चर्चित अर्बपति एलन मस्कले एउटा सनसनी

चर्चित अर्बपति एलन मस्कले एउटा सनसनीपूर्ण खुलासा गरेका छन् ।

बीबीसीसँगको कुराकानीका क्रममा टेस्लाको मालिक बनेर आफू खुसी हुन नसकेको मस्कले खुलाएका हुन्।

‘म टेस्लाको मालिक हुनुमा आफैँलाई घृणा गर्छु’, उनले अमेरिकी अदालतलाई भनेका छन्, ‘बरु म डिजाइन र इन्जिनियरिङमा समय खर्चिन चाहन्छु ।’

मस्क विद्युतीय कार उत्पादक टेस्लाका संस्थापक अर्बपति हुन् । उनले उक्त भनाइ टेस्लाको बोर्ड सदस्यलाई एउटा सोलार प्यानेल कम्पनी दुई अर्ब ६० करोड डलरमा किन्न दबाब दिएको सम्बन्धी मुद्दाको सुनुवाइका क्रममा अदालतलाई दिएको बयान हो ।

सेयर सदस्यहरुले टेस्लाको पैसा सोलारसिटी खरिदमा यस्सै खेर फालेको दाबी गरेका छन् । सोलार सिटी पैसाविहीन भइरहेको उनको दाबी छ । सम्झौताको बेला मस्कको टेस्ला र सोलार प्यानेल कम्पनीमा २२ प्रतिशत सेयर स्वामित्व रहेको थियो । उक्त कम्पनी भने उनकै भतिजले स्थापना गरेको कम्पनी हो ।

मस्कले बोर्ड सदस्यको दाबी अस्वीकार समेत गरेको बतााइएको छ । त्यो कम्पनी किन्नुको उद्देश्य हरित ऊर्जा आपूर्तिसँगै सुपथ मूल्यका सवारीसाधन उत्पादन गर्ने रहेको दाबी गरेका छन् ।

LEAVE A REPLY