भारतका प्रधानमन्त्री र भारतीय राज्य उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथविरुद्ध सामाजिक सञ्जालमा आपत्तिजनक भिडिओ पोस्ट गरेको आरोपमा शनिबार दुई व्यक्तिलाई गिफ्तार

भारतका प्रधानमन्त्री र भारतीय राज्य उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथविरुद्ध सामाजिक सञ्जालमा आपत्तिजनक भिडिओ पोस्ट गरेको आरोपमा शनिबार दुई व्यक्तिलाई गिफ्तार गरिएको छ।

समाचार एजेन्सी पीटीआईको रिपोर्टअनुसार, बलिया जिल्लाको बान्सडिह रोड थानाका इन्चार्ज मन्टु रामले शुक्रबार गरेको उजुरीका आधारमा शेर (ठूलो सेरिया) नामक गाउँका प्रकाश बर्मा र रमेश यादवलाई प्रहरीले नियन्त्रणमा लिएको उत्तर प्रदेश प्रहरीले जनाएको छ।

अभियुक्तहरूले बिहीबार ट्विटर, फेसबुक तथा ह्वाट्सएजस्ता सामाजिक सञ्जालमा प्रधानमन्त्री मोदी र मुख्यमन्त्री योगीविरुद्ध अभद्र भाषा प्रयोग गरिएको भिडिओ राखेको आरोप लगाइएको छ।

LEAVE A REPLY