इङ्लिस प्रिमियर लिगमा म्यानेचेष्टर सिटीले कब्जा जामाए

काठमाडौं । इङ्लिस प्रिमियर लिगमा म्यानेचेष्टर सिटीले कब्जा जामाएको छ ।

गएराति भएको खेलमा दोस्रो स्थानमा रहेको म्यानेचेष्टर युनाईटेड लिस्चर सिटीसँग २–१ ले पराजित भएसँगै सिटीले लिग उपाधि हात पारेको हो ।

ओल्ड ट्राफोर्ड स्टेडियममा सम्पन्न खेलमा लेस्टर सिटीले घरेलु टोली म्यानचेस्टर युनाइटेडमाथि १(२ गोलअन्तरले जित निकालेको थियो। लुक थोमसको गोलमा खेलको १० औं मिनेटमा नै लेस्टरले अग्रता बनाए पनि १५ औं मिनेटमा नै युनाइटेड म्यासन ग्रिनउडले गोल गोल गर्दै खेल बराबरीमा ल्याए। पहिलो हाफ १(१ को बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा लेस्टरको जितका लागि काग्लर सोयुञ्चुले निर्णायक गोल गरे। उनले खेलको ६६ औं मिनेटमा गरेको गोल नै लेस्टरलाई जित दिलाउन र म्यानचेस्टर सिटीलाई च्याम्पियन बनाउन पर्याप्त रह्यो।

पछिल्लो ४ सिजनमा तेस्रोपटक उपाधि उचालेको सिटीले अझै तिन खेल खेल्न बाँकी छ । लिग तालिकाको शिर्ष स्थानमा रहेको सिटीको ८० अंक रहेको छ भने दोस्रो स्थानमा रहेको युनाईटेडको समान खेलबाट ७० अंक मात्रै रहेको छ ।

LEAVE A REPLY