी गुरुङ । उनले बि.सं. १९८४ सालमा भारतको कोलकाताको ‘हिज मास्टर भ्वाइस कम्पनी’मा पहिलो नेपाली आधुनिक...

अफगानिस्तानमा तालिवानी समूहले छात्रालाई पनि अध्ययनका लागि विश्वविद्यालय जान अनुमति दिने...

काबुल ।  अफगानिस्तानमा तालिवानी समूहले छात्रालाई पनि अध्ययनका लागि विश्वविद्यालय जान अनुमति दिने निर्णय गरेको छ । तालिवानको  सत्ता आएपछि छात्रालाई विश्वविद्यालय जान प्रतिवन्ध लगाउने आशंकाकाबीच...

पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा २०७ जनामा कोरोना...

विराटनगर । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा २०७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमा ५१४ जनाको पीसीआर परीक्षण गर्दा ११७...

दिनेश भट्टराईले २०७४ सालमै लोकसेवा आयोगले लिएको अधिकृत परीक्षाको वैकल्पिकमा नाम...

दिनेश भट्टराईले २०७४ सालमै लोकसेवा आयोगले लिएको अधिकृत परीक्षाको वैकल्पिकमा नाम निकालेका थिए। वैकल्पिकमा नाम निकालेपछि उनी हौसिए र अर्को वर्षका लागि कम्मर कसेर...