२ बजेसम्म स्थगित बैठकबारे अझै जुटेन सहमति

साेमबार दिउँसाे २ बजेसम्मका लागि स्थगित गरिएको पदेश ५ सभा बैठक अझै सुरु हुन सकेको छैन।

मुख्यमन्त्री शंकर पोखरेलले प्रतिपक्षी कांग्रेस र जनता समाजवादीका दलका नेतासँग छुट्टाछुट्टै छलफल गरेपनि कुनै निष्कर्ष निस्किएको छैन।

कांग्रेस प्रमुख सचेतक निर्मला क्षेत्रीले आफूहरुको अडान कायमै रहेको जनाउँदै संसद अवरोध गर्ने निर्णयबाट पछि नहटेको बताइन्। उनले मुख्यमन्त्रीले बैठक अवरोध नगर्न आग्रह गरेको र छलफल बिना निष्कर्ष टुंगिएको जनाइन्।

मुख्यमन्त्रीले गरेको छलफलमा सहमति नजुटेपछि संसद बैठक चल्ने टुंगो छैन।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरुको नाराबाजीपछि बैठक २ बजेसम्मका लागि स्थगित भएको थियाे।

कांग्रेस संसदीय दलका नेता बीरेन्द्रकुमार कनौडियाले बैठकको सुरुमै धारणा राख्दै सरकारले निरंकुश शैलीमा राजधानी सार्ने प्रस्ताव ल्याएको भन्दै प्रस्ताव फिर्ता गरेर सहमतिको बाटोमा प्रस्ताव ल्याउन आग्रह गरेका थिए।

LEAVE A REPLY