शनिबार काठमाडौंका यी ठाउँमा बिजुली नहुने

काठमाडौंका केही ठाउँमा शनिबार बिजुली नहुने भएको छ।

बालाजु वितरण केन्द्रअन्तर्गत पर्ने काठमाडौं महानगरपालिकाका वडा नं १५, १६ र तारकेश्वर नगरपालिकाका केही स्थानमा शनिबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली नहुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

वनस्थली, गंगाहल, माछापोखरी, बालाजु बाइपास, वसन्तनगर, न्यायिक प्रतिष्ठान, मनमैजू, लोकतान्त्रिक चोक, इन्द्रायणी पुलसम्मको क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ।

त्यस क्षेत्रमा विद्युत् आपूर्ति गर्ने विष्णुमती फिडर भित्रको ११ केभी लाइन रिङरोड एरियामा सार्नु पर्ने भएकाल विद्युत् आपूर्ति बन्द गर्नु परेको केन्द्र प्रमुख सुरज रेग्मीले जानकारी दिए।

तोकिएको समयअघि नै काम सकिएमा तुरुन्त विद्युत् आपूर्ति सुचारु गरिने रेग्मीले बताए।

 

LEAVE A REPLY