राँगाको मासु खाँदा १४ जना बिरामी

कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ मा राँगाको मासु खाँदा १४ जना स्थानीय बिरामी परेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमरबहादुर थापाले बिरामीको महाकाली अस्पतालमा उपचार भइरहेको बताए। बिरामीमा पखाला लाग्ने, ज्वरो आउनेलगायतका लक्षण देखिएको बताइएको छ।

‘स्थानीय बंगला चदाराले दुई दिनअघि राँगाको मासु बिक्री गरेको रहेछन्’, प्रवक्ता थापाले भने, ‘त्यही मासु खाएर स्थानीय बिरामी परेको हुन भन्ने खबर छ।’ रासस

LEAVE A REPLY