राप्रपाको महाधिवेशन अनिश्चितकालका लागि स्थगित

काठमाडौंः राप्रपाको महाधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ ।

राप्रपाका अध्यक्षत्रय सहितको आज बसेको बैठकले कोभिड–१९ महामारी भयावह बन्दै गएको अवस्थालाई दृष्टिगत गर्दै जेठ २२–२५ सम्म काठमाडौंमा हुने भनिएको महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो ।

महाधिवेशनको नयाँ मिति उपयुक्त समयमा घोषणा गरिने सो पार्टीले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्तै राप्रपाले कोरोना नियन्त्रण तथा संक्रमितको उपचारमा भइरहेको कमिप्रति चिन्ता व्यक्त गर्दै अस्पतालमा शय्या बढाउन, अक्सिजन आपूर्ति सहज बनाउन, आईसीयू, भेन्टिलेटर तथा अन्य स्वास्थ्य सामाग्रीको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

यस्तै पार्टीको निर्देशन समिति ५ दिन भित्र गठन गर्ने निर्णय समेत भएको पार्टीका केन्द्रीय कार्यालय प्रमुख भास्कर भद्रा र ध्रुव बहादुर प्रधानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

LEAVE A REPLY