रियल बेटिसलाइ परािजत गर्दै गेटाफे स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ।
लिगमा अपराजित रहेको गेटाफले रियल बेटिसमाथि ३–० को सहज जित दर्ता गर्दै शीर्ष स्थानमा उक्लिएकाे हाे।
जितसँगै गेटाफे ३ खेलबाट ७ अंक जोडेको छ। ४ खेलबाट समान ७ अंक रहेपनि भ्यालेन्सिया गोलअन्तरमा दोस्रो स्थानमा छ। ६ अंक जोडेको बेटिस तेस्रो स्थानमा छ।
घरेलु मैदान कोलिसियुम अलफन्सो पेरेज स्टेडियममा गएराति भएको खेलमा गेटाफेको जितमा एन्जल रोड्रिग्वेजले दुई तथा मार्क कुकुरेल्लाले एक गोल गरे।
खेलको १३औं मिनेटमा एन्जल रोड्रिग्वेजले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। ३९औं मिनेटमा मार्क कुकुरेल्लाले अग्रता दोब्बर पारे। खेलको ४२औं मिनेटमा एन्जल रोड्रिग्वेजले गोल गरेपछि गेटाफेले पहिलो हाफमै ३–० को अग्रता लिन सफल भएको थियो।
गएराति नै भएको खेलमा भ्यालेन्सियाले रियल सोसिडाडलाइ १–० ले पराजित गरेकाे छ।