प्रधानमन्त्री केपी शर्मा ओलीले बेडको अभाव नभएको बताए

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बेडको अभाव नभएको बताएका छन् । शुक्रबार देशकै ठूलो सिटीहल उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले बेडको अभाव नभएको बताएका हुन् ।

‘हामीसँग बेडको अभाव छैन’ ओलीले भने ‘सुविधा सम्पन्न अस्पताल जाने चाहने देखिन्छ । अक्सिजनसहितका बेडहरू, अन्य उपकरणसहितका बेडहरू, चिकित्सकसहितको बेडको प्रबन्ध गर्ने तयारी गरेका छौँ, देशभित्रका प्लान्टलाई पूर्ण क्षमतामा सञ्‍चालन गर्ने प्रयास गरिएको छ ।’

‘हाम्रा सरोकारवाला सम्बन्धित निकाय, संघसंस्थाहरू अझ प्रभाकारी कदमहरू तिव्रताका साथ उपचारका लागि आवश्यक पर्ने उपकरणहरू कमी हुन नदिने गरी तयारी गरेका छौँ’ ओलीले भने ।

त्यस्तै उनले कोभिडलाई नियन्त्रण गर्न स्वास्थ्य प्रोटोकल पालना गर्न आग्रह गरेका छन् । यसबीच मुलुकमा केही अस्थिरता चाहने, आफ्ना स्वार्थमा चिन्ता गर्ने आफूले यस्तो तथाकथित नक्कली क्रान्तिकारी जनतालाई भ्रममा पार्न खोजिरहेको बताएका छन् ।

‘प्रतिगमनविरुद्ध लाग्न भन्दै भ्रम छरिरहेका छन्’, ओलीले भने, ‘हाम्रा कुनै पनि अक्सिजनका डीपोहरू पूर्ण क्षमतामा चल्नुपर्छ । आवश्यकताका आधारमा बिरामीको स्थितिका आधारमा यसको समुचित व्यवस्थापन हुनुपर्छ ।’

LEAVE A REPLY