पछिल्लो २४ घण्टामा नेपालमा थप १२८२ जनामा कोरोना भाइरस सङ्क्रमण देखिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १२८२ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १२ हजार ८१ पीसीआर परीक्षण गर्दा ९७५ जना र ३ हजार ४०७ एन्टिजेन परीक्षण गर्दा ३०७ गरी १ हजार २८२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १२६२ जना सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ७ जनाको कोरोना भाइरस सङ्क्रमणबाट निधन भएको छ ।

LEAVE A REPLY