विवेक, निशान र सरदको “तिमीलाई नै माया´´ सार्वजनिक

काठमाडौं ,मंसिर १८।
बिश्वभरी फैलिरहेको कोरोना महामारीका कारण नेपाली गित संगीतमा परिरहेको खडेरिलाई सितलता पार्न भर्खरै गायक निशान भट्टराई ,बिबेक आचार्य र शरद राज मैनालीको स्वर रहेको “तिमीलाई नै माया´´ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ।

सौरभ न्यौपानेको निर्देशन रहेको यो भिडियोको निर्माण मधुर एण्ड टिमले गरेको छ भने शब्द र संगीत भने शरद राज मैनाली ले गरेका छ्न ।लोकपपमा रोमान्टिक शैलीले तयार परिएको गीतको भिडियोमा तीन प्रेम जोडीको ट्रयाङ्गल लभस्टोरी कथाको रुपमा प्रस्तुति गरिएको छ ।साथै भिडियोमा शरद राज मैनाली, स्वेता क्षेत्री, विवेक आचार्य, शिखा घिमिरे, पुरुसोतम  सिग्देल,सपना पाण्डेको अभिनय देख्न सकिन्छ ।

विवेक आचार्यको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको उक्त म्युजिक भिडियो मा चर्चित पपगायक नवीन कुमार भट्टराई, वरिष्ठ खेलकर्मी ओम कृष्ण प्रसाईं लगायत को उपस्थिति रहेको थियो।

LEAVE A REPLY