निर्माणाधीन नेपाली चलचित्र ‘प्रेमगंज’को एउटै गीतमा ३० लाख रुपैयाँ खर्च भए

निर्माणाधीन नेपाली चलचित्र ‘प्रेमगंज’को एउटै गीतमा ३० लाख रुपैयाँ खर्च भएको छ।

२५ वर्षदेखि स्पोट ब्वाईमा काम गर्दै आइरहेका राजु फुयाँलको प्रस्तुतिमा उक्त चलचित्र निर्माण भइरहेको छ।

यो खर्च सुटिङको मात्रै भएको फुयाँलले बताए। अडियो र पोस्टको लगानी जोड्दा झन्डै ४० लाख रुपैयाँ पर्ने उनको आँकलन छ।

फरेनहाइट क्लबमा तीन दिन छायांकन भएको यस गीतमा नायिका बेनिसा हमाल, सन्जोग रसाइलीसँगै अरु एक हजारजना झुमेर नाचेका छन्।

गीतको कोरियोग्राफी वाइल्डरिपर्जले गरेको हो। दीक्षा थापाको स्वरमा रहेको यस क्लब गीतलाई ‘ऊ जितेर गई या हारेर गई’का लेखक पुरुषोत्तम ढुंगेलले लेखेका हुन्।

यसमा किरण भुसालले संगीत भरेका छन्। पहिलो  लकडाउनपछि सुरु भएको चलचित्रको छायांकन दोस्रो लकडाउनसँगै रोकिएको थियो।

अहिले लकडाउन खुकुलो भएसँगै चलचित्रको छायांकन धमाधम भइरहेको छ। परिच्छेद सेनको लेखन तथा निर्देशनमा निर्माण भइरहेको चलचित्रलाई सञ्जय लामाले छायांकन गर्दैछन्।

LEAVE A REPLY