गृह मन्त्री बालकृष्ण खाँणको सहयोगमा नेपाल प्रहरीमा ४१ जनालाई भर्ना गरिदिएको भन्दै फेसबुकमा स्टाटस लेख्ने व्यक्तिलाई प्रहरीले पक्राउ

गृह मन्त्री बालकृष्ण खाँणको सहयोगमा नेपाल प्रहरीमा ४१ जनालाई भर्ना गरिदिएको भन्दै फेसबुकमा स्टाटस लेख्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

प्युठानको ऐरावती  गाउँपालिका १ का ३० वर्षीय नरेन्द्र गुरुङलाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको हो।

उनलाई प्युठान नगरपालिका ४ बाट पक्राउ गरिएको प्युठानका प्रहरी प्रमुख डीएसपी सुनिल मल्लले जानकारी दिए। प्रहरीलाई उनले नेपाल विद्यार्थी संघमा आवद्ध रहेको बताएका छन्।

‘मेरो व्यक्तिगत पहलमा प्युठानी छोराहरूले नेपाल प्रहरीमा नाम निकाल्न सफल भएका छन्, भाइहरूलाई हार्दिक बधाई छ। नेपाली कांग्रेस प्युठानका उपसभापति बद्री लम्साल ज्युको पहलमा ११ जना, हिमाल शाक्य, राजन लगायत अन्य साथीहरुको सिफारिसमा गरी देशभरबाट ४१ जना नाम निकाल्न सफल भएको छु। सहयोगको लागि माननीय गृहमन्त्री बालकृष्ण खाँणज्युलाई धन्यवाद’, भन्दै नरेन्द्रले गत बिहीबार फेसबुकबाट नाम पनि सार्वजनिक गरेका थिए।

उनीमाथि अनुसन्धान भइरहेको डीएसपी मल्लले नेपालखबरलाई बताए।

LEAVE A REPLY