नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्धको दोस्रो एकदिवसीय अन्तराष्ट्रिय खेलमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरे

नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्धको दोस्रो एकदिवसीय अन्तराष्ट्रिय खेलमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा सुरु हुन लागेको खेलमा नेपालले ३ खेलाडी परिवर्तन गरेको छ।

ओमानसँग दुई खेलको शृंखला खेल्न आएको नेपालले पहिलो खेल २ विकेटको जितेको थियो।

अघिल्लो खेलमा टिममा रहेका शरद भेषवाकर, आरिफ शेख र पवन सर्राफलाई विश्राम दिँदै विनोद भण्डारी, सुसन भारी र करण केसीलाई नेपालले मैदान उतारेको छ।

LEAVE A REPLY