नेपालमा ब्राजिल र अर्जेन्टिनाका फुटबल समर्थक

नेपालमा ब्राजिल र अर्जेन्टिनाका फुटबल समर्थक धेरै छन्।

यी दुवै देश कोपा अमेरिकाको उपाधिका लागि ११ जुलाईमा भिड्दै छन्।

सामाजिक सञ्जालमा ब्राजिल र अर्जेन्टिना समर्थकहरुबीच कुन टिम राम्रो भन्नेमा ‘भीडन्त’ नै पर्छ।

तर धेरै नेपालीलाई थाहा नहुनसक्छ– नेपालबाट ब्राजिल र अर्जेन्टिनाको फुटबलमा समर्थन (माया) मात्रै होइन। ती देशका नागरिकले प्रयोग गर्ने सामग्री नेपालबाट निर्यात हुने गरेको छ।

चालू आर्थिक वर्षको ११ महिना अर्थात् २०७७ असारदेखि २०७८ जेठ महिनासम्म ब्राजिलमा १० वटा वस्तु निर्यात भएका छन् भने अर्जेन्टिनामा २ वटा वस्तु निर्यात भएका छन्।

अर्जेन्टिनामा नेपालबाट १५ लाख रुपैयाँको कार्पेट र ४ लाख २५ हजार रुपैयाँबराबरको महिलाले प्रयोग गर्ने ज्याकेट, ब्लेजरहरु निर्यात भएको छ।

त्यस्तै नेपालले ब्राजिलमा खेलाडी तथा समर्थकले लगाउने जर्सी निर्यात गर्ने गरेको छ। चालू आर्थिक वर्षको ११ महिनामा जर्सी, ऊनीको स्वेटर, वेस्टकोट पठाइएको छ।

ब्राजिलमा नेपालबाट सबैभन्दा बढी कार्पेट तथा टेक्सटायल निर्यात भएको छ।

कार्पेट टेक्सटायल १२ हजार ६ सय वर्गमिटर निर्यात भएको छ। जसको मूल्य २ करोड २९ लाख २५ हजार रहेको छ।

११ महिनामा ९० किलो अगरबत्ती, ३५ किलो पेपर खाम, फेल्ट ७ सय ५० किलो, महिलाले प्रयोग गर्ने ट्राउजर, ब्रीच, सउल, स्काफै, मफलर्स लगायतका सामग्री निर्यात भएको छ।

त्यसैगरी पलास्टि तथा कपडाबाट बनाइएका हस्तकलाका सामग्री, रसी लगाएका सामग्री ४४० किलो निर्यात भएको छ।

डमी तथा प्रतिमा, बाध्य बाधनका साधन ड्रम, एक्लोफोन, झुर्मा ब्राजिल निर्यात गर्दै आएको छ।

LEAVE A REPLY