भ्वाइस अफ नेपालका उत्कृष्ट प्रतिस्पर्धी तारा श्रीस मगर र आर्यन तामाङ्गको पहिलो गीत ‘मायाको चौघेरो’ युट्युब म्युजिक ट्रेन्डिङ्ग

भ्वाइस अफ नेपालका उत्कृष्ट प्रतिस्पर्धी तारा श्रीस मगर र आर्यन तामाङ्गको पहिलो गीत ‘मायाको चौघेरो’ युट्युब म्युजिक ट्रेन्डिङ्गमा परेको छ।

गत शुक्रबार ‘जोसेफ शाही अफिसियल’ नयाँ युट्युब च्यानलमा सार्वजनिक गरिएको गीत ६ दिनमै युट्युब ट्रेन्डिङ्गमा परेको हो ।

सामान्य मिडिया प्रमोसनबाहेक कुनै पनि बुस्ट नगरिएको गीतलाई दर्शकले रुचाएका हुन्।

गीतमा विषम आचार्यको संगीत संयोजन रहेको छ । ए वन म्युजिसियन स्टुडियोमा रेकर्ड गरियो यो गीतको ध्वनी सम्पादन किशोर थापाले गरेका हुन् ।

गीतको भिडियोमा मोडल सरोज राना प्रजा र बिना राउतको नृत्यसहितको अभिनय हेर्न सकिन्छ।

बिनालाई एकोहोरो पछ्याइरहेका सरोजले अन्त्यमा आफ्नो मायाको चौघेरोमा पार्न सफल भएको कहाँनी गीतको भिडियोमा समेटिएको छ। गीतको नृत्य निर्देशन समेत सरोजले नै गरेका हुन् ।

भिडियोमा भक्तपुर दरबार स्क्वाएरका विभिन्न झलकहरू देख्न सकिन्छ । बसन्त कुँवरको छायाँकन, टेकेन्द्र शाहको सम्पादन रहेको गीतको भिडियो निर्देशन गौरव गिरीले गरेका हुन् ।

LEAVE A REPLY