हिमालयन बैंक लिमिटेडले पोखराको लेकसाइड गौरीघाटमा विस्तारित काउन्टर सुविधा सुरु गरे

हिमालयन बैंक लिमिटेडले पोखराको लेकसाइड गौरीघाटमा विस्तारित काउन्टर सुविधा सुरु गरेको छ।

बैंकले यही १० गतेदेखि सेवा सुरु गरेको जनाएको छ।

सार्वजनिक विदाबाहेक अरु सबै दिन बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म ग्राहकले काउन्टरबाट सेवा पाउनेछन्।

बैंकका अनुसार ग्राहकले उक्त काउन्टरबाट नगद र चेकबाट कारोबार गर्न सक्नेछन्।

योसँगै बैंकको कुल शाखा ७१ र विस्तारित काउन्टर ५ पुगेको छ भने १४६ एटीएम र पाँच हजार पस टर्मिनल्स रहेका छन्।

LEAVE A REPLY