माइतीघरमा युथफोर्सले गरेको फोहोर गोविन्द केसीले उठाए

नेकपा एमालेको भातृसंगठन युवा संघ नेपालले युथफोर्सको उपत्यका कमाण्ड घोषणाका क्रममा राजधानीको माइतीघरमा गरेको फोहोर डा. गोविन्द केसीसहितले उठाएका छन्। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भएको बेथितिविरुद्ध आन्दोलनमा जम्मा भएका डा. केसीसहितले युथफोर्सले सडक र बगैँचामा गरेको फोहोर उठाएका हुन्।

उक्त फोहोर डाक्टर केसी र विवेकशील साझाका संयोजक मिलन पाण्डेसहितले उठाएर पोको पारेका हुन्। युथफोर्सका कार्यकर्ताले प्रयोग गरेका झण्डा, पम्प्लेटदेखि प्लास्टिकसम्मका सामाग्री लगायतका फोहोर केसीले उठाएका हुन्। युथफोर्सका कार्यकर्ताले सडकभरी बोत्तल, सूर्य चिन्हसहितको क्याप, कपडा र चुरोटका ठुटा फालेका थिए।

युथफोर्सको भ्याली कमाण्ड एमाले नेता महेश बस्नेतसहितको उपस्थितिमा घोषणा गरिएको थियो। बस्नेतले सरकारले एमाले फुटाउने अध्यादेश ल्याएमा देशभर आगो लगाउने चेतावनी दिएर माइतीघरबाट हिँडेका थिए।

LEAVE A REPLY