पौराणिक कथा महाभारतमा आधारित रहेर बनाइएको चलचित्र ‘महाभारत’का चर्चित पात्र भीष्म पितामहको भूमिका निर्वाह गर्ने चर्चित भारतीय कलाकार मुकेश खन्नाले ‘द कपिल शर्मा सो’ कार्यक्रम आफूलाई वाहियात लाग्ने बताएका छन्।
द कपिल शर्मा सो भारतको चर्चितमध्ये एक टेलिभिजन कार्यक्रममा हो। हालै महाभारतका लागि काम गर्ने कलाकारहरुलाई यस कार्यक्रममा अतिथिको रुपमा आमन्त्रित गरिएको थियो।
तर उक्त कार्यक्रममा चर्चित पात्र भीष्म पितामहको भूमिका निर्वाह गर्ने मुकेश गएनन्। उनी किन कपिलको कार्यक्रममा गएनन् भनेर चौतर्फी प्रश्न उब्जिरहँदा आफूलाई उक्त कार्यक्रम नराम्रो लाग्ने मुकेशले बताएका छन्।
उनी शक्तिमान भन्ने टेलिभिजन कार्यक्रमका मुख्य पात्र थिए। पहिले यो कार्यक्रम भारतकै सबैभन्दा चर्चित कार्यक्रम थियो।