विभिन्न ६ वटा पत्रकार संगठनहरूले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) संसद बाट पारित नगर्न राजनीतिक दल र संसदको ध्यानाकर्षण गराए

विभिन्न ६ वटा पत्रकार संगठनहरूले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट)  संसद बाट पारित नगर्न राजनीतिक दल र संसदको ध्यानाकर्षण गराएका छन्।

मंगलबार प्रेस विज्ञप्ति प्रकाशित गरी पत्रकार संघ-संगठनहरुले एमसीसी सम्झौतामा रहेका शर्तहरुले नेपालको संविधानलाई अधिनस्थ बनाउने, नेपालको असंलग्न परराष्ट्र नीति, देशको स्वाधीनता, सार्वभौमिकता एवम् अखण्डतामा गम्भीर आँच आउने प्रष्ट देखिएको बताएका छन्।

क्रान्तिकारी पत्रकार महासंघ, प्रगतिशील पत्रकार संघ, नेपाल, जनपत्रकार संगठन, नेपाल, प्रेस सेन्टर, नेपाल, देशभक्त पत्रकार संघ र अखिल नेपाल पत्रकार युनियनले प्रकाशित गरेको विज्ञप्तिमा एमसीसीविरुद्ध आन्दोलनरत राजनीतिक दलहरुप्रति ऐक्यवद्धता समेत जनाएका छन्।

साथै उनीहरुले एमसीसी सम्झौता संसदमा टेवल नगर्न र एमसीसीको पक्षमा मत नदिन प्रतिनिधि सभाका सभामुख र सांसदहरुलाई आग्रह गर्नुका साथै सञ्चारमाध्यममा एमसीसीको पृष्ठपोषण हुने खालका समाचारलाई स्थान नदिन पनि सञ्चारकर्मीसँग आग्रह गरेका छन्।

LEAVE A REPLY