सशस्त्र प्रहरीद्वारा लागुऔषधसहित तीन जना पक्राउ

पश्चिम नवलपरासी जिल्लाको सुस्ता गाँउपालिका-२ सातपत्तीबाट सशस्त्र प्रहरी टोलीले विभिन्न किसिमका लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही जिल्लाको बर्दघाट नगरपालिका ४ बस्ने १८ वर्षीय अजय मुसहर रहेका छन्।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गुठीप्रसौनीबाट खटिएको एपीएफ टोलीले मुसहरलाई पक्राउ गरेको हो। एपीएफ टोलीले निजलाई शंका लागि जाँच गर्दा उनको साथमा ओनरेक्स ३१ बोतल, नाईट्रोभेट ट्याब्लेट १ सय २० वटा र वीनसिस्मोफोर्ट १ हजार ८ सय ७२ वटा फेला परेपछि पक्राउ गरिएको हो।

एपीएफ टोलीले पक्राउ परेका मुसहरलाई बरामद लागुऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ।

यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट त्रिभुवननगरबाट खटिएको एपीएफ टोलीले फागुन २६ गते सर्लाही जिल्लाको ब्रहम्पुरी गाँउपालिका ४ काली मन्दिरस्थित सीमा ईलाकाबाट विभिन्न किसिमको लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको हरिवन नगरपालिका ६ बस्ने २५ वर्षीय सरोज भुर्तेल र सोही नगरपालिका ३ बस्ने २५ वर्षीय मोहमद अली छन्।

बा ४२ प २२३७ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई एपीएफ टोलीले जाँच गर्दा उनीहरुको साथमा स्मास्मो प्रोक्सिभन २४ वटा र लुपिपोकोफ तीन बोतल फेला परेपछि पक्राउ गरिएको हो।

पक्राउ परेका दुवै जनालाई बरामद लागुऔषधसहित स्थानीय प्रहरीमा बुझाइएको छ।

LEAVE A REPLY