भारतीय अभिनेत्री पायल घोषले चलचित्र निर्माता कश्यप अनुरागलाई यौन उत्पीडनको आरोप लगाएकी छन्।
पायल घोषले अनुराग कश्यपको ट्विटरमा ट्याग गर्दै लेखेकी छन्, ‘अनुराग कश्यपले मलाई जबर्जस्ती गरे। नरेन्द्र मोदीजी तपाईंलाई मेरो अनुरोध छ– यिनीविरुद्ध कारबाही गर्नुस् र देशलाई थाहा होस् कि वास्तविकता के हो। मलाई थाहा छ कि यो भन्नु मेरालाई हानिकारक छ र मेरो सुरक्षामा खतरा छ। कृपया मलाई मद्दत गर्नुहोस्।’
पायलको ट्विटलाई अभिनेत्री कंगना रनाैतले रिट्विट गर्दै ‘मिटु’मा ह्यासट्याग गरेर लेखेकी छन्, ‘हरेक आवाज महत्वपूर्ण अनुराग कश्यपलाई गिरफ्तार गरियोस्।’