एनआरएनए आइसीसीको महिला संयोजकमा जुनु गुरुङले जित्ने सम्भावना व्यापक

भदौ २२,काठमाडौँ।
गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) को केन्द्रिय महाधिवेशन अक्टोवरमा हुने भएको छ ।
दक्षिण कोरियाबाट जुनु गुरुङले महिला संयोजकमा उम्मेदवारी दिने घोषणा नै गरिसकेकी छिन् । उनले सन् २०२१–२०२३ दुइ वर्षे कार्यकालको लागि उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।
एनआरएनए आइसीसीको महिला संयोजकमा उम्मेदवारी दिने घोषणा गरेकी जुनु गुरुङ लामो समयदेखि दक्षिण कोरिया अनि नेपालमा एउटा उदाहरणिय समजासेवीले चिनिन्छिन। अझ समाज ,देश बिकास र अन्तराष्ट्रिय स्तरमा पनि देशको नाम चम्काउनको खातिर आफुले उम्मेदवारी दिने घोषणा गरेकी उनले बताउछिन्।
गुरुङले गैरआवासीय नेपाली संघ, दक्षिण कोरियाको परिषदमा पनि अति नै सक्रिय भूमिका खेल्दै आएकी छिन। उनले दक्षिण कोरियामा महिलाहरूको संस्था वमेन फर वमेनको अध्यक्ष जिम्मेवारी समेत वहन गरी सकेकी छिन्।

कोरियामा आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्न अग्रणी भूमिका खेलीसकेकी गुरुङ कोरियामा नै स्थापित दर्जनौ संघ संस्थाका संरक्षक र सल्लाहकार समेत रहेकी एक अनुभवी व्यक्ति छिन् ।
कोरियाको नेपाली समुदायमा उनि निकै नै चर्चित छिन्। यसै कारण पनि कोरियन सरकारले उनको उच्च मूल्यांकन गरी मानार्थ नागरिकताबाट सम्मान गरिसकेको छ।
कोरियामा सन् २०१० देखि २०१४ बीच एक मात्र महिलाहरुको साझा संस्थाको रुपमा रहेको वेमन फर वेमन (महिलाको लागि महिला) को संस्थापक अध्यक्षमा रहँदा गुरुङले त्यहाँ समस्यामा परेका धेरै महिलाहरुलाई उद्दार ,अन्य सहयोग कार्य समेत गरेकी थिइन् ।

उनले कोरियामा दुख-समस्या परेका झण्डै हजारभन्दा बढी नेपाली दिदी बहिनी तथा दाजुभाईहरुलाई उद्दार गर्ने कार्य गर्नुका साथै निःशुल्क सेल्टरको व्यवस्था गरी उनीहरुलाई त्यही राख्ने व्यवस्थापन समेत गर्दै आइरहेकी छिन् ।
बेरोजगार, विरामी, असहाय नेपाली दिदी बहिनी तथा दाजु भाईहरुलाई सेल्टरमा राखी प्रत्येक महिनाको कम्तिमा एक पटक निःशुल्क स्वास्थ्य परिक्षण सेवा प्रदान गर्ने कार्य पनि गुरुङबाटै सुरु भएको थियो ।
यसरि उनले गरेको समाजसेवा , देशप्रतिको भक्तिको कारणपनि यस पदको लागि गुरुङले आफुलाई योग्य ठान्छिन्।
गुरुङबारे आजकोकुरा डटकमद्वारा तयार पारेको यो छोटो रिपोर्ट पनि साभार गर्छौं।

LEAVE A REPLY