नेकपा एमालेका नेता गोकुल बास्कोटाले सभामुख अग्निप्रसाद सापकोटा गुरिल्ला शैलीमा अघि बढेको बताए

नेकपा एमालेका नेता गोकुल बास्कोटाले सभामुख अग्निप्रसाद सापकोटा गुरिल्ला शैलीमा अघि बढेको बताएका छन्।

शुक्रबार बसेको संसद बैठकमा एमालेको अवरोधबीच प्रतिस्थापन विधेयकसहित प्रस्तुत भएकपछि बास्कोटाले यस्तो बताएका हुन्।

‘सभामुखले निर्वाह गर्नुपर्ने न्यूनतम् भूमिका निर्वाह गरेनन्’, उनले भने, ‘सभामुख सापकोटा गुरिल्ला र छापामार स्टाइलले अगाडि बढेका छन्। अब यिनले अब घण्टाघर पनि भत्काउँछन्।’

बास्कोटाले अब सापकोटालाई सभामुख मान्न नसकिने पनि बताए। ‘सापकोटालाई अब हामीले सभामुख मान्न सक्दैनौँ। सभामुखको कुर्सी अग्निप्रसाद सापकोटाको होइन’, उनले थपे, ‘त्यो कुर्सीमा बस्दा सबैलाई समान व्यवहार गर्नुपर्छ।’

सभामुखले संसद चलाउने बारेमा कार्य व्यवस्था परामर्श समितिमा पनि छलफल नगरेको उनले बताए। ‘सभामुखले कार्य व्यवस्था परामर्श समितिमा एजेन्डा पनि दिएनन्’, उनले भने, ‘सभामुखले यही शैलीमा कति दिन संसद चलाउने हुन्। प्रतिपक्षीसँग छलफल नगरी अघि बढ्दाको परिणाम राम्रो हुने छैन।’

LEAVE A REPLY