यूएस ओपनबाट निकालिएका जोकोभिच भन्छन्ः टेनिसमा लाइन रेफ्री हटाउँ, प्रविधि प्रयाेग गराैं

टेनिसका विश्व नम्बर एक खेलाडी नोभाक जोकोभिचले टेनिस खेलमा लाइन रेफ्रीलाई हटाएर प्रविधि प्रतिस्थापन गर्नुपर्ने धारणा राखेका छन्।

हालै यूएस ओपनको चौथो राउण्डमा अन्जानमा हानेको बलले लाईन रेफ्रीलाई लागेपछि उनी खेलका लागि अयोग्य ठहर भएका थिए।

उनलाई यसपटकको यूएस ओपनको उपाधि दाबेदार मानिएको थियो।

खेलबाट निकालिएको केही समयपछि जोकोभिनले लाइन रेफ्रीको स्थानमा प्रविधि उपयुक्त हुने बताएका हुन्।

 

LEAVE A REPLY