नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए

नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।

दशरथ रंगशालामा भइरहेको दोस्रो तथा अन्तिम मैत्रीपूर्ण खेलमा दुवै महिला टोलीले गोल गर्न सकेका छैनन्।

दुवै टोलीले गरेका पटक–पटकका प्रयास गोलमा परिणत नभएपछि पहिलो हाफ बराबरीमा टुंगिएको हो।

यसअघि गत बिहीबार भएको पहिलो खेल भने नेपालले २–१ ले जितेको थियो।

LEAVE A REPLY